बलात्कारपछि हत्या प्रकरण : निर्मला पढ्ने स्कूलका बालबालिकालाई ‘यातना’ दिँदै प्रहरी !



 

कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न भन्दै प्रहरीले एकजना ‘अभियुक्त’ सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले झन उग्र रुप लिएको छ ।

निर्मलाको हत्या भएको २५ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि हत्या प्रकरण सेलाउनुको साटो झन उग्र बनेको हो ।

 

निर्मलाको बलात्कार पश्चात हत्या गरेको अभियोगमा प्रहरीले सोमवार भीमदत्त नगरपालिका–१९ का दिलिप बिष्टलाई सार्वजनिक गर्यो । तर, स्थानीयले घटनाको मुख्य दोषिलाई प्रहरीले संरक्षण गर्न मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन चर्काएका छन् ।

उनीहरुले ४१ वर्षीय आरोपित बिष्ट निर्दोश रहेको र वास्ताविक दोषिलाई प्रहरी संरक्षण गरिरहेको समेत आरोप लगाएका छन् ।

नागरिक संघर्ष समिति कञ्चनपुरकी अध्यक्ष मिना भण्डारीले भनिन्, ‘कञ्चनपुर प्रहरी र सिआईबीले यस्तो रिजल्ट दिन्छ भनेर हामीले सोचेका पनि थिएनौं । २६ दिनमा पागललाई सार्वजनिक गर्यो ।’

 

त्यस्तै उनले प्रहरीको अनुसन्धानमा विश्वसनीयता नभएको दाबी गर्दै नयाँ सिराबाट अनुसन्धान शुरु हुनुपर्ने माग राखिन् । ‘हामीले सिआईबीलाई विश्वास गरेका थियौं । तर अब नसोचेको र बिकाउ परिणाम दिने सिआईबी पनि चाहिएको छैन,’ संयोजक भण्डारीले आरोप लगाइन्, ‘अनुसन्धान पटक्कै विश्वसनीय छैन । अनुसन्धान नयाँ सिराबाट शुरु गरी दोषिलाई हदैसम्मको कारवाही हुनुपर्छ ।’

मंगलवारको आन्दोलनले उग्र रुप लिएपछि नियन्त्रणमा लिन प्रहरीले १३ सेल अश्रु ग्यास प्रहार गरेको छ ।

 

निर्मला पढ्ने स्कूलका बालबालिकालाई ‘यातना’ !

प्रहरीले अनुसन्धानको नाममा स्कूले बालबालिकाहरुलाई नियन्त्रणमा लिने, कुटपिट गर्ने जस्ता कार्य गर्न थालेपछि महुलिया उल्टाखाममा त्रास बढेको छ ।

 

स्थानीय माया नेगीका अनुसार प्रहरीले अनुसन्धानको नाममा निर्मला पन्तले अध्ययन गरेको महुलिया उल्टाखामस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर विभिन्न किसिमको यातना समेत दिने गरेको छ । जसले बालबालिकामा मनोवैज्ञानिक असर समेत पुगेको नेगीले बताइन् ।

 

प्रधानमन्त्रीलाई ज्ञापन

निर्मलाको बलात्कार पछि हत्या प्रकरणमा प्रहरीले नक्कली अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै कञ्चनपुरका नागरिक अगुवाले आज प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

 

‘२५ दिनपछि घटनास्थलमा दोषि देखाइएको व्यक्ति बिष्टको कमिजको खल्ती भेटिएको, बिष्टले अपराध कबूल गरेको जस्तो आधारहीन, अविश्वासिलो कुराहरु सबुतको रुपमा ल्याउनु हस्यास्पद रहेकोले आमजनतामा आक्रोश पैदा भएको छ । वास्तविक अपराधि पत्ता लगाउनुको साटो अपराधीलाई बचाउन फितलो अनुसन्धानको नाटक भएको छ,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा लेखिएको छ ।

 

अभियुक्तलाई मानसिक सुन्तुलन गुमाएको कसरी भन्ने : प्रहरी उपरीक्षक बिष्ट​

कञ्चनपुरका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले ठोस सबुत प्रमाणको आधारमा मात्रै अभियुक्तलाई सार्वजनिक गरेको बताए ।

 

मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको आरोप लागेको छ नि ? भन्ने लोकान्तरको प्रश्नमा प्रहरी उपरीक्षक बिष्टले भने, ‘हामीले उसलाई बिना स्वास्थ्य परीक्षण कसरी मानसिक सन्तुलन गुमाएको भन्न सक्छौ ? एउटा कुरा अपराधिक गतिविधि मानसिक सन्तुलन गुमाएको व्यक्तिले गर्दैन भन्ने आधार के छ ?’

अनुसन्धान जारी रहेकाले दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याएरै छोड्ने समेत उनको भनाइ छ ।लोकान्तरबाट

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा