मेयरको मनोमानीविरुद्ध वडाध्यक्षको पत्रकार सम्मेलन



हाम्रो इकोनोमि

 

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको मनोमानीका कारण दैनिक कामकाज कठिन बन्दै गएको भन्दै वडाध्यक्षले पत्रकार सम्मेलन गरेका छन्। मेयर साह तानाशाही भएको आरोप उनीहरुको छ। उनले गरेका काम कारवाहीप्रति प्रश्न वा विरोध गर्दा आक्रोशित भएर रिस साध्ने गरेका गुनासो उनीहरुले साटेका छन्।

 

उपमहानगरपालिका–९ का वडाध्यक्ष परमेश्वर साहलगायत अन्य वडाध्यक्षले बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरेर मेयर साहको क्रियाकलापले भ्रष्टाचारलाई बढावा दिने काम गरिरहेको आरोप लगाएका हुन्।

 

मेयर साहले पछिल्लो समय आफ्नो प्रयोजनका लागि ढेड करोड मूल्यको गाडी खरिद गरेका छन्। यही निर्णयको विरोध गर्दा वडाध्यक्ष मेयरको निशानामा परेका हुन्।

उपमहानगरपालिका(९ का वडाध्यक्ष परमेश्वर भने, ‘करोडौं मूल्यको गाडी खरिद गरेको विरोध गरेकै नाममा मेरो घर मापदण्ड विपरित तोड्नका लागि निर्देशन दिएका छन्।’

 

मेयर साहको निर्णयको विरोध गर्दा यसअघि दिएको चेतावनी अनुसार नै घर तोडिएको उनको भनाइ छ। वडाध्यक्ष परमेश्वरले मेयरको यसअघिको चेतावनी सम्झदै भने, ‘मेरो धेरै विरोध भयो भने तपाईको घर तोडाउने छु।’

नगरक्षेत्रमा हाल सञ्चालित एकीकृत शहरी विकास परियोजना अन्तर्गत सडक विस्तारको क्रममा एक वर्ष पूर्व आफ्नो घरमा प्राविधिकको टोलीले ६ इन्च तोड्नु पर्ने भन्दै निशानी लगाएका थिए। तर, एक वर्षपछि पुनः उपमहानगरपालिकाबाट नै खटिएको प्राविधिकको टोलीले अढाई फिट घर तोड्नु पर्ने भन्दै निशान लगाएका छन्’, वडाध्यक्ष परमेश्वरले भने।

 

‘सडक विस्तारको क्रममा सडक मिचिएको देखिन्छ भने सडकको दुवै तर्फबाट जग्गा छुट्याउनु पर्ने हुन्छ। तर मेयर साहको निर्देशनमा मात्र आफ्नो घरलाई तोडाउन निर्देशन दिइएको छ’, उनले प्रश्न गरे, ‘यदि मेयरले जनप्रतिनीधिसँग यसप्रकारको रिस साध्न सक्छन् भने सर्वसाधारणसँग कस्तो व्यवहार गर्छन् ?’

मेयर साहले गत आर्थिक वर्षमा ४७ लाख रुपैंया जानकी मन्दिरको रंगरोगन र व्यवस्थापनमा खर्च भएको भन्दै बिल फ्च्र्यौट गराएका थिए। मन्दिरको अवस्था हेर्दा भने त्यहाँसमेत रकम हिनामिना भएको उनीहरुको अर्को आरोप छ। मन्दिरको सजावटमा तीन लाख खर्च गरेर अरु भ्रष्टाचार गरेको उनीहरुको दाबी छ।

 

‘सडक बत्ती खरिदमा करिब ८३ लाखको बिल बनाइएको छ। तर अहिले सबै वडा अन्धकार छन्’, उपमहानगरपालिका ५ का वडाध्यक्ष मनोज साहले भने। हामीलाई कुनै पनि निर्णयको जानकारी छैन।’

 

पछिल्लो १० महिनाको कार्यकालमा आफूहरुले अपमान र हेला बाहेक मेयर साहबाट कुनै राम्रो निर्देशन पाउन नसकेको उनीहरुको भनाइ छ। उपमहानगरपालिका-२३ का अध्यक्ष शत्रुधन पाण्डे भन्छन्, ‘मेयर साहको लागि ‘तानाशाही’ शब्द पनि कम छ। उहाँमा सत्ताको दम्भ अत्याधिक भएकाले अरुलाई नटेर्ने र कसैले विरोध गरे उसको कामकाजमै रोक लगाउन निर्देशन दिनुहुन्छ।’

 

वडाध्यक्षले मेयरका कारण आफ्नो हैसियत उपमहानगरपालिका कार्यालय सहयोगीको भन्दा पनि कमजोर भएको गुनासो गरेका छन्। उपमहानगरपालिका ३२ का अध्यक्ष पाण्डेले थपे, ‘हामीले निर्णयको विरोध गरेपनि बहुमतको दम्भमा उहाँले आफ्नै निर्णय लागू गर्दै आउनु भएको छ।’

 

आरोपका विषयमा मेयर साहले भने केही प्रतिक्रिया दिएका छैनन्। प्रतिक्रिया लिन फोन गर्दा ‘हेलो १ हेलो १’ भन्दै फोन काटेका छन्।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...