अबको प्रधानमन्त्री वामदेव : ओलीले विश्वास गरेको कि प्रचण्डले तान्न खोजेको ?



 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)भित्र नेतृत्वसँग हाकाहाकी कुरा राख्न सक्ने वामदेव गौतम अहिले मौन छन् । प्रतिनिधिसभाको चुनाव हारेपछि चर्को बोल्न छोडेका उनी अहिले मौन प्राय छन् । उप निर्वाचनबाट प्रतिनिधिसभामा ल्याउन लागिएको कुरा बाहिर चुहिएपछि उनी बाहिर त के पार्टीभित्र पनि मौन बसेका छ । उनी निकटस्थहरु भन्छन, ‘ठाउँ यकिन भईसकेको छैन । तर, वामदेव कुनै न कुनै रुपमा उपचुनाव लड्नुहुन्छ र भावी प्रधानमन्त्री बन्नुहुन्छ ।’

 

उनी निकटहरु यसो पनि भन्छन्, ‘ओली गुटलेनै वामदेवलाई हरायो ।’ तर, वामदेव जस्ता हक्की र कडा स्वभावका नेता यसबारेमा केही बोलिरहेका छैनन् । उनको मौनताभित्र केही न केही लुकेको छ । स्रोतका अनुसार वामदेवले फेरि चुनाव लड्नुपर्छ भनेर पार्टीका कसैलाई पनि नचिढ्याउने रणनीति लिएका छन् । त्यही कारण उनी अहिले मौन बसेका बताईन्छ ।

 

पहिले पनि प्रधानमन्त्रीका लागि सिंगारियो  
अघिल्लो रुपान्तरित संसदकालमा वामदेव गौतमलाई तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदका लागि भित्रभित्रै तयार पारेका थिए, अर्थात् सिंगारेका थिए । तर, त्यो बीचमा अहिलेका नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहालले ओली सरकार ढालेपछि एमालेको नेतृत्वमा सरकार बन्ने वातावरण बन्न दिएनन् । स्रोतले भन्यो, ‘दाहालले नै बामदेवलाई प्रधानमन्त्री बन्नबाट रोके भन्दा हुन्छ ।’ त्यो बेला एमालेको नेतृत्वमा सरकार बन्ने अवस्था आए वामदेवलाई प्रधानमन्त्री बनाउने पक्षमा थिए, ओली ।

 

वामदेवको नेतृत्वमा निर्वाचन गराएर ठूलो पार्टी बनाउने दाउ ओलीले रोजेकै हो, भन्छन् जानकारहरु । त्यो हुँदा एउटा ठूलो कम्युनिष्ट घटक र प्रजातान्त्रिक शक्तिसँग चुनाव लड्दा कठिनाई हुने बुझेर ओली पछि हटे । त्यो सबै सेरोफेरोबारे पार्टीभित्र बहस भएपछि माओवादीलाई अँगालो हाल्न पुगेको दृष्टान्त सुनाउँछन् जानकारहरु ?

 

अहिले पनि नेकपाको पार्टी एकताको कोर्षले त्यो बेला पार्टी एकताबारे त्यति धेरै बहस नभएको र चुनाव लक्षित गठबन्धन मात्रै भएको बताईँदैछ ।

 

ओलीले तत्काल आफूलाई मधेसवादीले समर्थन नगर्ने र भारतले पनि सहयोग नगर्ने सोचेर एमालेको सरकार बन्ने अवस्था आए वामदेवलाई प्रधानमन्त्री बनाउने रणनीति लिएका थिए । पछि चुनावमा वाम गठबन्धन बनेपछि मधेसवादीलाई पनि उनले तर्साए ।

 

प्रधानमन्त्रीको कुरा चल्नेवित्तिकै वामदेवले चर्का कुरा बोल्न छाडेका थिए । भारतीय हस्तक्षेपको विरोधमा पनि बामदेवले बोलेनन् । बोल्नुपर्छ भनेर उनी सार्वजनिक कार्यक्रम समेत छल्न थाले । उनी निक्कै संयमित भएर हिँडे । तर, त्यो कालखण्डमा उनी प्रधानमन्त्री बन्ने वातावरण बनेन ।

 

वाम गठबन्धनको एक प्रमुख सूत्रधार वामदेव गौतम आफै चुनाव हारे । गएको मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका तत्कालीन एमालेका वामदेव गौतम कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग हारेका हुन् । अहिले उपचुनावबाट संसदमा ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्तरिक तयारी थालेको बताईँदै छ ।

 

पर्यटन राज्यमन्त्री रहेका नेकपाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर डोल्पामा उपचुनाव गराएर गौतमलाई उम्मेदवार बनाउने तयारी भएको सुनिन्छ । तर, राज्यमन्त्री बुढा सयबारे अनविज्ञता प्रकट गर्छन् ।

 

२०७० को दोस्रो संविधानसभामा तत्कालीन एमाले प्रवेश गरेर सभासद् समेत बनेका बुढा गएको मंसिरमा भएको चुनावमा पनि ११ हजार ७ सय ६१ मत ल्याउँदै विजयी भएका थिए । एमाले प्रवेश गर्नुअघि बुढा लामो समय राप्रपाको राजनीतिमा थिए ।

 

वामदेवको संसद प्रवेश किन ?
तत्कालीन एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर चुनाव लड्दा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता भएको खण्डमा आफ्नो तर्फबाट भावी प्रधानमन्त्रीमा गौतमलाई अघि सार्ने प्रतिवद्धता जनाएका थिए ।

 

अहिले पार्टी पनि एक भइसकेको छ । अहिल्यै प्रधानमन्त्री परिवर्तन नभए पनि गौतमलाई संसदमा ल्याउन पाए आफू बलियो बन्ने बुझाई दाहालको छ ।

 

दाहाल र गौतम लामो समयदेखि निकट मानिन्छन् । यतिसम्म कि गौतमले भनेको कुरा दाहाल काट्दैनन्, दाहालले भनेको कुरा गौतम काट्दैनन् । अघिल्लो पटक ओली सरकार फुटाउने पहिलो प्रयासमा गौतमले नै ब्रेक लगाएका थिए । उनले दाहाल निवासमा एक कप चिया पिउँदा पिउँदै दालको युटर्न गराईदिएका थिए ।

 

तर, अहिले गौतम प्रतिनिधि सभामा आउने कुराले सत्तारुढ दल नेकपाभित्र ठूलै कम्पन उत्पन्न भएको बुझिएको छ । मुख्यगरी गौतमले उपचुनाव लड्ने प्रसंगले पूर्व माओवादी केन्द्रपट्टी बढी चर्चा पाएको बताईन्छ । तर, ओलीले विश्वास गरेर ल्याउन लागेको कि दाहालले आफु बलियो हुन वामदेवलाई ल्याउन लागेको भन्ने कुरा प्रष्ट हुन सकेको छैन ।

 

आधार के ?
पूर्व एमालेभित्र सबैभन्दा सक्रिय नेता हुन्, वामदेव गौतम । नेकपाका अध्यक्ष केपी ओली तर्सन्छन् त वामदेव गौतमसँग । नेकपाभित्र अहिले अन्य नेताहरुले ओलीसँग सवाल जवाफ गर्न सक्दैनन् । ओलीसँग ठाडठाडै मुख लागेर, हप्कीदप्की गरेर बोल्न सक्ने नेता वामदेव मात्रै हुन् । वरिष्ठ नेता झलनाथ खनाल बोल्नै सक्दैनन् । उनी पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको भनि निकटस्थहरुसँग गुनासो मात्रै गर्न सक्छन् । अर्का बरिष्ठ नेता माधवकुमार नेपाललाई त कारिन्दै बनाईदिएका छन्, ओलीले । जानकारहरु भन्छन्, ‘ओलीसँग ठाडै बाझ्ने र अडान राख्ने भनेर वामदेव चर्चित छन् ।’

 

ओलीलाई प्रधानमन्त्री बन्न सघाएका र त्यसपछि पनि ओलीलाई निरन्तर सघाउँदै आएका वामदेवलाई नेतृत्व वृत्तले निक्कै इमान्दार पनि भन्दछ । ‘वामदेव छलकपट गर्दैनन्, जे कुरा पनि ठाडै र प्रष्ट भन्छन्, त्यसैले ओलीले पनि विश्वाश गर्छन्’–निकटस्थहरु भन्छन् । यही कारण ओलीले अघिल्लो पटक वामदेवलाई प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । त्यहीबाट वामदेवको शक्ति अझ बढेको थियो ।

 

उनकै निवासमा कयौँ पटक पार्टीको बैठक बस्यो । तर, चुनाव हारेपछि उनी मौन भए । अहिले पनि उनको निवासमा ओलीपछि सबैभन्दा धेरै कार्यकर्ताको भीड लाग्ने गर्दछ । अब प्रधानमन्त्री बन्ने आधार उनको यही हो, भन्छन् निकटस्थहरु ।हाम्राकुराले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको