होशियार कसैको गोप्य कुराको खुलासा गरे जेल : अनुमतिबिना फोटो खिच्न पनि निषेध !



हाम्रो इकोनोमि

 

संघीय संसदको प्रतिनिधिसभामा वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक–२०७५ दर्ता भएको छ । यो विधेयकले व्यक्तिको अधिकारका सम्बन्धमा कडा खालका कानुनी व्यवस्था गरेको छ ।

 

विधेयकको परिच्छेद ८ मा चरित्र सम्बन्धी गोपनीयताको व्यवस्था गरिएको छ । ऐनको दफा १५ मा प्रत्येक व्यक्तिलाई निजको चरित्र, वैयक्तिक आचरण र व्यवहारको गोपनीयता राख्न पाउने अधिकारको व्यवस्था गरिएको छ ।

 

यस दफाको उपदफा २ मा कुनै व्यक्तिको चरित्र, आचरण, वा व्यवहारको सम्बन्धमा कुनै प्रश्न उठेमा त्यस सम्बन्धमा छानबिन गरी कानून बमोजिम कारवाही गर्ने क्रममा निजको चरित्रको सम्बन्धमा कसैले टिप्पणी गर्न नहुने व्यवस्था गरिएको छ ।

उपदफा ३ मा कसैले कुनै व्यक्तिको चरित्रमा आघात पार्ने वा निजको बेइज्जती वा अपमान हुनेगरी कुनै पनि प्रकारको काम कारवाही गर्न वा निजको आचरण वा व्यवहार सम्बन्धी कुनै पनि कुरा सार्वजनिक गर्न नहुने व्यवस्था गरिएको छ ।

यसरी व्यक्तिको गोपनीयता हनन् गरे ३ बर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुबै सजायको व्यवस्था गरिएको छ ।

 

तस्वीर बिगारे कारवाही 
यस्तै दफा १६ मा तस्वीरको प्रयोग सम्बन्धी कानुनी व्यवस्था गरिएको छ । उपदफा १ मा कसैले कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरी बिना तस्वीर खिच्न वा निजलाई बदनाम गर्ने नियतले निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी जुनसुकै तरिकाले अर्को तस्वीर बनाउन वा एक व्यक्तिको तस्वीरको केही अंश अर्को व्यक्तिको तस्वीरको अर्को अंशसँग मिलाई अर्कै तस्वीर बनाउन, प्रकाशन गर्न वा सार्वजनिक गराउन नहुने व्यवस्था गरिएको छ ।

सार्वजनिक स्थानमा तस्वीर खिच्दा अरु व्यक्तिको समेत तस्वीर खिचिन पुगेमा  सम्वन्धित व्यक्तिको मञ्जुरीबिना प्रयोग गर्न वा गराउन नहुने व्यवस्था गर्न लागिएको छ ।

 

यस्तै उपदफा ३ मा कसैले कुनै पनि व्यक्तिलाई सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्वीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले निजको मञ्जुरी नलिई निजको तस्वीर प्रकाशन, प्रचार प्रसार, खरिद बिक्री वा सार्वजनिक गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरेको छ ।

 

अरुको गोप्य कुराको खुलासा गरे दण्ड 
संसदमा दर्ता भएको सो विधेयकको दफा १८ मा कसैको गोप्य कुरा प्रकट गर्न रोक लगाइएको छ ।

सो दफामा व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट कसैको आचरण सम्बन्धी कुनै कुरा जानकारी पाएको भए सम्बन्धित व्यक्तिले मञ्जुरी दिएको वा अधिकार प्राप्त अधिकारीको आदेश भएको अवस्थामा बाहेक त्यस्तो कुरा कसैलाई गर्न नहुने भन्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...