सरकारमा को जाने भन्ने बिषयमा राजपामा बिबाद, पार्टी फुटाएर भएपनि सरकारमा जाने राजेन्द्र महतोको चेतावनी



 

सरकारमा जाने कुरामा बिबाद भएपछि राजपा फेरी फुटने भएको छ । ६ दा मिलेर बोको राजपा फुटेर ६ वटा नै बन्ने अबस्तामा पुगेको छ ।

 

ओलीलाइ भेटे लगतै सरकारमा जान तयार भएको राजपा को जाने सरकारमा भन्ने बिषयमा बिबाद भएपछि फुटको सँघारमा पुगेको स्रोतको दाबी छ । अध्यक्ष मण्डलका ए अध्यक्षले नाम नबताउने सर्तमा ने सरकारमा जानेबेला सम्ममा राजपा ५ टुक्रा हून्छ ।

 

सरकारमा को जाने भन्ने बिषयमा राजपामा बिबाद भएछि पार्टी फुटाएर भएपनि सरकारमा जाने राजेन्द्र महतोले चेतावनी दिएका छन ।

 

विभिन्न ६ वटा दलबीच एकीकरण भएर शक्तिशाली बन्ने उद्देश्यसहित पुनर्गठित राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा कमजोर बन्दै गएको छ । कमजोरीको मुख्य कडी भने अध्यक्षमण्डलको ‘खिचातानी’ बन्दै छ ।

 

संघीय संसद्को तेस्रो ठूलो दल राजपाको सांगठनिक संरचना समेत ‘भद्रगोल’ छ । ७ वैशाख २०७४ मा विभिन्न ६ पार्टी मिलेर बनेको राजापा नेपालको पार्टी महाधिवेशन गर्न विधान अभाव छ ।

 

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकीकरण भई राजपा नेपाल निर्माण भएको थियो ।

 

पार्टीमा अध्यक्षमण्डल व्यवस्था गरी प्रमुख निर्णय त्यहीबाट गरिन्छ । अध्यक्षमण्डलमा एकीकरणपूर्वका पार्टी अध्यक्षहरू छन् । संयोजकका रूपमा ठाकुरलाई जिम्मेवारी दिइएको छ भने अन्य सदस्य छन् ।

 

पार्टी संरचना ‘भद्रगोल’ हुनु र पार्टीमा अध्यक्षमण्डलको ‘सिन्डिकेट’ रहनुले राजपा कमजोर देखिएको छ । ७, ८ र ९ वैशाख २०७६ मा गर्ने भनिएको पार्टीको महाधिवेशन अध्यक्षमण्डलकै कारण अन्योलमा परेको छ । महाधिवेशनका लागि आवश्यक विधान अध्यक्षमण्डलले अझै पारित गर्न सकेको छैन । महाधिवेशनका लागि प्रतिनिधि छनोटलगायतका विषयमा कुरा नमिल्दा विधान पारित हुन नसकेको हो ।

 

पार्टी एकीकरण गर्दै गर्दा नेताहरूले एक वर्षभित्रमा पार्टीको एकता महाधिवेशन गर्ने उद्घोष गरेका थिए । निर्वाचन आयोगमा पार्टीले बुझाएको विधानको धारा २२ को उपधारा १० अनुसार एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख छ । तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि निर्वाचन आयोगले पार्टीको ध्यानार्षण पनि गराएको थियो ।

 

केन्द्रमा ६ सदस्यीय अध्यक्ष मण्डल, राजनीतिक समिति र केन्द्रीय समितिको संरचना छ । तर, राजपा नेपालको प्रदेश कमिटी अझै गठन हुन सकेको छैन । जिल्ला कमिटी भए पनि ६ पार्टीबीच एकीकरण हुन सकिरहेको छैन । जिल्ला कमिटी पनि केन्द्र जस्तै भद्रगोल अवस्थाले सञ्चालन भइरहेको छ । यसैगरी, स्थानीय तहमा रहेका कमिटीका साथै भातृ संगठनहरूसमेत वैधानिक रूपमा सञ्चालन हुन सकिरहेका छैनन् ।

 

३० असारमा पार्टीले संसदीय दलको नेता ठाकुरलाई सर्वसम्मत चयन गरेको थियो । तर, दलको उपनेता, प्रमुख सचेतक, सचेतकलगायतका पदाधिकारी अझै चयन गर्न सकेको छैन । हालसम्म संसदीय दलको विधानसमेत पार्टीले पारित गरेको छैन । विविध कारणले पार्टीको संसद्मा प्रस्तुति कमजोर भएको छ ।

 

पार्टीले समानुपातिक, समावेशी, समानता एवं अन्याय तथा विभेदविरुद्ध आवाज उठाए पनि पार्टीमा अध्यक्षमण्डलको हुकुमी शैलीमा कायम छ । पार्टीका एक नेताका अनुसार अध्यक्षमण्डलले आफन्त र परिवारलाई पहिलो प्राथमिकतामा, दोस्रो प्राथमिकतामा जात र त्यसपछि आर्थिक आर्जन गर्ने उद्देश्यले निर्णय गर्ने गरेको छ । पार्टी आफैंले माग गर्ने विषय नेताहरूले आफ्नो व्यवहारमा लागू गर्दैनन् ।

 

मधेस मुद्दा उठाउँदै आएको राजपा नेपालले संघीय सरकारलाई समर्थन गरेको छ । संविधान संशोधन, झूठा मुद्दा फिर्तासहित विभिन्न माग संघीय सरकारले पूरा गर्ने भनेपछि उनीहरू अहिले मौन छन् । पर्ख र हेरको अवस्थामा रहेका राजपा नेताको गतिविधि पनि शून्य जस्तै छ ।

 

मधेस आन्दोलनमा सँगै रहेको संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी छ । तर, राजपा नेपाल समर्थन दिएर सरकार बाहिरै रहेको छ । सँगै आन्दोलन गरेका दुई पार्टी फरक फरक भूमिकामा रहेकाले उनीहरूको मुद्दासमेत कमजोर हुँदै गइरहेको छ ।

 

राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले पार्टी महाधिवेशनको तयारीमा रहेको बताए । पार्टीले महाधिवेशनको मिति घोषणा गरिसकेको र सोहीअनुसार तयारी गर्दै संसद् तथा सडकमा पार्टीको भूमिका बलियो बनाउँदै जाने उनले बताए ।

 

बाहिर जसरी हल्ला गरे पनि पार्टी कमजोर नभएको उनले बताए । मधेसको मुद्दा पूरा गराउने संघीय सरकारलाई समर्थन गरिएको उनको भनाइ छ । केही दिनमै पार्टीले महŒवपूर्ण निर्णय गर्ने उनले बताए ।

 

राजपा नेपालका महासचिव अजय गुप्ताले मधेसको माग सरकारले पूरा गर्ने भनेपछि पार्टी पर्ख र हेरको अवस्थामा रहेको बताए । मधेस मुद्दा सम्बोधन गराउन पार्टीले आन्तरिक रूपमा तयारीका साथै सरकारलाई दबाब दिँदै आएको उनले बताए ।

 

साथै पार्टीको महाधिवेशन गर्दै पार्टीलाई मधेसमा मात्रै नभई पहाड र हिमालसम्म विस्तार गरिने उनले बताए । राजपा नेपाल राष्ट्रिय एवं संघीय सदनको तेस्रो ठूलो पार्टी भएकाले देशैभरि संगठन निर्माण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको