प्रधानमन्त्री ओलीले भने म राजनीतिक जोगी हुँ , मलाई कमाउनु छैन



 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राजनीतिक जोगी भएको बताएका छन्। गृह जिल्ला झापाको गौरादह नगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले आफूलाई कमाउने कुनै मनसाय नरहेको बताए।

उनले भने, ‘मलाई कमाउनु छैन। मौका पाएको छु काम गरेर देखाउँछु। जोगीलाई कमाउने धन्दा हुँदैन। म पनि राजनीतिक जोगी हुँ।’

 

आफ्नो नेतृत्वको सरकार विकासको भिजन बोकेको सरकार भएको उनले दाबी गरे। उनले भने, ‘नेपाललाई समृद्ध बनाउने अभियानमा म लागिपरेको छु। मैले ढाँट छलको राजनीति गर्नु परेको छैन, गर्दिन।’

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीबाट काम गर्नका लागि भरपूर सहयोग रहेको बताए।

 

उनले आधुनिक कृषि प्रणालीमा जोड दिए। प्रम ओलीले भने, ‘अब बाँझा खेत जोतिनुपर्छ। आधुनिक कृषि प्रणाली अवलम्बन गरिनु पर्छ।’

विदेशमा नेपालले जैविक उत्पादन पठाओस् भनेर मानिसहरु पर्खेर बसिरहेको उनले बताए। ओलीले भने, ‘अब हाम्रा उत्पादन जैविक हुनुपर्छ।’

 

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीलाई जनतालाई दु:ख नदिन आग्रह गरे। बुधबार नै ओलीले झापाको कमल गाउँपालिकामा ५० शैयाको आयुर्वेद अस्पतालको पनि शिलान्यास गरे।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनको गलत प्रयोग वा कानुन हातमा लिएर जनतालाई दुख दिने यो सरकारले नगर्ने तर जनतालाई दुख दिने कसैलाई नछाडने प्रतिबद्धता ब्यक्त गनुृभएको छ । गृहनगर झापाको गौरादह नगरपालिकाले प्रधानममन्त्री ओली र प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको सम्मानमा आज आयोजित नागरिक अभिनन्दनमा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कानुनको गलत प्रयोग वा कानुन हातमा लिएर कसैलाई दुःख दिने काम यो सरकारले नगर्नेप्रष्ट पार्नुभयो ।

 

उहाँले भन्नुभयो, ‘बिगतमा यस्तो काम लोकतन्त्रको नाममा भयो । चरम राजकीय अराजकता र उदण्डता प्रकट भयो बिगतमा । तर अव त्यस्तो काम यो सरकारले गर्दैन । यो नै यो सरकार र नेकपाको नीति हो ।’  प्रधाानमन्त्री ओलीले थप्दै भन्नुभयो, ‘गलत प्रयोग वा दुरुपयोग गरी अरुलाई दुःख दिनु मनमा राक्षस पस्नु हो, मनमा राक्षस पसेपछि लोकतन्त्र हुँदैन, जनतालाई एक मिनेट पनि ढिलासुस्ती गर्नुहुन्न, जनप्रतिनिधि र सरकारी कार्यालयबाट तत्काल काम हुनुपर्छ ।’

 

प्रधानमन्त्री ओलीले आफू गृह जिल्ल्ला आउँन नपाउँदा न्यास्रो लागेकोसमेत बताउनुभयो । ‘म आउन पाएको थिईन, अलिक न्यास्रो लागेको थियो । आज भेटन पाए, न्यास्रो हट्यो । तपाईहरुले देशकै सवैभन्दा बढी भोट दिएर जिताउनु भयो, प्रधानमन्त्री भए, म तपाईहरुको निम्ति काम गर्छु’, उहाँले भन्नुभयो, ‘देशको निम्ति काम गर्छु, मैले केही कमाउनु छैन, म राजनीतिक जोगी जस्तै हो, मैले मौका पाएको छु, अघिल्लो पटक प्धानमन्त्री हुँदा केही राम्रो गर्दा हटनुपर्यो, यसपटक तपाईहरुले कसैले हटाउन नसक्ने गरी सरकार बनाउनु भएको छ ।’

 

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सम्मानीय प्रधानमन्त्रीको सपना आफनो प्रदेशममा साकार पारेरै छाड्ने बताउनुभयो । ‘हानायक केपी शर्मा ओलीलाई भारी मतले जिताउने झापा ५ का मतदाता सदै बधाई र सम्मानका पात्र रहेको बताउँदै मुख्यमन्त्री राईले भन्नुभयो, ‘बिकास र समृद्दीको नेतृत्व केपी ओलीको गर्नुभएको छ । यो सरकारले जनताको सपना पुरा गर्छ । देश र युग निर्माण गर्ने नायक केपी शर्मा ओलीले सवैको सपना साकार पार्नुहुन्छ ।’

 

सोही अवसरमा प्रधानमन्त्री ओलीलाई स्थानीय समस्या र बिकाशका योजनासहित माहारानीझोडा, गौरादह, नागरिक समाजलगायत थुप्रै संघ संस्थाका प्रतिनिधिले ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा