अर्थमन्त्री खतिवडाले भने नगरबासी भएपछि धेरै कर तिर्नुपर्छ, अझै बढन सक्छ



 

संघ, प्रदेश र स्थानीय तहमा लगाइएको करका विषयमा अहिले निकै बहस चलेको छ । दोहोरो कर भयो कि बढी कर भयो भन्ने कुरा व्यावसायिक क्षेत्रबाट बारम्बार आएको छ । दोहोरो करको मारमा परेको व्यापक गुनासो आउन थालेपछि हामीले यस विषयको छानबिन अगाडि बढाउन खोजेका छौँ ।

 

छानबिन गरी सरकारलाई सुझाव दिन अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका सहसचिवको संयोजकमा उद्योगी व्यवसायीको संलग्नतामा एउटा कार्यदल बनेको छ । छिटो करका विवादका विषयमा अध्ययन गरेर कार्यदलले सुझाव दिनेछ ।

 

मन्त्रिपरिषद्बाट पनि तीन सदस्यीय एउटा समिति गठन भएको छ । त्यसको संयोजकमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको  सचिव, सदस्यको रुपमा अर्थ मन्त्रालयको सचिव र वित्त आयोगको सचिव हुनुहुन्छ । सो समितिले १५ दिनभित्र छलफल गरेर सरकारलाई सुझाव दिनेछ । त्यही सुझावको आधारमा सरकारले आवश्यक काम कारबाही अगाडि बढाउने छ ।

 

विकास गर्ने प्रतिबद्धताबाट निर्वाचित भएर आएका जनप्रतिनीधिले करका सिद्धान्त, कानुन र व्यवहारिक पक्षबारे बुझ्नु जरुरी छ । अहिले करमा उठेको बहसलाई तीन पक्षबाट मैले हेरेको छु । एउटा अधिकार भित्रको करमा पनि बढी भयो भन्ने  छ । यस विषयमा म स्पष्ट पार्न चाहन्छु ।

 

धेरै लामो समयसम्म स्थानीय तहमा जनप्रतिनीधि नहुँदा करिब १४÷१५ वर्षदेखि कर पुनरावलोकन भएको छैन । जनप्रतिनीधि निर्वाचित भएर आएपछि उहाँहरुले जनता सामु विकासको प्रतिबद्धता पनि दिनुभएको छ । विकास गर्न स्रोत नपुग्ने भन्ने उहाँहरुलाई लागेपछि आफ्ना अधिकार क्षेत्र भित्रका करको दरहरु बढाउन थाल्नु भयो ।

 

अधिकार क्षेत्रभित्रको करमा दर कति र मूल्याङ्कन कति भन्ने मात्र मूख्य विषय हुन्छ ।  कुनै वस्तुको कर लगाउँदा कति लगायो भने त्यसले सामाजिक न्याय गर्छ र कति  लगायो भने व्यवसायलाई प्रतिकूल असर गर्दैन भन्नेमा चाहीँ ध्यान दिनु जरुरी हुन्छ । फूलबाट माहुरीले रस निकाल्ने र फूललाई यथावत छोडिदिने करको सिद्धान्त हो । भेडाको ऊन काट्दा केही समय भेडा कुरुप हुन्छ तर पछि ऊन आएपछि राम्रो देखिन्छ । यस्तो रुपमा पनि लिनुपर्छ कि भन्ने एउटा विषय छ ।

 

एकीकृत सम्पत्ति कर : जसको बढी सम्पत्ति छ, उसले बढी तिर्छ 
अल्ली मार पर्यो कि भन्ने विषय एकिकृत सम्पत्ति करको विषय हो । यसमा हामीले केमा स्पष्ट हुनु जरुरी छ भने मुलुकमा आवश्यक पूवार्धार बिना नै  अहिले धेरै नगरपालिका घोषणा भए र आवश्यक पूर्वाधार विकासको लागि पनि कर बढाउनुपर्ने भयो ।

 

नयाँ नगरपालिकामा यो कर अहिले बढी छ । पुरानो नगरपालिकाले हिजो यो व्यवस्था लागू नभएको कारण कार्यान्वयन भएको थिएन । जब एकीकृत सम्पत्ति कर लागू हुन थाल्यो त्यसको दायरामा फराकिलो बनाइँदा अलि बढी पर्न जान्छ । गाउँपालिकाबाट नगरपालिकामा रुपान्तरित हुँदै गर्दा बढी कर लाग्छ यो स्वभाविक हो । अर्थमन्त्री हुनुभन्दा पहिले नै मैले ‘तपाईँहरु नगरबासी हुनुभयो अब अलिकति बढी कर तिर्नुपर्छ ‘ भनेकै थिएँ ।

 

हामीले पूर्वाधार नै नपुगी नगरपालिका घोषणा गरिदियौं तर अब घोषणा गरेपछि मात्र पूर्वाधारको विकास गनुृपर्ने बेला भयो  तर, स्रोत भएन । यसले पनि समस्या देखियो । स्थायी सम्पत्ति भनेको घर र जग्गा हो । त्यसमा अलिकति दर बढाउन भनेर जनप्रतिनिधि लागेका छन् ।

 

सही मूल्याङ्कन गरिएको छ भने एकीकृत सम्पत्तिमा जाने विधिलाई विरोध गर्नुहुँदैन । यसले समानताको सिद्धान्त पनि स्थापित गर्छ । बढी हुनेले बढी तिर्छ कम हुनेले कम तिर्छ । जनप्रतिनिधिले आफ्नो विवेक प्रयोग गरेका छन्, यसमा बहस गर्ने कुरा हुँदैन ।

 

दोहोरो करको समस्या समाधान हुन्छ 
अर्को कुरा आफ्नो अधिकारको क्षेत्रभन्दा बाहिर गएर कर उठाइयो भने यो छलफलको विषय होइन, समाधानको विषय हो । अधिकारमा नभएको तर कर लगाइएको अवस्थामा भने हामीले धेरै स्थानीय तहलाई यो करको सिद्धान्तसँग मिल्दैन र कानुनले पनि दिँदैन भनेका छौँ । दोहोरो करमा आन्तरिक ओसारपसार र एकल बिन्दुबाट कर उठाउने कुरा संविधानमा स्पष्ट छ ।

 

एकल बिन्दुबाट कर उठाउने, उठेको कर विभाज्य कोषमा राखेर संघ प्रदेश र स्थानीय तहमा बाँडफाँड गर्ने भनेका छौँ । साझा अधिकार सूचीमा पनि संकलन एउटाले गर्छ । तर, त्यो संकलन भएको बाँडिन्छ । यसमा एउटै कर तीन ठाउँबाट उठाइयो भने यसले व्यवस्था बिगार्छ यसमा हाम्रो चासो हो ।

 

भूकम्प पीडितले लिएको ऋणको ब्याज बढ्दैन
भूकम्प पीडिलते २ प्रतिशतमा लिएको सहुलियत ऋणको ब्याज बढ्ने भन्ने कुरा सुनिदै आएको छ ।  यसमा हामीले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएर  नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइसकेको छौँ । निश्चित समयको लागि हिजोको प्रावधान अनुसार ऋण दिनुपर्छ र यस्तो सुविधा निरन्तर होस् भनेर पनि निर्देशन दिएका छौँ ।  त्यसमा शून्य ब्याजदरमा कर्जा उपलब्ध गराउने पुनःकर्जा कोष हामीसँग छ । त्यो कोषबाट हामीले पुनःकर्जाको व्यवस्था गर्नसक्छौ ।

 

उखु मिलबाटै उखु किसानले अनुदानको रकम फिर्ता पाउँछन् 
किसानहरुले उखुको भुक्तानी पाएनन् गुनासो पनि अहिले व्यापक छ ।  उखु किसानले बेचेको उखुको चिनी बिक्रेता र चिनी उद्योगबाट त्यसको भुक्तानी नदिएको भन्ने छ । अर्काे चिनी मिललाई दिएको  चिनीको उत्पादनको मूल्य अभिबृद्धिको कर फिर्ताको कुरा पनि छ । यसमा  हाम्रो प्रयास उखुको अनुदान जुन पाउनु पर्ने हो त्यसमा मूल्य अभिबृद्धिकर फिर्ता बापतको भुक्तानी स्थानीय तहबाटै गर्न एउटा संरचना बनाएका छौँ ।

 

त्यसबाट सूचना समेत जारी गरेका छौँ। कृषकहरुले जुन मिलमा उखु बेचेका छन् त्यहीँबाट अनुदानको रकम फिर्ता पाउने व्यवस्था गरेका छौँ । र, चिनीको बजारमा बिस्तारै भन्सारको दरमा समायोजन र मूल्याङ्कनमा धेरै घटाउने कुरा नगरेको कारणले चिनिको आयात बिस्तारै घटाउँछ । चाडवाडको बेला स्टकमा रहेको चिनीको बिक्रि वितरण भइन्जेलसम्म सम्पूर्ण  उखुको भुक्तानी चिनीमेलहरुले गर्न सक्छन् भन्ने लागेको छ । यसले पनि समस्या विस्तारै समाधान हुँदै जान्छ ।

(शुक्रबार अर्थमन्त्रालयमा आर्थिक पत्रकारसँगको भेटमा अर्थमन्त्री डा युवराज खतिवडाले करका विषयमा दिएको मन्तव्यको सम्पादित अंश) 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा