सुन तस्कर नेकपाका जिल्ला सदस्य ? इन्द्रावती नदीमा अवैध क्रसर उद्योग सञ्चालक पनि



हाम्रो इकोनोमि

 

 

नेकपाका जिल्ला कमिटीहरु धमामध चयन हुन थालेका छन् । एमाले–माओवादी केन्द्र एकता प्रक्रिया टुंगो लगाउने क्रममा जिल्ला कमिटीहरु धमाधम पुनर्गठन भइरहेका छन् । यसैक्रममा सिन्धुपाल्चोक जिल्ला कमिटीमा सुन तस्करीदेखि नेताका स्वकीय सचिवसम्म परेका छन् । नेकपाले सिन्धुपाल्चोक जिल्ला कमिटीमा सुनतस्करीमा मुछिएका राजकुमार पौडेललाई राखेकोमा कार्यकर्ता पंक्ति नै चकित परेको छ ।

 

विगतदेखि नै तस्करी ब्यापारीमा संलग्नहरुलाई पूर्व माओवादी नेतृत्वले सदस्य बनाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७४ भदौ १५ मा केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलोमध्ये १५ किलो सुनसहित ७ जना पक्राउ गरेको थियो ।

 

ती अभियुक्तले सुन तस्करका नाइके राजकुमार पौडेल रहेको बयान दिएलगत्तै उनी बिदामा बसेर सम्पर्कविहीन भएका थिए । उनी भारत पलायन भएका थिए । तिनै पौडेललाई नेकपाको जिल्ला सदस्य बनाइएको छ । पौडेल गएको बर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीको तर्फबाट भोटेकोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

 

पूर्व माओवादीका विवादित नेता माधव सापकोटा र सरल सहयात्री पौडेलका ब्यवसायिक साझेदार राजकुमार पौडेल युद्धकालमा पनि माओवादीले लुटेको रकम सञ्चालन गर्ने ब्यक्ति हुन् भन्ने गरिन्छ । त्यसकारण पनि भोटेकोशी गाउँपालिकाको अध्यक्षका उम्मेदवार वनाएका सापकोटा र सरलले उनै राजकुमार मार्फत् ब्यवसाय गर्दै आएका छन् ।

 

प्रहरीको सीआईबीले अनुसन्धान गर्दा माधव सापकोटा र सरलको पनि नाम मुछिएको पाइएपछि उक्त घटनामा राजकुमार पौडेललाई जोगाएर उनका सहयोगी मात्र पक्राउ गरिएको थियो । राजकुमार पौडेलकै गाडीमा पक्राउ परेका शेर्पा थरका ती ब्यक्ति अहिले पनि कारागारमा नै छन् ।

 

तर, माओवादीका नेता भएका कारण जनार्दन शर्मा गृहमन्त्री भएका बेला माधव सापकोटा र सरल सहयात्री पक्राउ पर्नबाट बचेका थिए । त्यसो त भूमिगतकालदेखि नै माओवादीको संरक्षणमा ब्यापार ब्यवसाय र तस्करी गर्दै आएका राजकुमार पौडेलसँग अहिले पनि देखावटी ब्यवसायको रुपमा क्रसर उद्योग छ ।

 

इन्द्रावती नदीमा अवैध क्रसर उद्योग सञ्चालनमा हाल नेकपाका केन्द्रीय सदस्य बनेका माधव सापकोटाको प्रत्यक्ष संरक्षण रहेको छ । नेकपाको केन्द्रीय सदस्यको रवाफ देखाउँदै यस क्षेत्रका क्रसर उद्योगमा अबैध रुपमा वालुवा गिटी उठाउँदा पनि प्रशासन चुप लागेर वसेको छ । गृहमन्त्री रामबहादुर थापाको नाम भजाएर यो समूहले अत्याधिक नदी दोहन गरिरहेका छन् । तर पनि कुनै कारबाही भएको छैन ।

 

बिगतदेखि नै विवादास्पद भूमिकाका माओवादीका यी नेताहरुले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहालका बडीगार्ड युवराज दुलालमार्फत् प्रहरी प्रशासनमा प्रभाव पारेर तस्करीका काम गर्दै आएका थिए । २०६४ को भदौतिर ६ गाडी रक्तचन्दन खासातर्फ लैजाँदा पनि माधव सापकोटा, सरल सहयात्री र युवराज दुलालको संलग्नता थियो ।

 

झण्डै ६० करोड रुपैयाँ पर्ने उक्त रक्तचन्दन वाटोमा स्थानीयले अवरोध खडा गरेपछि प्रहरीले पक्राउ गर्न लागेको थियो । तर, माधव सापकोटा, दुलाल र सरलले पेस्तोल देखाएर रक्तचन्दन पार गराइदिएका थिए । सो बापत राजकुमार पौडेलले साझेदार बनाएका उनै नेता नजिकका ब्यक्तिहरुले वाह्रविसे वजारमा रक्सीको चुस्कीसँगै खुलासा गरेका थिए ।

 

बाह्रबिसे इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक वीरेन्द्रवहादुर शाहीलाई खरिद गरेर सो रक्तचन्दनको गाडी अवरोध गर्ने स्थानीयलाई पेस्तोल पड्काएर लखेटिएको थियो । त्यसो त सो बेला सिन्धुपाल्चोकका पत्रकार ग्याम्लिङ लामाले फोटो खिच्दा क्यामेरा खोसेर फुटाइएको थियो ।

 

पूर्व माओवादीमा यसरी नवप्रवेशी र तस्करीहरु हावी भएपछि युद्ध लडेकाहरु निराश बनेका छन् । पूर्वमाओवादीमा सापकोटावाद हावी भएपछि अरु कार्यकर्ताहरुमा भने निराशा छाएको छ । तथापि नेकपाको योजना सफल पार्न भने एकवद्ध हुनेमा उनीहरु लागिरहेका छन् ।

 

केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलो सुन काठमाडौंमा रहेको सूचनाका आधारमा २०७४ भदौ १५ मा ब्युरोको टोली खोजीमा खटिएको थियो । टोलीले सोही दिन टोखा नगरपालिका–११ बाट १४ किलो सुनसहित पेम्बा दोर्जे शेर्पालाई पक्राउ ग¥यो ।
उनले २ किलो सुन जनकपुर पु¥याएको बयान दिएपछि धनुषा प्रहरीको सहयोगमा एक किलो सुनसहित दीपककुमार साह पक्राउ परे । साहको पक्राउपछि एक किलो सुन भारत पुगेको खुल्यो । बाँकी ६ किलो सुन कहाँ छ भन्ने एक बर्ष बित्न लाग्दा पनि खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...