बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै विद्यार्थी नै प्रदर्शनमा, महेन्द्रनगर रणभूमिमा परिणत हुँदै, १२ राउण्ड अश्रुग्यास



 

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगर क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् ।

 

प्रहरीले ‘नक्कली’ अभियुक्तलाई सार्वजनिक गरेर वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै स्थानीय सर्वसाधारणले गरिरहेको प्रदर्शनमा विद्यार्थी पनि सहभागी भइरहेका छन् । विद्यार्थीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ ।

 

वास्तविक बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर गेट अगाडि प्रदर्शन गरिरहेका विद्यार्थीमाथि प्रहरीले बुधवार बिहान ५ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । महेन्द्रनगर क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत १०–१५ वर्षका विद्यार्थी प्रहरी प्रशासनविरुद्ध प्रदर्शनमा उत्रिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

 

प्रहरीविरुद्ध नारावाजी गर्ने ३–४ जना विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको प्रदर्शनकारीले जनाएका छन् । विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै नारावाजी गर्ने विद्यार्थीलाई पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगेको जनाइएको छ ।

विद्यार्थीमाथि भइरहेको प्रहरी आक्रमणबारे बुझ्न कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई टेलिफोन गर्दा उनले फोन काटिदिए ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमवार अपराह्न पत्रकार सम्मेलनमार्फत् निर्मला हत्याकाण्डका अभियुक्त भन्दै भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, मानसिक अवस्था ठिक नभएका विष्टलाई प्रहरी ‘नक्कली’ अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै सर्वसाधारण आन्दोलन भएका छन् ।

 

निर्मलाको बलात्कारपछि हत्या भएको २५ औं दिनपछि प्रहरीले घटनाका अभियुक्तको रुपमा विष्टलाई सोमवार सार्वजनिक गरेको थियो । प्रहरीको दाबीमाथि अविश्वास गर्दै सर्वसाधारणले मुख्य अभियुक्तलाई बचाउन मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त देखाइएको आरोप लगाइरहेका छन् ।

 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै दोस्रो दिन पनि महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन जारी छ।

 

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयअगाडिलगायत बजारका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन्। पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपारी, टायर बालि अवरुद्ध गरेका छन्।

 

प्रदर्शका क्रममा भीड नियन्त्रण गर्न प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले प्रहरीलाई ढुंगा,पानीका बोतल प्रहार गरेपछि अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा