वार्षिक २ हजारभन्दा बढी उजुरी, साउदीमा सबैभन्दा धेरै समस्या



हाम्रो इकोनोमि

 

 

वार्षिक करिब ४ लाखको हाराहारीमा नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि मलेसियालगायतका देशहरूमा पुग्ने गरेका छन् । तर वैदेशिक रोजगारीका क्रममा विदेश पुग्दा विभिन्न म्यानपावर कम्पनी तथा रोजगारी दिने कम्पनीले भनेअनुसारको सेवा तथा सुविधा नदिँदा त्यसको उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेको छ ।

 

 

वैदेशिक रोजगार विभागमा आर्थिक वर्ष २०७४र७५ मा मात्रै २ हजार १ सय २९ वटा उजुरी परेका छन् । विभागमा परेका उजुरीहरूमा म्यानपावर कम्पनीले धेरै शुल्क लिएको उजुरी सबैभन्दा बढी पर्ने गरेको छ भने भनेअनुसारको काम र तलब सुविधा नपाएको उजुरी पनि उत्तिकै मात्रामा पर्ने गरेको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजाल बताउँछन् ।

 

 

वैदेशिक रोजगार विभागले हालसम्म १ हजार ४ सय १९ वटा म्यानपावर कम्पनीलाई इजाजातपत्र दिएको छ । १४ सय १९ वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगारीसम्बन्धी काम गर्न अनुमति प्रदान गरिएको भए पनि अहिले भने जम्मा १ हजार १ सय ६१ वटा कम्पनी मात्रै सक्रिय अर्थात् एक्टिभ रहेका छन् ।

१९७ म्यानपावर कम्पनी खारेज

वैदेशिक रोजगार विभागमा पटक पटक उजुरी पर्ने तथा गलत काम र ठगी गर्ने १ सय ५० भन्दा बढी म्यानपावर कम्पनीहरूलाई खारेज गरिएको छ । विभागका प्रवक्ता उद्धव रिजालका अनुसार यस्ता म्यानपावर कम्पनीहरूमध्ये अधिकांशलाई वैदेशिक रोजगार विभाग आफैले खारेज गरिदिएको छ । कतिपय म्यानपावर कम्पनीका मालिकहरू फरार हुने तथा सम्पर्कमै नआउने भएपछि उनीहरूलाई खारेज गरिएको हो ।

 

 

५९ म्यानपावर निष्क्रियको सूचीमा

विभागमा दर्ता भएका १ हजार ४ सय १९ वटा म्यानपावर कम्पनीहरूमध्ये ५९ वटा म्यानपावर कम्पनी निष्क्रिय वा अर्थात् इनएक्टिभ रहेका छन् । विभागमा उजुरी परी सम्पर्कमै नआउने, विभागमा उजुरी भई छलफलकै क्रममा रहेका र नक्कली कागजातको प्रयोग, नक्कली माग आदि ल्याउने म्यानपावर कम्पनीहरूमाथि छानबिन भइरहेकाले त्यस्ता म्यानपावर कम्पनीहरूलाई इनएक्टिभ गराइएको छ । इनएक्टिभ म्यानपावर कम्पनीले वैदेशिक रोजगारसम्बन्धी कुनै पनि काम गर्न पाउँदैनन् ।

 

२ वटा म्यानपावरलाई पूर्व स्वीकृति ल्याउन निषेध

वैदेशिक रोजगार विभागले २ वटा म्यानपावर कम्पनीलाई पूर्वस्वीकृति ल्याउन प्रतिबन्ध लगाएको छ । पहिले पूर्वस्वीकृति लिई विदेश पठाएका कामदारहरूबाट आएको उजुरी तथा उनीहरूको उद्धार नभएको तथा भनेअनुसारको सेवा र सुविधा नपाएको उजुरी आएपछि दुई कम्पनीलाई पूर्वस्वीकृति ल्याउन निषेध गरिएको हो ।

 

विभागले अल हिरा ओभरसिज र आर एन्ड आर ग्लोबल जब ट्र्याकर कम्पनीलाई पूर्वस्वीकृति ल्याउन प्रतिबन्ध लगाएको हो ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...