गृह जिल्लामा प्रधानमन्त्री ओली, नागरिक अभिनन्दन गरिंदै



 

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार गृह जिल्ला झापा पुगेका छन् । प्रधानमन्त्री बनेपछि उनी दोस्रो पटक झापा गएका हुन् ।

उनको बुधबार कमल गाउँपालिका र गौरादहमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बताएका छन् ।

प्रधानमन्त्री ओलीले कमल गाउँपालिका–७ मा ५० शैंयाको आयुर्वेद चिकित्सालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

 

उनले बुधबार गौरादहमा क्षेत्र नं ५ को क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तथा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओली बुधबार नै दिउँसो काठमाडौँ फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा