सडक सुधार नगरेर चोरबाटो हिँड्दै प्रचण्ड ! , निवासमा छोरी–ज्वाइँको चुरीफुरी



हाम्रो इकोनोमि

 

उच्च जिम्मेवारीमा रहेका नेताहरूको रुचि ‘अन्य विषयहरूमा’ भएपछि आफैँ हिँड्ने बाटोसमेत कस्तो अवस्थामा पुग्दोरहेछ भन्ने उदाहरण नेकपाका सहअध्यक्ष प्रचण्डले प्रस्तुत गरेका छन् ।

 

गत वर्ष आफ्नो एक मात्र छोरा प्रकाशको रहस्यमयी मृत्यु भएपछि प्रचण्ड लाजिम्पाटको निवास छोडेर ललितपुरको खुमलटारनजिकै बसोवास गर्न पुगेका छन् । उनको घर पुग्ने करिब आठ सय मिटर सडकमध्ये व्यापक जनदबाबपछि तीन सय मिटर सडकमा केही सुधार गरिए पनि बाँकी पाँच सय मिटर सडक पूरै ‘हिले पोखरीमा रूपान्तरित’ भएको छ ।

 

अघिपछि सुरक्षाकर्मीका गाडीको लावालस्करसहित प्रचण्ड उक्त सडकमा ओहोरोदोहोरो गर्दा हिलो छचल्किएर आसपासका घरहरूसमेत हिलाम्मे र कुरूप बनेपछि स्थानीय बासिन्दाले प्रचण्डको सत्तोश्राप गरेका छन् । जनताले सडक सुधारका निम्ति पटक–पटक आग्रह गर्दा पनि जनआग्रहप्रति संवेदनशील नरहेका प्रचण्डले दिनदिनै गाली खानु या सडकको अवस्था सुधार गर्नुभन्दा चोरबाटो हिँड्नु उचित ठानेका छन् ।

 

टुटेपानीदेखि फूलबारीसम्मको करिब ५०० मिटर सडक सुधार गर्नुभन्दा उनले आफू हिँड्ने बाटो नै बदलेका छन् । सातदोबाटोबाट बज्रबाराही जाने सडक भएर जाँदा निवास पुग्न छोटो बाटो पर्ने भए पनि प्रचण्ड अचेल सातदोबाटोबाट खुमलटार चोक हुँदै धापाखेलतर्फको सडक भएर घर जान थालेको स्थानीय बासिन्दाहरूले घटना र विचारलाई जानकारी दिएका छन् ।

 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार प्रचण्डनिवासका आगन्तुकहरूले प्रचण्डसम्म पुग्न पनि ‘चोरबाटो’ प्रयोग गर्नुपर्ने अवस्था पैदा गरिएको छ । प्रचण्डले प्रेस सहयोगीका रूपमा जुगल उर्फ विष्णु सापकाटोलाई आफूसँगै राखेका छन् भने जोखबहादुर महरालाई स्वकीय सचिवको जिम्मेवारी दिएका छन् । तर, प्रचण्डपुत्री गंगा दाहाल र उनको पतिका कारण सापकोटा र महरा ‘जोकर’ बन्न पुगेका छन् ।

 

प्रचण्डले आफूले बोक्ने टेलिफोन छोरी गंगालाई जिम्मा दिएका छन्, त्यसैले ठूला घरानाका व्यापारी तथा अनेक दृष्टिले महत्वपूर्ण मानिने व्यक्तिहरू गंगालाई सम्पर्क गरेर सोझै प्रचण्डसम्म पुग्ने गर्दछन् ।

 

महरा र सापकोटाको कामचाहिँ ‘सी ग्रेड’का आगन्तुकहरूलाई पन्छाउने र ‘ठूला मानिसहरू आएको र गएको हेर्ने’ मात्र भएको छ । छोरा प्रकाशको निधनपछि प्रचण्डनिवासमा छोरी गंगा र उनका पतिको चुरीफुरी निकै बढेको महसुस आगन्तुकहरूले गरेका छन् ।घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...