नेकपामा लेबी नतिर्ने को को, पूर्वसभामुखदेखि तत्कालीन माओवादीका मन्त्री सम्म, नाम र रकम सहित



 

पूर्वसभामुख ओनसरी घर्तीले तत्कालीन माओवादी केन्द्रलाई बुझाउनुपर्ने लेबीबापतको ठूलो रकम नतिरेको पाइएको छ । यस्तै ठूलो रकम नतिर्नेमा पूर्वमन्त्रीहरूको पनि नाम छ ।

 

तत्कालीन माओवादी र एमालेबीच एकतापछि सुरु हुन थालेको एकीकृत कारोबारमा ती नेताहरूको लेबी बक्यौता देखिएको छ । लेबीबापतको रकम झन्डै २५ लाख छ । तत्कालीन माओवादीले आफ्ना मन्त्रीहरूलाई मासिक १५ हजारका दरले लेबी तोकेको थियो । यद्यपि यस्तो लेबी अरू पार्टीले पनि तोक्ने गरेका छन् ।

२०७१ कात्तिकदेखि २०७४ अशोज सम्मको हिसाब किताब अनुसार पूर्वसभामुख ओनसरी घर्तीले पार्टीलाइ सात लाख लेबी बापतको रकम बुझाउनुपर्ने देखिएको छ ।

 

पार्टी अध्यक्ष प्रचण्डको सचिवालय निकट स्रोतबाट रातोपाटीलाई प्राप्त जानकारी अनुसार शिक्षामन्त्री डीआर पौडेलले झन्डै डेढ लाख रुपियाँ लेबीबापतको रकम बुझाएका छैनन् । त्यस्तै प्रभु साहको नाममा एक लाख २५ हजार, टोपबहादुर रायमाझीका नाममा करिब ३० हजार, जनार्दन शर्माको झन्डै एक लाख, शक्तिबहादुर बस्नेतको ४६ हजार, गौरीशङ्कर चौधरीको करिब ४५ हजार लेबी बक्यौता छ ।

 

त्यस्तै महेन्द्रबहादुर शाहीको झन्डै एक लाख, शिवकुमार मण्डलको झन्डै एक लाख, अजयशङ्कर नायकको नाममा ४० हजार, सुरेन्द्र कार्कीको नाममा ४५ हजार लेबीबापतको रकम वक्यौता छ ।
सन्तकुमार थारुका नाममा ३५ हजार र दलजित श्रीपाइलीका नाममा ३० हजार रुपियाँ लेबीबापतको बक्यौता छ । त्यस्तै राज्यमन्त्रीहरूले पनि लेबीको रकम बुझाएका छैनन् । ओङ्दी शेर्पा, रामसिंह यादव, छमबहादुर गुरुङ, गोमा कुँवर, कर्णबहादुर विकले ७५ हजारका दरले लेबी बुझाउन बाँकी देखिएको छ ।

त्यस्तै सांसद अशोककुमार मण्डलका नाममा एक लाख २० हजार रुपियाँ लेबीबापतको रकम बुझाउन बाँकी देखिएको छ ।

 

लेबी बुझाउन ७ गतेसम्मको म्याद 
पूर्वसभामुखदेखि मन्त्रीहरूलाई पार्टी कार्यालय पेरिसडाँडाबाट लेबी बुझाउन भदौ ७ गतेसम्मको म्याद दिइएको छ । तत्कालीन माओवादी केन्द्रको पेरिसडाँडा कार्यालयका मुख्य सचिव प्रह्लाद बुढाथोकीले आफ्ना केही पूर्वमन्त्रीहरूको लेबीबापतको रकम बाँकी रहेकाले उनीहरूलाई साउन ७ गतेसम्मको समय दिएको बताए । बुढाथोकी भन्छन्– ‘हामीले सबैलाई खबर गरेका छौँ । केही रकम आउने क्रममा छ । भोलिसम्मको समय छ । सायद सबैको आउला ।’

 

पार्टी कार्यालयबाट लेबी बुझाउन बाँकी भएका पूर्वमन्त्रीहरूलाई म्यासेजमार्फत लेबी बुझाउन आग्रह गरेको छ । तर अहिलेसम्म बाँकी रहेका कसैले लेबीबापतको रकम बुझाएका छैनन् ।

 

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएपछि दुवैतर्फको सम्पत्ति एकीकृत गर्ने कार्य भइरहेको छ । यस्तोमा तत्कालीन माओवादीका पूर्वसभामुख र मन्त्रीहरूले रकम नबुझाए त्यो बक्यौतासहित नेकपाको नाममा जाने भएको छ । यही हिसाब किताब मिलानमा तत्कालीन माओवादी पार्टी कार्यालय लागेको छ । तत्कालीन माओवादीका अधिकांश हिसाब किताब भद्रगोल अवस्थामा छन् ।

पार्टी एकता भएको तीन महिना पुगिसक्दा पनि अहिलेसम्म दुवै पार्टीको आर्थिक कारोबार छुट्टाछुट्टै खाताबाट भइरहेको छ ।

 

अहिलेका मन्त्री धेरैले लेबी बुझाएका छन् 
हाल केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि तत्कालीन माओवादीले आफ्ना मन्त्रीलाई मासिक १५ हजार रुपियाँ लेबी रकम बुझाउनुपर्ने नियम बनाएको थियो । तत्कालीन एमालेले पनि आफ्ना मन्त्रीहरूलाई मासिक १५ हजार लेबी तोकेको थियो । यसबाहेक तत्कालीन माओवादीले आफ्ना सांसदलाई १२ र एमालेले १३ हजार मासिक लेबी तोकेको थियो ।

 

स्रोतका अनुसार तत्कालीन एमालेका धेरै मन्त्रीहरूले नियमित लेबी बुझाउने गरेका छन् । त्यस्तै तत्कालीन माओवादीबाट हाल सरकारमा रहेका केही मन्त्रीहरूले पनि नियमित लेबीबापतको रकम बुझाएको स्रोतले बतायो । अहिलेसम्म तत्कालीन आआफ्नो पार्टीको नाममा नै लेबी रकम बुझाउने गरिएको एक मन्त्रीले बताए ।

 

लेबी नेकपाको मुख्य स्रोत
तत्कालीन दुई पार्टी एकतापछि बनेको नेकपाले मुख्य आर्थिक स्रोत लेबीलाई बनाएको छ । नेकपाको अन्तरिम विधानको अध्याय १४ मा पार्टी कोष र सम्पत्तिसम्बन्धी व्यवस्था गरेको छ । विधानमा केन्द्रीय कमिटीले पार्टीको केन्द्रीय कोष निर्माण गर्ने मुख्य आधार सदस्यता शुल्क तथा लेबीलाई मानेको छ ।

 

प्रारम्भिक तथ्याङ्कअनुसार नेकपाका झण्डै पाँच लाख सङ्गठित सदस्य छन् । नेकपाले सदस्यता शूल्क मासिक २५ र सङ्गठित सदस्यता शुल्क ५० रुपियाँ तोकेको छ । पार्टीको तर्फबाट प्रधानमन्त्री, मन्त्री, सांसद, केन्द्रीय तहको राजनीतिक नियुक्ति, मुख्य मन्त्री, मन्त्री, प्रदेश सांसद, प्रदेश तहको राजनीतिक नियुक्ति, विभिन्न तहका जनप्रतिनिधि र हरेक राजनीतिक नियुक्ति लिएका व्यक्तिले लेबी बुझाउनुपर्ने नेकपाको विधानमा छ ।

 

विभिन्न तहबाट उठेको लेबी रकम पार्टी कोष र कार्यकर्ता संरक्षण कोषमा जम्मा गर्ने विधि नेकपाले बनाएको छ । पार्टीको कोषमा रहेको रकमले कार्यालय सञ्चालन, पार्टी कार्यालयमा रहने र अध्यक्षको कार्यालयमा रहने कर्मचारीको भरणपोषण लगायतका काममा खर्च गर्ने गर्छन् ।रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा