गृहले थाल्यो प्रहरीमा नयाँ एआइजीको बढुवा प्रक्रिया, यी हुन् मुख्य दाबेदार !



हाम्रो इकोनोमि

 

घरह मन्त्रालय रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा प्रक्रिया अगाडी बढाउने भएको छ । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा सर्वेन्द्र खनालको नियुक्तिसँगै रिक्त एआइजी बढुवा रोकिएको थियो ।

 

प्रहरी महानिरीक्षक खनालले गृहमन्त्री रामबहादुर थापालाई एआइजी बढुवामा चासो देखाउन पटक–पटक आग्रह गर्दै आएका थिए । खनालको दवावका कारण गृहमन्त्री थापाले एआइजी बढुवा एक हप्ताभित्रै गर्ने गरेर काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

 

सरकारको पछिल्लो निर्णय अनुसार एआइजीको दरबन्दी तीन वटामात्र कायम गरिएको छ । हालका डिआइजीमध्येबाट तीन जनाको मात्र बढुवा हुनेछ ।

 

यस्ता छन् दाबेदार उम्मेदवारहरुः

प्रहरीमा देखिएको राजनैतिक हस्तक्षेपले गर्दा बढुवा प्रक्किया नै विवादित बन्दै आएको छ तर, यसपटक बने गृह मन्त्रालयले एआइजी बढुवा वरिष्ठताकै आधारमा गर्ने स्रोतले जनाएको छ । हालका डिआइजीहरू पुष्कर कार्की, मनोज न्यौपाने, धीरु बस्नेत, ठुले राई, र सुरेशविक्रम शाह वरिष्ठताका आधारमा अगाडि छन् ।

 

उनीहरू सबै १९ साउन ०७४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल अहिले आइजिपी छन् ।

एआइजीका सबै दाबेदार अधिकृत ०४६ का ब्याची हुन् । ३० वर्षे कार्यकालका आधारमा उनीहरू सबैले २९ माघ ०७६ मा अनिवार्य अवकाश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...