१७ सहायक रथीको सरुवा, ६ सेनानीको पनि काज सरुवा, को कहाँ पुगे हेर्नुहोस (सूचीसहित)



 

नेपाली सेनामा १७ सहायक रथीहरुको सरुवा तथा प्रमुख सेनानी र सेनानीहरुको काज सरुवा भएको छ ।

 

सैनिक मुख्यालयले विभिन्न बाहिनीका बाहिनीपतिसहित १७ जना सहायक रथीहरुको सरुवा गरेको हो । त्यसैगरी, ५ प्रमुख सेनानी र ६ सेनानीको काज सरुवा गरिएको छ ।

 

नम्बर १७ बाहिनी अड्डाका सहायक रथी कुवेर थापा राष्ट्रपतिको कार्यालय मुख्य सुरक्षाधिकृत बन्दा सैनिक ब्याटल स्कुलका सहायक रथी गणेशबहादुर कार्की राष्ट्रिय सेवादल पुगेका छन् ।

 

यस्तै २२ नम्बर बाहिनी अड्डाका सहायक रथी शैलेन्द्र समशेर थापा राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु आरक्ष निर्देशनालयको निर्देशक बनेका छन् ।

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी निरन्जनकुमार श्रेष्ठ निरीक्षण निर्देशनालयको निर्देशक बनेका छन् । नम्बर २१ बाहिनी अड्डाका सहायक रथी बालकृष्ण कार्की सैनिक इन्टेलिजेन्स महानिर्देशनालय पुगेका छन् ।

 

निरक्षण निर्देशनालयमा रहेका सहायक रथी पदमबहादुर आङगेवो सैनिक कमाण्ड तथा स्टाफ कलेजकोे सहशिक्षाध्यक्ष बन्दा नम्बर ४ बाहिनी अड्डाका सहायक रथी अनन्त कार्की सैनिक तालिम तथा इक्ट्रिन महानिर्देशनालय पुगेका छन् ।

नम्बर २७ बाहिनी अड्डाका सहायक रथी अशोकराज सिग्देल क्षत्री युुद्धकालीन निर्देशनालयको निर्देशक बनेका छन् । नम्बर ३ बाहिनी अड्डाका सहायक रथी अजित थापा भर्ना छनोट निर्देशनालयको निर्देशक भएका छन् ।

 

त्यस्तै नम्बर २३ बाहिनी अड्डाका सहायक रथी कृष्णमुरारी न्यौपानेको राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको सहायक संयोजकको रुपमा सरुवा भएको छ । नम्बर १८ बाहिनी अड्डाका सहायक रथी भरतप्रसाद पाठक पूर्वी पृतना हेडक्वार्टरको पृतना चिफ बनेका छन् ।

सैनिक कमाण्ड तथा स्टाफ कलेज सहायक रथी आनन्दकुमार अधिकारी नम्बर २२ को बाहिनी पति बन्दा उपत्यका पृतना हेडक्वार्टरका सहायक रथी सञ्जय थापाको नम्बर २१ बाहिनी अड्डाको बाहिनीपतिको रुपमा सरुवा भएको छ ।

 

वन तथा पर्यावरण सुरक्षा निर्देशनालयका सहायक रथी निरमानसिंह गुरुङको नम्बर २३ बाहिनी अड्डाको बाहिनीपतिको रुपमा सरुवा हुँदा पूर्वी पृतना हेडक्वार्टरका सहायक रथी प्रेम शाही विशेष फौज बाहिनीका बाहिनीपति बनेका छन् ।

अति विशिष्ठ व्यक्ति सुरक्षा निर्देशनालयका सहायक रथी बाबुराम श्रेष्ठ नम्बर २७ बाहिनी अड्डाको बाहिनीपति बन्दा प्रधानसेनापतिको कार्यालयका सहायक रथी सन्तोषकुमार ढकाल नम्बर ३ बाहिनी अड्डाका बाहिनीपति बनेका छन् ।

सैनिक मुख्यालयले ५ जना प्रमुख सेनानीको काज सरुवा गरेको छ । बेबृ तथा समारोह निर्देशनालयका प्रमुख सेनानी शशीकिरण रायमाझीको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, राष्ट्रिय सेवादलका प्रमुख सेनानी अर्जुन खड्काको राष्ट्रिय सेवादल पूर्वी तालिम शिक्षालय, नम्बर २३ बाहिनी अड्डाका प्रमुख सेनानी बालकृष्ण कार्कीको सैनिक कमाण्ड तथा स्टाफ कलेज ९केही समयका लागि० सरुवा भएको छ ।

 

त्यस्तै, निरीक्षण निर्देशनालयका प्रमुख सेनानी जितबहादुर लामाको नम्बर २ तालिम गणमा सरुवा भएको छ, भने सैनिक इन्टिलिजेन्सका प्रमुख सेनानी सुमन खड्काको बलाधिकृतको कार्यालयमा सरुवा भएको छ ।

 

यस्तै ६ जना सेनानीको पनि सरुवा भएको छ । राष्ट्रिय सेवादल पूर्वी तालिम शिक्षालयका सेनानी दीनेश नकर्मीको राष्ट्रिय सेवादल मध्यपूर्वी तालिम शिक्षालयमा सरुवा भएको छ ।

 

राष्ट्रिय सेवादल मध्य तालिम शिक्षालयका सेनानी कृष्णबहादुर डुम्राकोटीको राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालयमा सरुवा भएको छ ।

 

त्यस्तै, नेपाली सैनिक ब्याटल स्कूलका सेनानी अशोक खड्का सैनिक कमाण्ड तथा स्टाफ कलेज पुग्दा श्रीमेहर गणका सेनानी गोविन्दराज घिमिरेको नम्बर २३ बाहिनी अड्डामा सरुवा भएको छ । त्यस्तै, नम्बर २८ बाहिनी अड्डाका सेनानी रत्नबहादुर श्रेष्ठको वीरेन्द्र अस्पतालमा काज सरुवा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा