यसरी हुन्छ नेपालमा सुन तस्करी, १ किलोमा १९ लाखदेखि ३० लाख रुपैयाँसम्म नाफा



 

गएको आर्थिक वर्षमा नेपालमा ७ हजार २ सय ८२ किलो सुन आयात भएको छ । यो मात्राको सुन आयात गर्दा ३१ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ लगानी भएको छ ।

 

सुनमा भएको यो लगानीबाट मात्र राज्यले ३ अर्ब ५३ करोड राजश्व उठाएको छ । रमाइलो र अर्थपूर्ण के छ भनेः गत वर्षको साउनदेखि गत असारसम्मको १२ महिनामा नेपालमा आयात भएको २२ अर्ब रुपैयाँ भन्दा बढीको ५ हजार ५० किलो सुन कुन मुलुकबाट आयात भएको हो भन्ने, सरकारी निकाय आफैंले खुलाएको छैन ।

 

तर उसले नाम नखुलाएको ठाउँबाट आयात भएको ५ हजार बढी किलो सुनको आयातबाट २ अर्ब १२ करोड रुपैयाँ बढी राजश्व उठाइएको भनेर इमान्दारिता देखाउने प्रयास भने गरेको छ ।

 

नाम तोकेरै भन्दा, नेपालमा सबभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट १ हजार ६ सय १२ किलो सुन आयात भएको छ, गत आर्थिक वर्षमा । त्यसपछि, टर्कीबाट ३ सय ५० किलो, स्वीजरल्याण्डबाट २ सय किलो, बेल्जियमबाट ५० किलो र चीनबाट १५ किलो सुन आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो अबधीमा अमेरिकाबाट २ किलो सहित खाडीका साउदी अरेबिया, कतार, मलेशिया र थाइल्याण्डबाट एक एक किलो सुन आयात भएको देखिन्छ ?

 

एक वर्षको अबधिमा ७ हजार २ सय ८२ किलो सुन आयात । वर्षमा ३ सय ६५ दिन । हप्ताको एक दिन शनिबार सुनको कारोबार हुँदैन बाणिज्य बंैकहरुबाट । नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ अनुसार दैनिक २० किलो सुन नेपाली बजारमा वितरण हुन्छ, हिसाब गर्दा सरदर २१ किलो सुन बाणिज्य बैंकहरुले सुन व्यवसायीलाई बिक्री गर्र्दै आएका छन् । माग ३५ किलो भन्दा बढीको छ । यसको अर्थ बजारमा सुनको अभाव छ माग र वितरणको हिसाब गर्दा ।

 

केही तथ्यांक 
भन्सार विभागको तथ्यांकले स्पष्ट पारेको छ, नेपाली बजारमा भन्दा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अत्यन्तै सस्तो छ । माथिको टेबलबाट सजिलो हिसाब गर्दा, साउदी अरबबाट एक किलो सुन ल्याउँदा १८ लाख ४२ हजार, कतारबाट ल्याउँदा २९ लाख ९२ हजार, थाइल्याण्डबाट ल्याउँदा १८ लाख १७ हजार र मलेशियाबाट ल्याउँदा २६ लाख ७३ हजार पर्छ । बेल्जियमबाट ल्याउँदा ४५ लाख ९१ हजार । स्वीजरल्याण्डबाट १ किलो ल्याउँदा,  ४४ लाख ७९ हजार, टर्की ४४ लाख ३८ हजार, यू एइबाट ४४ लाख ८२ हजार र नाम नखुलेका मुलुकबाट ल्याइएका सुन किलोको ४३ लाख ६७ हजारको हाराहारीमा ।

 

नेपाली बजारमा एक तोला सुनको मूल्य ५६ हजार रुपैयाँको हाराहारीमा छ । शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलाको ५५ हजार ९ सय रुपैयाँ थियो । आज पनि भाउ उही हो । एक किलो सुनमा पुग नपुग ८६ तोला सुन हुन्छ । ५६ हजार रुपैयाँ प्रति तोलाकै हिसाब गर्दा पनि नेपाली बजारमा आज एक किलो सुनको मूल्य ४८ लाख १६ हजार रुपैयाँ पर्छ ।

 

अर्को तथ्य के हो भने, नेपाली सुन कारोबारीहरुले सरकारलाई भन्सारदेखि भ्याटसम्मको कर प्रतितोलामा ५ हजारको हाराहारीमा तिर्नु पर्ने भन्दै गनगन गर्ने गरेका छन् (नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष ज्ञानुराज शाक्य) । यो हिसाबले उनीहरुले एक किलो सुनमा ४ लाख ३० हजार अतिरिक्त मूल्य तिर्नुपर्छ । युरोपेली मुलुकबाट ल्याइएका सुन किन्दा उनीहरुलाई खास नाफा छैन । चर्को पर्न थाल्यो भन्दै उनीहरुले भोली आइतबार राष्टङ बैंकसँग कुरा गर्ने तयारी पनि गरेका छन् । तर उनीहरुले जर्दी र ज्यालामा उपभोक्ताको ढाड सेकिहाल्छन् ।

 

तस्करीको कारण ?
यी तथ्यांक हेर्दा थाइल्याण्ड, साउदी अरब र मलेशियाबाट सुन ल्याउँदा अति सस्तो पर्छ। कहाँको किलोको १८ र २९ लाख, कहाँको ४८ लाख । मार्जिन मात्रै १९ लाखदेखि ३० लाख रुपैयाँसम्म । युरोपेली बजार बेल्जियम, स्वीजरल्याण्ड र टर्कीबाट ल्याउँदा भने मार्जिन ४ देखि ५ लाख रुपैयाँसम्मको हुन्छ प्रतिकिलोमा, यदि सरकारको आँखा कान छलेर भित्र्याउन सकेमा । आखिर एक किलो सुन बाइ चान्स भिœयाइहाल्न र बेच्न सकेमा ४ लाखदेखि ३० रुपैयाँसम्म कमाउन सकिन्छ भने, आपराधिक गतिविधिमै रमाएर धन कमाउन

 

चाहनेले सुन तस्करी किन गर्दैन त ? 
चीनबाट ल्याइएको सुनको कुरा गर्ने हो भने त विश्वास गर्न पनि मन लाग्दैन । भन्सार विभागले तथ्यांक दिएको छः गएको १२ महिनामा चीनबाट २ लाख ३ हजारमा १५ किलो सुन आयात हुँदा राज्यलाई २० हजार रुपैयाँ कर मिलेको छ । के खालको सुन हो यो? कतै लसुनलाई सुन भनेको त होइन विभागले ? लसुन त यत्ति महंगो पर्नु नपर्ने फेरी !

 

३३ किलो सुन काण्डलाई पूर्णविराम लगाउने चलखेल

सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन । करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुन काण्ड बनेको थियो ।

 

तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च तहको नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ । समितिले ३ सय भन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो ।

केही चर्चित व्यक्ति समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको आरोप छ ।  टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपुर्याई पूर्ण्विराम लगाउने चलखेल भएको समाचारस्रोतको दाबी छ ।

 

बारम्बार आफूहरु ठूला माछाको नजिक पुगेको बताइरहने गृहमन्त्री राम बहादुर थापा पनि प्रतिवेदन बुझाइएपछि मौन छन् । स्रोतका अनुसार, यही काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानविन समितिसमक्ष केही नेतको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको बताइन्छ ।

 

पोद्दारले कमिसनमा केही पूर्वमन्त्रीसम्मलाई सेटिङ मिलाएको खबर आएपछि अनुसन्धान झन् सुस्ताएको बताइन्छ ।,

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न