नेपाल कम्युनिस्ट पार्टीमा अव एक ब्यक्ति, एक पद, क कस्को गयो जागीर



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक ब्यक्ति एक कार्यकारी भुमिकाको नीति तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको केन्द्रीय सचिवालय बैठकले एकताको भावनाअनुसार सवै नेता–कार्यकर्तालाई समान जिम्मेवारी दिने निर्णयसहित एक ब्यक्ति एक कार्यकारी भुमिकाको नीति तय गरेको हो ।

 

प्रदेश, जिल्ला र जनसंगठनको एकताका लागि तय भएको अन्तिम समय आइपुग्दासमेत अधिकांश जिल्ला र प्रदेशमा राजकीय भुमिकामा रहेकै नेताले नेतृत्व दावी गरी सहमति जुटन नसकेपछि सचिवालयले एक ब्यक्ति एक कार्यकारी भुमिकाको नीति लिएको हो । नेकपाको बिधान र नियमावलीमै एक ब्यक्ति एक पदको ब्यवस्था गर्नूपर्ने चर्काे आवाज उठेपनि केही नेताको स्वार्थका कारण किटान हुन सकेको थिएन ।

 

तर पछिल्लो समय पार्टी केन्द्रीय कमिटीमा रहेका नेतासमेत जनसंगठनको नेतृत्व दावी गर्ने, संघ, प्रदेश र स्थानीय तहको कार्यकारी भुमिकामा रहेकाहरु पनि पार्टीको नेतृत्वमा दावी गर्ने घटना बढेपछि यस्तो निर्णय लिइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

‘पार्टी एकतामा सहज पार्नका लागि यस्तो मापदण्ड बनाइएको हो, यस्ले सांगठानिक एकतामा देखिएको अधिकांश समस्या हल हुन्छ भन्ने हाम्रो बिश्वास छ,’ प्रवक्ता श्रेष्ठले भने । श्रेष्ठका अनुसार सचिवालय बैठकले संघ र प्रदेशका मन्त्रीसहित संसदीय दलका नेता–उपनेता, प्रमुख सचेतक, सचेतक, संसदीय समिति सभापति, जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पार्टीको कुनै पनि तहको कार्यकारी पदमा बस्न नपाउने निर्णय गरेको छ ।

 

‘तोकिएका सवैले पार्टीको अध्यक्ष र सचिव जस्ता कार्यकारी पदमा बस्न पाउने छैनन,’ श्रेष्ठले भने, ‘सांगठानिक एकीकरण सहज बनाउन संघीय मन्त्री, प्रदेशका मन्त्री, संघीय प्रमुख सचेतक, सचेतक, प्रदेश प्रमुख सचेतक, सचेतक, मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष कसैलाई पनि पार्टीको कार्यकारी पद नदिने निर्णय भएको हो ।

 

यस्तै संघीय र प्रादेशिक सांसद जिल्ला कमिटी र त्यसभन्दा तल्लो कमिटीको अध्यक्ष र सचिवमा बस्न नपाउने निर्णय पनि बैठकले गरेको छ । संघ र प्रदेशका सांसदलाई प्रदेश कमिटीको नेतृत्व गर्ने बाटो भने खुला राखिएको छ । प्रदेशमा अध्यक्ष र सचिव कार्यकारी पद हुनेछ भने ईन्चार्ज र सहईन्चार्ज पद पनि कायम रहने छ ।

 

सचिवालय बैठकले जनसंगठनको एकताका लागि गठित कार्यदलको प्रतिवेदन पेश गर्ने समय बढाएर साउन मसान्तसम्म पु¥याएको छ । कतिपय संगठन एकताको लागि एक साता अघि मात्रै कार्यदल गठन गरिएको र केही कार्यादेश थप गरिएको कारण कार्यदललाई सयम थप गरिएको महासचिव बिष्णु पौडेलले बताए ।

 

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले गत १७ साउनमा विशेष सर्कुलर जारी गर्दै जनसंगठन एकताका लागि गठित कार्यदललाई शुक्रवार (आज) सम्मको समय तोकेका थिए । तर हरेक दिन गृहकार्य अघि बढाउँदा पनि काम सकिने अवस्था नरहेपछि समय थपेर साउन मसान्तभित्र प्रतिवेदन पेश गर्न भनेको हो ।

 

नेकपाले गत साता मात्रै केही पेशागत संगठन एकताका लागि कार्यदल थप गरेको थियो । बैठकले समय थप गरेसँगै सबै कार्यदललाई यसअघिको भन्दा थप जिम्मेवारीसमेत दिएको छ । पार्टीमा रहने केन्दीय सल्लाहकार, राष्ट्रिय परिषद्, जेष्ठ कम्युनिस्ट मञ्च, आयोग र केन्द्रीय बिभागमा राख्ने सदस्यहरुको नामसमेत सिफारिस गर्न कार्यदललाई थप जिम्मेवारी दिएको हो ।

 

नेकपाले ५ भदौंसम्म सवै जनबर्गीय संगठन, प्रदेश र जिल्ला कमिटीको साँगठानिक एकता सम्पन्न गर्ने निर्णय यसअघि नै गरेको छ । सचिवालय बैठकले ८ र ९ भदौंमा स्थायी कमिटी बैठक बोलाएको छ । यसैगरी साउन मसान्त सम्ममा राजनीतिक प्रतिवेदन पनि प्रकाशित गर्ने निर्णय गरेको बैठकले गरेको हो । बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही राख्ने निर्णय पनि गरेको छ ।

 

यसअघि धुम्बाराही र पेरिसडाँडा दुवै केन्द्रीय कार्यालय तोकिएको थियो । सो निर्णयलाई सच्याउँदै धुम्बाराहीमा केन्द्रीय कार्यालय रहने र पेरिसडाँडामा जनबर्गीय संगठनका केन्द्रीय कार्यालय, बिभाग र अन्य आवश्यक कार्यलय राख्ने निर्णय गरिएको हो ।

 

बैठकले बिभिन्न नियम, निर्देशिका र आचारसंहिता निर्माणका लागि संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा भीम रावल, हरिबोल गजुरेल, पम्फा भूसाल, जनार्दन शर्मा र बेदुराम भूषाल सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...