कांग्रेसमा पद नपाउँदा गच्छदारलाई यस्तो पिर, कांग्रेस त्याग्ने संकेत



 

 

स्थानीय निकायको निर्वाचनसँगै फोरम लोकतान्त्रिकलाई नेपाली काँग्रेसमा विलय गराएका नेता विजयकुमार गच्छदार यतिबेला दोधारमा छन् । कांग्रेसमा भूमिका विहिन हुँदा फोरम पुर्नजिवित गर्नेकी कांग्रेस भित्रै भूमिका विहिन बनेर रहने गच्छदार दोधारमा छन् ।

 

प्रायः सत्तामा रहिरहन रुचाउने गच्छदार अबका ५ वर्षसम्म सत्तामा जानसक्ने अवस्था छैन । अहिले स्पष्ट बहुमतको सरकार भएकोले कांग्रेसले चाहेपनि सरकार ढाल्न सक्ने अवस्था छैन । यस्तोमा ०४० साल यता मात्रै १२ पटक मन्त्री भइसकेका गच्छदार पावर विहिन भएर बस्नुपर्दा उनमा छटपटि बढिरहेको छ ।

 

उनी कांग्रेसमा भने अनुसार भूमिका नपाए कांग्रेस त्यागेर फोरम लोकतान्त्रिक पुर्नजिवित गर्ने मनसायमा पुगेका छन् । यसका लागि उनले केहि दिन अगाडी ९२९० गते आफ्नै निवासमा फोरम लोकतान्त्रिकका विस्वासपात्र नेता कार्यकर्तासँग छलफल नै चलाएका छन् । उक्त छलफलमा गच्छदारले आफ्ना विस्वासपात्रलाई पार्टी पुर्जगठनको संभावना सँगै अहिले कांग्रेसमा आफ्नो हैसियत र भूमिकाका बारेमा बोलेका थिए ।

 

गत २०७४ असोज ३० गते गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नेपाली काँग्रेससँग एकीकरण गरेर निर्वाचनमा गएको थियो । एकीकरण हुनुपूर्व दुई दलको बीचमा भएको सम्झौता हालसम्म कार्यान्वयन नभएकोले पनि गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रति रुष्ट रहेको स्रोतको दावि छ ।

 

स्रोतका अनुसार गच्छदारले पार्टी सभापति देउवा सिंगापुरबाट फर्केपछि आफ्नो र फोरम लोकतान्त्रिकबाट आएका नेता कार्यकर्ताको सम्मानजनक भूमिका माग्नेछन् । पार्टी सभापतिले यदी चासो नदिएको खण्डमा पुनः फोरम लोकतान्त्रिक पुर्नजिवित हुने संभावना छ ।’ गच्छदार समर्थक एक कार्यकर्ताले बताए ।

 

कांग्रेस संग एकीकरण हुन अगाडी कांग्रेसले गच्छदारलाई उपसभापतिको पद दिने र फोरमबाट केन्द्रीय समितिमा १५ जना समायोजन गर्ने सहमति थियो । भने, फोरममा रहेका सक्रिय सदस्यलाई कृयाशिल सदस्यको रुपमा स्वीकार गर्ने सहमति थियो ।

 

यसका साथै फोरमबाट सात सय महाधिवेशन प्रतिनिधि समायोजन गर्ने तथा तीन सय काँग्रेस महासमितिमा राख्ने सहमति थियो । यसका अलावा स्थानीय, जिल्ला र प्रदेश तहसम्म सम्माजनक सहभागी गराउने सहमति भएको थियो । तर, एकीकरण भएको १० महिनाभन्दा वितिसक्दा पनि समायोजन नभएपछि फोरमका नेता कार्यकर्ताहरुमा असन्तुष्टि चर्किएको छ ।

 

तत्कालीन फोरमका महासचिव भर्तेन्दु मल्लिकले लाखौं कार्यकर्ता सहित फोरमलाई विलय गराएर कांग्रेसमा प्रवेश गरेको अर्थै नभएको बताए । ‘नेपाली काँग्रेसमा एउटा मान्छे प्रवेश गर्यो भने पुरै तामझामका साथ पार्टी प्रवेश गराइन्छ । तत्कालै उसलाई कुनै न कुनै ठाउँ पनि दिइन्छ, तर हामी लाखौं कार्यकर्ताका साथ एकै पटक प्रवेश गरेकालाई भने केहि गरिएको छैन ।’ उनले भने । मल्लिकले १० महिना वितिसक्दा समेत समायोजना नहुँदा कार्यकर्ताहरुको धैर्यताको बाँध टुटेको प्रतिकृया दिए ।

 

काँग्रेसका सभापति देउवा सिंगापुरबाट फर्केपछि यसबारे छिनोफानो हुने र कुरा मिलेन भने राष्ट्रिय भेला गरेर विकल्पका बारेमा छलफल गरिने तय गरिएको छ ।

 

कांग्रेसले गच्छदारलाई संसदीय दलको उपनेता दिएको छ भने जितेन्द्र देवलाई राष्ट्रियसभाको सदस्य दिएको छ । अन्य नेता कार्यकर्ताहरुलाई कुनै भूमिका दिइएको छैन । सम्झौताअनुसार गच्छदारबाट स्थानीय, प्रदेश तथा केन्द्रमा तत्कालीन फोरम नेपालका नेता कार्याकर्तालाई पनि टिकट दिइने भनेपनि चुनावमा सम्झौता विपरित थोरैलाई मात्र टिकट दिइएको गच्छादारको जिकिर छ ।

 

सहमतिमा प्रतिनिधिसभातर्फ समानुपातिकमा एक जना राख्ने सहमति भएपनि त्यो कार्यान्वयन नभएको गच्छदार समुहको दावि छ ।

 

गच्छदारले उपसभापति पद पाउने संभावना समेत नरहेपछि उनीहरु लगभग पार्टी परित्यागको मनस्थितिमा पुगेका छन् । पोर्टफोलियो अनुसार गच्छदारले आफू एक नम्बरको उपसभापति हुने दावी गर्दै आएका थिए तर देउवाले गच्छदारलाई नदिएर विमलेन्द्र निधिलाई उपसभापति दिएका छन् ।

 

विजयकुमार गच्छदारले २०२६ सालदेखि नेपाली काँग्रेसमा रहेर राजनीति सुरु गरेका हुन् ।

 

व्यक्तिगत रूपमा गच्छदारले पाएको सफलता र सत्ताका कारण उनलाई नेपाली राजनीतिमा ‘चेसको घोडा’ नै भन्ने गरिन्छ । गच्छदारले सत्ताका लागि कतिबेला कहाँ कसलाई अंगाल्छन् र लात हान्छन् भन्ने कसैले अनुमान गर्न सक्दैनन् । उनी राजनीतिमा हुने छक्का–पञ्जाका सफल खेलाडी हुन् ।

 

गच्छदारको शरीरमा कांग्रेसी ‘खुन’ नै छ । तर, व्यक्तिगत स्वार्थ पुरा गर्न उनले काँग्रेसलाई यसरी लात हानेका छन् की अबको मधेसको राजनीतिमा काँग्रेसलाई विगतमा जस्तो बहुमत आउने ठाउँ नै छैन । उनी जति पटक सत्तामा गए, मन्त्री भए पनि आफ्नै गृह जिल्लालाई समेत केही गर्न नसक्ने नेताका रूपमा परिचित छन् । उनको गृहजिल्ला सुनसरी क्षेत्र नं। ३ हो । उनले यहाँबाट धेरै निर्वाचन लडेर विजयी भए पनि त्यहाँका जनताको विकास र संवृद्धिमा गाउँमा दुई चार वटा कल्भर्ट र पुल बन्नु बाहेक केही भएको छैन ।

 

उनी काँग्रेसबाट तीनवटा संसदीय निर्वाचनमा विजयी भएका व्यक्ति हुन् । २०४८, २०५१ र २०५६ को निर्वाचनमा उनले जितेका थिए । भने, त्यसपछि पहिलो संविधान सभा र दोस्रो संविधान सभामा पनि विजयी भएका थिए । मधेसमा उनको वर्चस्व बढ्दै गएपनि ०६४ साल पछिको मधेस आन्दोलनमा उनले पार्टी परित्याग गरेर उपेन्द्र यादवसँग गएका थिए ।

 

मधेसी जनाधिकार फोरमबाट गच्छदार माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारमा मन्त्री बने । गच्छदारले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल फुटाएर आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० २०६६ साउनमा गठन गरेका थिए । उनी माधव नेपाल सरकारमा पहिलो पटक उपप्रधान तथा गच्छदार भौतिक योजना मन्त्री भएका थिए ।

 

त्यसपछि डा।बाबुराम भट्टराईको नेतृत्वको सरकारमा गच्छदार उपप्रधान तथा गृहमन्त्री भए । दोस्रो संविधान सभापछि गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गच्छदार उपप्रधान तथा भौतिक योजना मन्त्री भए । भने, प्रचण्ड नेतृत्वको सरकारमा अन्तिम समयमा सहभागी भए । र, अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधान तथा स्थानीय विकास मन्त्री बन्न सफल भए ।

 

उनी, गृहमन्त्री, स्थानीय विकास मन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री, सञ्चार राज्य मन्त्री, निर्माण तथा यातायात मन्त्री जस्ता महत्वपूर्ण स्थानमा पुगिसकेका छन् । उनी तीन पटक निर्माण तथा यातायात मन्त्री, तीन पटक भौतिक तथा योजना, दुई पटक जलस्रोत मन्त्री समेत भईसकेका व्यक्ति हुन् । गच्छदार अहिलेसम्म १२ पटक मन्त्री भएका छन् ।

 

उनले गएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपा एमालेकी उम्मेद्वार भगवती चौधरीसँग प्रतिष्पर्धा गर्दा वुथ क्याप्चर गरेर, मतगणनामा धाँधली गरेर निर्वाचन जितेको भन्दै सर्वोच्चमा मुद्दा विचाराधिन समेत रहेको छ ।

 

नेपाली राजनीतिमा सदैव शक्ति र सत्तामा भएपनि गच्छदारले नेपाली जनताका लागि कुनै गतिलो काम त गर्न सकेनन् । उनी ३ र३ पटक मन्त्री भएको निर्माण तथा यातायात र भौतिक योजना निर्माण मन्त्रालय अहिले सबैभन्दा बढि भ्रष्टाचार हुने क्षेत्रका रूपमा परिचित छ ।

 

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको