कांग्रेसको नेतृत्व हत्याउने दाउमा तीन कोइराला, को होला फस्ट



 

 

स्थानीय निकायको चुनावबाट राजनीतिक रुपमा कमजोर बनेको नेपाली कांग्रेसको सुधारका लागि काम गर्नुको सट्टा शीर्ष नेताहरु भने एकले अर्कोलाई तह लगाउने दाउमा देखिएका छन् ।

 

सभापति शेरबहादुर देउवा र संस्थापन इतर पक्षका नेताहरू १४ औं महाधिवेशनबाट नेतृत्व हात पार्ने रणनीतिमा लागेका छन् । पार्टी नेतृत्वमा रहेका तीन कोइराला (सशांक, शेखर र सुजाता) ले आफूहरूमध्येबाटै आउँदो महाधिवेशनमा एक जना सभापतिको उम्मेद्वार बन्ने सार्वजनिक घोषणा गरिसकेका छन् ।

देउवाले पार्टीभित्रको समस्या मिलाउनुको सट्टा पार्टीलाई थप ‘लथालिङ्ग’ को अवस्थातिर लैजाने देखिएपछि देउवाको विकल्पमा आफूहरु तयार रहेको प्रतिक्रिया दिइरहेका छन् ।

 

यता देउवा भने पार्टीलाई लथालिङ्गकै अवस्थामै राखेर महाधिवेशन गराउने पक्षमा देखिंदैनन् । महाधिवेशन गराए आफू थप कमजोर बन्ने डर देउवालाई छ । निर्वाचनमा पराजयको दोष देउवालाई दिए जनमत बढाउन संस्थापन इतर पक्ष गोलबन्द छ । देउवा अनुकूल परिस्थिति निर्माण गर्ने योजना साथ अघि बढ्ने रणनीतिमा छन् ।

 

त्यसैले उनी विजय गच्छदारलगायत तत्कालीन फोरम लोकतान्त्रिकका नेता–कार्यकर्ताको व्यवस्थापन गर्नेतर्फ केन्द्रित भएका छन् । तर, देउवासँग पछिल्लो समय विजय गच्छदार पनि सन्तुष्ट देखिएका छैनन् । उनले पटक–पटक आफ्ना नेताहरुको व्यवस्थापन गर्न देउवाले रुची नदेखाइरहेको बताइरहेका छन् ।

देउवाले आफ्ना नेता कार्यकर्ताहरुको उचित व्यवस्थापन नगरे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जान सक्ने समेत संकेत दिइसकेका छन् । तर, देउवा भने गच्छदारका निकट नेता कार्यकर्ताहरुलाई फकाउने सुरमा देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

 

‘त्यसका लागि विधान अनुकूल बनाएर पार्टीका विभाग र अन्य समितिमा व्यवस्थापन गर्ने देउवाको चाहना छ,’ एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कार्यसमितिको सबै संरचनामा पकड कायम गरेपछि मात्रै महाधिवेशनमा जाने सोचमा देउवा छन् ।’

 

दुर्भाग्यको बाटोतर्फ नेविसंघ

वरिष्ठ नेता पौडेलले विद्यार्थी संगठन नेविसंघको अधिवेशन मिति तत्काल तोक्न पार्टी नेताहरुलाई माग गरेका छन् ।

संघको वर्तमान कार्यसमितिको कार्यकाल भदौ ३ बाट सकिएको छ । उसले अधिवेशनको तिथि तोक्न समेत सकेन । पार्टीले अधिवेशनका लागि भन्दै कार्य समितिको म्याद तीन महिना थप गरेको छ ।

 

तीन महिनामा अधिवेशन हुन नसके कार्यसमिति स्वतः विघटन हुने व्यवस्था विधानमा छ । नेविसंघलाई तदर्थ समितिमार्फत चलाउन खोजिएको भन्दै पौडेल पक्षले तत्काल अधिवेशन माग गरेका हुन् ।

‘क्याम्पस, क्षेत्र र जिल्लाको अधिवेशन तत्काल तोक्न म आग्रह गर्छु,’ पौडेलले भने, ‘संघको अधिवेशन नगराई तदर्थवादमा चलाउने बाटो रोजिए दुर्भाग्य हुनेछ ।’

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा