निरु पालमाथि पेस्तोल ताक्ने ‘मोबाइल लुटेरा’ थियो कि ‘सुटर’ ?, यस्तो रहेछ रहस्य



 

प्रतिनिधीसभाकी सांसद निरुदेवी पालको कञ्चटमा पेस्तोल ताकेको भनिएको घटना तीन हप्ता बित्न लाग्दा समेत रहस्यको गर्भमै छ । घटना सार्वजनिक भएदेखी नै अनुसन्धानमा जुटेको प्रहरीले घट्नाको ठोस परिणाम निकाल्न सकेको छैन । तर, घटनाक्रम हेर्दा भिआइपीमाथि पेस्तोल ताकेको घटनाको पर्दा खुल्नुको साटो रहस्यतर्फ नै धकेलिँदै गएको छ ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक (एसपी) रामदत्त जोशीको नेतृत्वमा बनेको छानविन समितिले निरु पालमाथि भएको घटनाबारे अनुसन्धान गरिरहेको छ । समितिले अहिलेसम्म ठोस परिणाम देखिनेगरी घटनाको कुनै छेउ टुप्पो पत्ता लगाउन सकेको छैन । घटनाबारे जिज्ञासा राख्दा संयोजक जोशीले रेडिमेड जवाफ दिँदै भने, ‘अब त्यसमा के भन्ने ? अनुसन्धान भइरहेको छ, अनुसन्धान नसिध्याइकन हामीले केही कुरा पनि बाहिर भन्न मिल्दैन ।’

 

महानगरीय अपराध महाशाखाले उपत्यकामा हुने ठूला घट्नाको अनुसन्धान गर्ने गर्छ । त्यस्तोमा एसपी जोशीको टीमबाहेक महाशाखाले पनि सुक्ष्मरुपमा उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।

 

साउन १५ गते अर्थात् ‘खिर खाने दिन’ साँझ करिब ८ बजे बानेश्वरको भित्री गल्लीमा एक अज्ञात युवाले पेस्तोल ताकेर आफ्नो मोबाइल लुटेको घटना सांसद पालले १७ गते संसदलाई जानकारी गराएकी थिइन् । तर, उनले १५ गते साँझ देखी १६ गते दिनभर उक्त घटना गुपचुप नै राखेकी थिइन् । सुरक्षा निकायलाई समेत निकै पछी जानकारी गराईएको उक्त घटना १६ गते साँझ अनलाईन सञ्चार माध्यममा प्रकाशित भएपछि एकाएक भाइरल भएको थियो । त्यति गम्भिर घट्ना आखिर किन लुकाइयो ? यो प्रश्न पनि अझै अनुत्तरित नै छ ।

 

निरु पालले आफ्नो मोबाइल पेस्तोलधारीले लुटेको हुनाले घरमा भएको एनसेल नम्बरबाट प्रधानमन्त्री केपी ओलीलाई फोन गरेको बताएकी छिन् । तर, प्रहरी अनुसन्धानका क्रममा उनको मोबाइल त्यो दिन (१५ गते) घटना हुनुभन्दा केही घण्टा पहिले नै अफ गरिएको खुल्न आएको छ ।

 

‘साँझ ५ बजेर ४० मिनेटमा महाराजगञ्जस्थित नारायणगोपाल चोकमा उहाँको ९८५११… को नम्बर अफ भएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘माननीय ज्यू, त्यतिबेला राष्ट्रपती भवनमा जानुभएको रहेछ त्यसपछि उहाँको मोबाइल सेट अहिलेसम्म खुलेको देखिँदैन ।’

पाँच बजेर ४० मिनेटमा अफ भएको आफ्नो आइफोन राती ८ बजे एउटा अज्ञात युवाले लुटेको सांसद पालले बताएकी छिन् ।

 

उनको मोवाईल लुट्ने व्यक्ति कुनै राजनीतिक वा न्यायाधीश दीपकराज जोशीको मान्छे नभएर ‘मोबाइल लुटेरा’ मात्र त थिएन ? प्रहरीले यसबारे शंका गरेको छ । काठमाडौँमा मोबाइल लुटेराको ठूलो गिरोह सक्रिय रहेको कुरा कहीँ कतैबाट छिपेको छैन, त्यस्तोमा साँघुरो गल्ली र अँध्यारो अवस्थाको मौका छोपेर मोबाइल मात्र लुटिएको त हैन ?

 

डेरी र किरान पसलमा दुध खोजेर फर्किँदा खुट्टा अल्झाएर घाँटीमा पेस्तोल ताक्दै रेनकोटधारीले मोबाइल खोसेपछी ‘कराइस् भने ढाल्दिन्छु, भोलिको बैठक (संसदीय सुनुवाई समिति) मा गइस् भने तेरो बाउ खड्गे ओलीले पनि तलाईं बचाउन सक्दैन’ भनेर लुटेरा रोडतिर गएको कुरा पालले बताएका छिन् । पालबाहेक लुटेराको त्यो संवाद कसैले सुनेको छैन ।

 

आफ्नो मोवाइल लुटिएपछि सांसद पालले एनसेल नम्बरबाट प्रधानमन्त्री केपी ओलीलाई फोन गरिन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार पालले प्रधानमन्त्रीलाई फोन गर्दा साँझ ८ बजेर १६ मिनेट गएको थियो । प्रधानमन्त्रीसँगै रहेका गृहमन्त्री रामबहादुर थापासँग समेत छोटो कुरा गरेकी पालले काठमाडौँ प्रहरीलाई भने खबर नै नगरी घटना गुपचुप राखिन् ।

घटना भएको भोलिपल्ट अर्थात साउन १६ गते महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी गोविन्द राज काफ्ले विहान ११ बजे पालको निवासमा पुगेका थिए । तर, डिएसपी काफ्लेसँग सांसद पालले कुरा खोल्नै चाहिनन् ।

 

त्यही साँझ अनलाईन संचार मध्यममा माननीयको कञ्चटमा पेस्तोल ताकेको समाचार बाहिरीयो । त्यसपछि उपत्यकामा क्रियाशिल प्रहरीका युनिटहरुले घटनाबारे जानकारी पाएका थिए । त्यति गम्भिर घट्ना किन लुकाइयो त ? माननीयको नियत माथी नै सुरक्षा अधिकारीहरुले आशंका गरेका छन् ।

 

गल्लीमा बत्ति बल्यो, तर तिन दिनमै पिएसओ फिर्ता !

अनामनगरको भाटभटेनीबाट केही पर गएपछि निर्माण व्यावसायी महासंघको कार्यालय छ । सोही कार्यालयबाट करिब १ सय मिटरको दुरीमा रहेको धोवीखोला पुल क्रस गरेर केहीभित्र लागेपछि निरु पालको निवासमा पुगिन्छ ।

सांसद पालको कञ्चटमा पेस्तोल तेस्र्याउँदा उनी बस्ने गल्लीमा बत्ति थिएन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको आदेशमा उनी बस्ने गल्लीमा अहिले स्ट्रिट लाइट बल्न थालेको छ ।

 

सांसद माथि नै आक्रमण प्रयास भएपछि प्रहरी प्रधान कार्यालयले उनका लागी पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) खटाएको थियो । एक महिला प्रहरी सहायक निरीक्षक (असई) १६ गते दिनभर उनको सुरक्षामा खटिइन् । काम विशेषले ति असई अर्को दिन आउन नपाउने भएपछि प्रहरी प्रधान कार्यालयले १७ गते बदली पठायो ।

१८ गते पुनः हाजिर भएकी पिएसओ त्यतिबेला छक्क परिन्, जत्तिबेला सांसद पालले नै भोलिबाट आउनु पर्दैन भनिन् ।

 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही दिनमा विदेश जाने कार्यक्रम भएको र संसद बैठक समेत लगातार नभएको भन्दै निरुदेवी पालले पिएसओ फिर्ता गरेकी छिन् । सांसद पालले आफुमाथि सुरक्षा थ्रेट महसुस गरेकी थिइन् भने किन फिर्ता गरिन् पिएसओ ?

 

के पाललाई पेस्तोलधारीले पिछा गरेका थिए ? 
निरु पालको भनाईलाई आधार मान्ने हो भने भने पेस्तोलधारीले प्रधानमन्त्री केपी ओली समेतलाई अपशब्द प्रयोग गर्दै ‘संसदीय सुनुवाई समितिको बैठकमा गइस् भने तेरो बाउ खड्गे ओलीले पनी तँलाई बचाउन सक्दैनँ’ भनेका थिए । पालको भनाईलाइ आधार मान्दा पेस्तोलधारी सांसद पालबारे जानकार थिए । रातोपाटीले जनाएको छ ।

 

तर, प्रहरी अनुसन्धानको क्रममा पेस्तोलधारीले उनलाई पछ्याएको कुरा खुल्न सकेन । त्यो साँझ राष्ट्रपति कार्यालयको जमघटबाट करीब ६ बजेर ३० मिनेटमा उनी अनामनगर पुगिसकेकी थिइन् । सांसद कोमल वलीको गाडीमा लिफ्ट लिएर गएकी निरुदेवी अनामनगरस्थित भाटभटेनीमा ओर्लँदा ६ बजेर ३० मिनेट गएको थियो । प्रायः साँझ ७ बजेतिर निवास पुगिसक्ने निरुदेवी र पेस्तोलधारी बीच जम्काभेट हुँदा ८ बजिसकेको थियो ।

 

‘माननिय ज्यूलाई पछ्याएको भए पेस्तोलधारीसँग ६ बजेर ३० मिनेटमै जम्काभेट हुने थियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘उहाँ दुध किन्न बाहिर ननिस्केको भए जम्काभेट नै हुने थिएन, त्यसैले पछ्याएको कुरा पुष्टि हुन सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा