घातक बन्दै प्राकृतिक विपत्ति : चार महिनामा ५२९ को ज्यान गयो, ८८ जना बेपत्ता



हाम्रो इकोनोमि

 

पछिल्ला चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाको ज्यान गएको छ । झन्डै दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ । भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चार महिनामा यी तीन कारणले ज्यान जानेको संख्या ३०० छ । १ अर्ब ९९ करोड १ लाख मूल्यबराबरको धनमालको क्षति भएको छ ।

 

‘नेपालमा प्राकृतिक विपत्तिका घटना खासगरी १५ जेठदेखि १५ भदौसम्म तीन महिना बढी हुने गरेको देखिन्छ । मनसुनको अवधि भएकाले बाढी र पहिरो बढी जान्छ । नदी तथा खोलाको बहाव पनि यही वेला बढ्छ । यो अवस्थामा प्राकृतिक विपत्ति निम्तिन्छ र दुःखद् घटना हुन पुग्छन्,’ प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने ।

 

एक हजार सात सय १९ घटना, ८८ जना बेपत्ता
गृहको तथ्यांकअनुसार चार महिनाको अवधिमा प्रकृतिक विपत्तिका १ हजार ७ सय १९ घटना भए । घटनामा परी ८८ जना अझै बेपत्ता छन् । २ हजार २ सय ८७ सर्वसाधरण घाइते भए । ४ हजार १ एक सय ९४ घरपरिवार प्रभावित भए । १ हजार ९ सय ८४ घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्मा मुलुकभर १ हजार ५ सय ४९ चौपाया मरेका छन् भने २ सय ३२ गोठ नष्ट भएका छन् ।

 

७ वर्षमा साढे १२ हजारको मृत्यु
गृहको तथ्यांकअनुसार ७ वर्षको अवधिमा प्राकृतिक विपद्मा १२ हजार ७ सय ६२ ले ज्यान गुमाएका छन् । यो अवधिमा सबैभन्दा धेरै ०७२ मा भूकम्पका कारण क्षति भएको छ । भूकम्पमा मात्रै ८ हजार ९ सय ७० जनाको त ज्यान नै गयो ।

सात वर्षमा प्राकृतिक विपद्मा बेपत्ता हुनेको संख्या एक हजार पुगेको छ । बेपत्ता हुने पनि सबैभन्दा धेरै भूकम्पकै वेला धेरै छन् । यस अवधिमा मुलुकभर १ सय ९७ सर्वसाधारण बेपत्ता हुन पुगेका थिए ।

कुन वर्ष कतिको मृत्यु ?
साल मृत्यु
०६८ ५१९
०६९ ३९९
०७० ४१७
०७१ ५३९
०७२ ९,२७९
०७३ ४८३
०७४ ५९७
०७५ साउनसम्म ५२९
जम्मा १२,७६२

प्रत्येक वर्ष कम्तीमा ३ अर्ब क्षति

 

प्रत्येक वर्ष कम्तीमा तीन अर्बको क्षतिे
प्राकृतिक विपद्मा मात्रै प्रत्येक वर्ष कम्तीमा सवा ३ अर्बको धनमाल क्षति हुने गरेको छ । गृहको तथ्यांकअनुसार प्रत्येक वर्ष सबैभन्दा धेरै बाढी, पहिरो र आगलागीका कारण धनजनको क्षति हुने गर्छ । गत वर्ष मात्रै २ अर्ब ५९ करोड ९१ लाखबराबरको क्षति भएको थियो । यो विपद्मा ३३० ले ज्यान गुमाए ।

धनजनको क्षति हुने अर्को कारण अत्यधिक वर्षा र हुरी पनि हो । जसकारण गत वर्ष मात्रै १७ जनाको ज्यान गयो भने ३ करोड ७२ लाख ७७ हजारको क्षति भयो । त्यस्तै, चिसोका कारण गत वर्ष १०५ जनाको ज्यान गयो भने ५३ लाख १५ हजार रुपैयाँ मूल्यबराबरको धनमालको क्षति भयो ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...