३३ किलो सुनको यस्तो छ नयाँ रहस्य, गोरे ग्याङ का तीन सय सदस्य जो फरार छन् , विशेष अनुसन्धान टोली गठन



 

तस्करीको गायब साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणको बाँकी अनुसन्धान गर्ने जिम्मा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पाएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय अनुसन्धान समितिले दुईपटक समय थपेर तीन महिना अनुसन्धान गर्दासमेत सुन भेट्टाउन नसकेपछि गृहमन्त्री रामबहादुर थापाले महाशाखालाई जिम्मा दिएका हुन् । सुन तस्करी र तस्करीसँगै जोडिएको सनम शाक्य हत्याका फरार अभियुक्त खोज्ने जिम्मा महाशाखाले पाएको छ ।

 

महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले गायब सुन र उक्त प्रकरणका फरार अभियुक्त खोज्ने जिम्मा पाएको बताए । ‘तस्करीको साढे ३३ केजी सुन खोज्ने जिम्मा महाशाखाले पाएको छ । यस क्रममा महाशाखाले घटनाका फरार अभियुक्त पनि खोज्नेछ । तर, अनुसन्धान चुनौतीपूर्ण छ,’ एसएसपी सिंहले भने, ‘अनुसन्धानलाई टुंगोमा पु-याउन महाशाखा जिम्मेवारी भएर लाग्छ ।’

 

 एसपीको नेतृत्वमा विशेष अनुसन्धान टोली
महाशाखाले सुन र अभियुक्त खोज्न एसपी सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा विशेष टोली बनाएको छ । टोलीले यसअघि सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिले गरेको अनुसन्धान प्रतिवेदन अध्ययन सकेको छ ।

 

एसएसपी सिंहले भने, ‘साढे ३३ केजी सुन तस्कर र सनम शाक्य हत्या सम्बन्धमा यसअघि गरिएका प्रतिवेदन अध्ययनसँगै फरार अभियुक्तको खोजी सुरु भइसकेको छ । यसका लागि विशेष टोली गठन भइसकेको छ । टोलीले आफ्नो काम सुरु गरिसकेको छ । केही दिनबाटै यसको परिणाम आउन थाल्नेछ ।’

 

 ‘गोरे ग्याङ’का तीन सय सदस्य जो फरार छन्
साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरे पक्राउ परिसकेका छन् । गोरेको सुन तस्करी धन्धामा संलग्न प्रहरी अधिकारीलगायत ४५ जना पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन् ।

 

सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिको अनुसन्धानले विमानस्थलबाट तीन वर्षको अवधिमा यिनीहरू संलग्न एउटै समूहले ३८ क्विन्टल सुन तस्करी गरेको देखाएको छ । तर, ‘गोरे ग्याङ’का तीन सयजना अझै देशभित्र र देशबाहिर फरार रहेको दाबी छ । भारतमा लुकेका अधिकांश सुन व्यापारी रहेको अनुसन्धान समितिको प्रतिवेदनमा छ । १० व्यापारी भारतीय प्रहरीको समेत मोस्ट वान्टेड सूचीमा छन् ।

 

केही तस्कर दुबईमा छन् । त्यसमध्ये डिफ्युजन नोटिस जारी गरिएका बेनु श्रेष्ठ, प्रमोद श्रेष्ठ, किमित भनिने कालु अग्रवाल, सन्दीप खड्का, गुप्तलाल भनिने रोशनलाई इन्टरपोलमार्फत प्रक्राउ गरिने भनिएको छ । डिफ्युजन नोटिस जारी गरिएका रमेश उप्रेती भने पक्राउ परिसकेका छन् ।

 

तीन वर्षयता त्रिभुवन विमानस्थलबाट मात्रै एउटै समूहले १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ मूल्यबराबरको झन्डै ३८ क्किन्टल सुन तस्करी गरेको भन्दै छानबिन समितिले अदालतमा मुद्दा पेस गरेको छ । बिगोबराबरको यो रकम ३७ लाख ९९ हजार ५ सय ६५ ग्राम अर्थात् ३ हजार सात सय ९९ केजी सुनको हो । समितिको प्रतिवेदनअनुसार गोरे समूहले सन् २०१५ देखि सुन तस्करी गर्दै आएको थियो ।

 

पूर्वराजदूत झा हत्या अनुसन्धानका कारण सुन तस्करी छानबिन प्रभावित
पूर्वराजदूत केशवराज झाको हत्या प्रकरणका कारण सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान प्रभावित भएको छ । झा हत्याले गम्भीर मोड लिएपछि महाशाखाका अनुसन्धान टोली त्यसैमा केन्द्रित भएको छ । यद्यपि महाशाखाले भने सुन तस्करी अनुसन्धान सूक्ष्म ढंगले अघि बढेको बताएको छ ।

 

एसएसपी खत्रीका अंगरक्षक र ड्राइभरलाई पुनः थुनामा राख्न आदेश
विराटनगर/ उच्च अदालत विराटनगरले सनम शाक्य हत्या र सुन तस्करी मुद्दामा जिल्ला अदालतले तारेखमा पुर्पक्ष गर्ने गरी छाडेका दुई अभियुक्तलाई पुनः थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतको आदेश उल्टी गराउन माग गर्दै उच्च अदालतमा निवेदन गर्ने तीस थुनुवामध्ये प्रहरी हवल्दार विष्णुबहादुर खड्का र जवान अम्मरबहादुर थापालाई पुनः थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

 

बिहीबार भएको थुनछेक बहसपछि उच्च अदालतका न्यायाधीश उमेशराज पौडेल र साधुराम सापकोटाको इजलासले थुनामा रहेका एसएसपी श्याम खत्रीका अंगरक्षक खड्का र ड्राइभर थापालाई पुनः थुनामा राख्न आदेश गरेको हो । जिल्ला अदालतले गत ८ जेठमा जवान खड्कालाई १५ हजार धरौटी र हवल्दार थापालाई साधारण तारेखमा रहेर पुर्पक्ष गर्न पाउने गरी छाडेको थियो ।नयाँपत्रिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा