कडा सजायसहितको मुलुकी ऐन लागू हुँदै, ३३ किलो सुन काण्डलाई पूर्णविराम लगाउने चलखेल



 

भदौ १ देखि लागू हुन लागेको मुलुकी अपराध संहिता ऐनको अहिले खुवै चर्चा छ । सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न ऐनमा कडा सजायको व्यवस्था गरिएको छ । सबैजसो संचारमाध्यम अहिले यसकै चर्चा छ ।

 

आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन् । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय व्यवस्था गरिएको छ । सार्वजनिक सेवा, सामाजिक तथा पारिवारिक सम्बन्ध, साम्प्रदायिक सद्भावलगायत क्षेत्रको विसंगतिलाई सरकारले कडा कानुनी व्यवस्थाद्वारा नियमन गर्न खोजेको देखिन्छ ।
चक्काजाम गरे ३ वर्ष जेल– सार्वजनिक स्थानको आवागमनमा बाधा पुर्याउनेलाई अब तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँ जरिवाना तथा दुवै सजाय हुने छ । मुुलुकी अपराध संहिता ऐन (२०७४) अनुसार अब सार्वजनिक सडक, बाटोघाटो, रज्जु मार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे वा जल परिवहन मार्ग, हुलाक र अन्य कुनै सार्वजनिक सेवाको सञ्चालनमा अवरोध पुर्याउन पाइने छैन ।

 

धर्म परिवर्तन गराउने विदेशीलाई पाँच वर्ष जेल– नेपालमा कुनै विदेशी नागरिक धर्म परिवर्तन गराउने कार्यमा संलग्न भए पाँच वर्ष जेल सजाय गर्ने र त्यसको सात दिनभित्र देश निकाला गरिने कानुनमा व्यवस्था छ ।
मुलुकी अपराध संहिताले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख गरेको छ । त्यसअतिरिक्त धर्म परिवर्तन गराउने नेपालीको हकमा ५ वर्ष कैद र पचास हजार रूपैयाँ जरिवाना गरिने उल्लेख छ ।

 

मिसावट गर्नेलाई ५ वर्ष कैद– कसैले सर्वसाधारणले खाने, पिउने वा सेवन गर्न नहुने कुनै हानिकारक पदार्थ वा खान पिउन वा सेवन गर्न हुने कमसल पदार्थ वा हानिकारक रासायनिक पदार्थ मिसावट गरी उत्पादन गर्न र बिक्री वितरण गर्न ऐनले पूर्ण रूपमा निषेध गरेको छ ।
यस विपरीत काम गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । यसैगरी पिउने पानी वातावण दूषित गर्नेलाई समेत ५ महिना कैद र पाँच हजार जरिवाना गर्ने व्यवस्था छ ।

 

भदौ १ मा लागू हुने ६ कानुनमा मुलुकी देवानी (संहिता) ऐन, मुुलुकी देवानी कार्यविधि (संहिता) ऐन, मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन रहेका छन् ।

 

राष्ट्रिय झण्डा जलाए तीन वर्ष कैद– राष्ट्रिय झण्डा जलाउने र जानाजान प्रयोग गर्नै नहुने ठाउँमा राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई अब तीन वर्ष कैद सजाय हुने भएको छ । भदौ १ देखि लागू हुने अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

 

दाइजो मागे पाँच वर्ष कैद– नयाँ मुलुकी अपराध संहिता ऐनले दाइजो दिने वा लिनेलाई पाँच वर्ष कैद सजायको व्यवस्था गरेको छ । दाइजो लिने वा दिने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैंयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

 

बहुविवाहमा पाँच वर्ष जेल– बहुविवाह गर्ने पुरुष वा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गरेमा यसलाई अपराध ठर्हयाएको छ । यस्तो कार्य गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रूपैंयादेखि पचास हजार रूपैंयासम्म जरिवाना तोकेको छ ।, अन्नपूर्ण पोस्टमा खबर छ।

 

३३ किलो सुन काण्डलाई पूर्णविराम लगाउने चलखेल
सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन । करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुन काण्ड बनेको थियो ।

 

तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च तहको नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ । समितिले ३ सय भन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो ।

केही चर्चित व्यक्ति समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको आरोप छ ।  टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपुर्याई पूर्ण्विराम लगाउने चलखेल भएको समाचारस्रोतको दाबी छ ।

 

बारम्बार आफूहरु ठूला माछाको नजिक पुगेको बताइरहने गृहमन्त्री राम बहादुर थापा पनि प्रतिवेदन बुझाइएपछि मौन छन् । स्रोतका अनुसार, यही काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानविन समितिसमक्ष केही नेतको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको बताइन्छ ।

 

पोद्दारले कमिसनमा केही पूर्वमन्त्रीसम्मलाई सेटिङ मिलाएको खबर आएपछि अनुसन्धान झन् सुस्ताएको बताइन्छ ।, नेपाल समाचारपत्रमा खबर छ ।

 

देशको आर्थिक अवस्थामा छिट्टै सुधार :प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रदेश नं ५ का सांसदसँगको छलफलमा उहाँले भन्नुभयो, “वर्तमान सरकारले विकास निर्माणका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा लागेकाले देशको आर्थिक अवस्थामा छिट्टै सुधार आउनेछ ।”

 

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालामा देश गम्भीर आर्थिक सङ्कटमा पुगेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारलाई जनताले विश्वास गरेर सुविधाजनक बहुमत दिएको हुँदा आफूहरू देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउने दृढता व्यक्त गर्नुभयो ।

 

प्रकाण्डले आपराधिक गतिविधि गरेः गृहमन्त्री 
गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा सम्लग्न भएका कारण पक्राउ गरेको बताए । महानगरीय प्रहरी परिसर काठमाडौँले विकलाई मंगलबार पक्राउ गरेको थियो ।

 

ऊर्जा सहायता समझदारीमा हस्ताक्षर
नेपाल र बंगलादेशबीच ऊर्जा सहायतासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनः र बंगलादेशी समकक्षी नसरुल हमिदले समझदारी पत्रमा हस्ताक्षर गरे ।

 

समझदारीबाट नेपालबाट उत्पादित बिजुली प्रसारण लाइनको टुंगो लागेमा बंगलादेशमा निर्यात हुने ढोका खुलेको छ । समझदारी पत्रमा हस्ताक्षर हुनुअघि बंगलादेशका ऊर्जा मन्त्री हमिदले नेपालको अपार सम्भावना रहेको जलविद्युतमा बंगलादेशले सरकारी र निजी क्षेत्रबाट जुनसुकै किसिमको सहयोग आदान–प्रदान गर्न सकिने बताए ।

यस्तै बैठकमा ऊर्जा मन्त्री पुनले नेपाल सरकारको मार्गचित्र, नीति, कार्यक्रमबारे अवगत गराए ।

 

विधायन व्यवस्थापन समितिको कार्यविधि पारित
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको कार्यविधि पारित भएको छ । समितिको सिंहदरबारमा बसेको बैठकले सचिवालयबाट प्रस्तावित कार्यविधि परिमार्जनसहित पारित गरेको हो ।

पारित कार्यविधिमा पत्रकारहरुलाई बैठकमा जान रोक लगाउनेसम्मको व्यवस्था गरिएको छ । कार्यविधिमा बैठक अवधिभर सदस्यहरुलाई मोबाईल फोन चलाउन पनि प्रतिबन्ध लगाइएको छ ।

 

भारत र चीन भ्रमणको तयारीमा प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत र चीन भ्रमणको मिति तय भएको छ । भदौको तेश्रो साता भारत तथा असोजको पहिलो  साता प्रचण्ड चीन भ्रमणमा जान लागेका छन् ।

भदौ २२ देखि २७ सम्म भारत भ्रमणमा जाने तय भएको सचिवालयले जनाएको छ । त्यस्तै १ असोजदेखि चीनको भ्रमणमा जाने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । प्रचण्डको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

छानबिन गर्न अख्तियारद्वारा टोली गठन
सिक्टा सिंचाइ आयोजनाको मूल नहर निर्माणमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोली गठन गरेर छानबिन अघि बढाएको छ । आयोगले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समूह गठन गरेको छ ।

आयोजनाको मूल नहर प्रयोगमा नै नआई भत्किएपछि त्यसमा अनियमितता भएको आशंका गरिएको छ । सिक्चा सिंचाई आयोजना राष्ट्रिय गौरवका आयोजना अन्र्तगतको प्रोजेक्ट हो ।

 

साहित्यकार यज्ञनिधिको निधन 
साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ । लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए ।

खोटाङमा जन्मनुभएका यज्ञनिधिले रेडियो नेपालमा लामो समय ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गरेका थिए ।

 

नेपालको दोस्रो हार
‘एशियन गेम्स’को तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली त्यहाँको यू–२३ टोलसँग ४–० ले पराजित भएको छ । शुक्रबार अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको हो ।

 

नेपालले भदौ २ गतेबाट औपचारिक रूपमा शुरु हुने एशिया र त्यसलगत्तै भदौ १९ बाट बङ्गलादेशमा शुरु हुने साफ च्याम्पियनसिपको तयारीका नेपाली फुटबल टोलीलाई थाइल्याण्ड पठाएको थियो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट यही साउन २९देखि हुने एशियन गेम्सका लागि इण्डोनेशियामा जानेछ ।

यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न