दीपक मल्होत्राले नेपाल प्रहरीलाई यसरी डुबाए, प्रहरीको ३५ हजार जोर जुत्ता गुणस्तरहीन



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीले ३५ हजार जोर गुणस्तरहीन जुत्ताको भुक्तानी दिएको छ । भारतको एसजीएसबाट गुणस्तर परीक्षणमा फेल भएका डीएसएम जुत्ताको भुक्तानी दिएको छ । गत आर्थिक बर्षमा दीपक मल्होत्राको आइएमएस इन्टरप्राइजेजले ३५ हजार डीएमएस जुत्ताको ठेक्का पाएको थियो ।

 

मल्होत्राले भारतीय उत्पादक कम्पनी लिबर्टीबाट जुत्ता आयात गरी प्रहरीलाई बुझाए । प्रहरीले गुणस्तर परीक्षणका लागि भारतको एसजीएसमा पठायो । एसजीएसबाट गुणस्तर फेल भएको रिपोर्ट आयो । गुणस्तर फेल भएपछि उक्त जुत्ता कानुनी प्रक्रिया पूरा गरी गुणस्तर हेर्ने अधिकारी आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी प्रकाश अधिकारीले पत्र लेखेरै सामान फिर्ता गर्नुपर्ने हुन्छ । तर मल्होत्रको डीएमएस जुत्ता फिर्ता गरिएन ।

 

भण्डारबाट गुणस्तर फेल भएको जुत्ता फिर्ता नगरी मल्होत्रालाई चलखेल गर्ने अवसर प्रदान गरिएको थियो । यसबीचमा नेपाल प्रहरीमा आइजीपी सर्वेन्द्र खनाल नियुक्त भए । उनी नियुक्त भएपछि दीपक मल्होत्राले उक्त जुत्ता प्रहरीलाई खरिद गराउन पुनः सक्रिय भए । प्रकाश अर्यालको समयमा गुणस्तर फेल भएका उक्त जुत्ता खरिद गराउन उनले ठेक्का हेर्ने गरी राखेका नेपाल प्रहरीका पूर्वडीएसपी सुरेन्द्रबहादुर सिंहलाई पनि सक्रिय बनाउनतिर लागे ।

 

आइजीपी खनाललाई मल्होत्रा स्वयंले भेटेर जुृत्ताका बिषयमा कुरा गरेको स्रोत बताउँछ । स्रोतका अनुसार आइजीपी खनालले प्रक्रिया मिलाएर जुत्ता खरिद गर्न प्रबन्धका तत्कालीन डीआइजी पवन खरेल र आर्थिक प्रशासन महाशाखाका प्रमुख प्रकाश अधिकारीलाई निर्देशन दिए ।

 

आइजीपीको संकेत पाएपछि प्रबन्ध, आर्थिक प्रशासन महाशाखाका हाकिमले ५ जोर गुणस्तरीय जुत्ता ल्याएर परीक्षणका लागि भारत पठाए । र, उताबाट गुणस्तर पास भएको रिपोर्ट आएपछि मल्होत्राको आईएमएस इन्टरप्राइजेजले प्रतिजोर १ हजार ८ सय ४५ रुपैयाँका दरले ६ करोड ४५ लाख ७५ हजार रुपैयाँ भुक्तानी लिएको छ ।

 

प्रबन्धका हाकिमले मल्होत्राको जुत्तासँगै राजु थापाको झोला समेत गुणस्तर चेक गर्न पठाएका थिए । राजु थापाको झोला गुणस्तर फेल भएर भण्डारमा थन्किएको थियो । भण्डारको झोला नलगी छुट्टै ल्याएर गुणस्तर चेक गर्न पठाइएको थियो । थापाले १० हजार थान झोलाको ठेक्का पाएकोमा २५ सय थान मात्र बुझाएका थिए । त्यो पनि गुणस्तर फेल भएर थन्किएको थियो । त्यो झोला कुनै नराखी राम्रो झोला गुणस्तरमा पठाई गुणस्तर पास गराएर भुक्तानी दिइएको थियो ।

 

जागिरबाट अवकाश हुन लागेका प्रबन्धका हाकिमहरुले पनि घुुस आउने भएपछि अर्कै जुत्ता गुणस्तरमा पठाएर पास भएको रिपोर्टको आधारमा भण्डारको गुणस्तरहीन जुत्ताको भुक्तानी दिए । यसरी अर्कै जुत्ता चेक गर्न पठाएर भण्डारको गुणस्तरहीन जुत्ताको भुक्तानी दिइएकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय लगायतका सरोकारवाला निकायले छानबिन गर्दा अनियमितता छताछुल्ल हुनेछ ।

 

प्रहरी स्रोतका अनुसार अख्तियारले प्रहरी प्रधान कार्यालयको भण्डारमा छापा मार्ने हो भने १ जोर जुत्ता पनि भनेअनुसारको तौलको फेलापर्ने छैन । एक जोर जुत्ता पनि तोकिएको गुणस्तरको छैन । सोझै भ्रष्टाचार छ । आइजीपी खनालकै मिलेमतोमा नै भण्डारमा भएको जुत्ताको ठाउँमा अर्कै जुत्ता गुणस्तरमा पठाएका हुन् कि उनलाई गुमराहमा पारिएको हो ? त्यो एकीन हुन सकेको छैन । यस बिषयमा अख्तियारबाटै छानबिन हुनुपर्ने स्रोतको दाबी छ ।

 

अघिल्लो आर्थिक बर्षमा पिताम्बर मुन्का अग्रवालको ऊलन पाइन्ट एकपटक गुणस्तर फेल भएपछि दोस्रो पटक पठाइएन । तर मल्होत्राले एकपटकमा गुणस्तर फेल भएपछि दोस्रोपटक पठाइएको छ । गुणस्तर फेल भएपछि मुन्काको बैंक ग्यारेन्टी जफत गरी कालोसूचीमा पठाउन सिफारिस गरिएको थियो । तर मल्होत्राको हकमा गुणस्तर फेल भएको रिपोर्ट आए पनि दोस्रो पटक गुाण्स्तर चेक गर्न पठाउनुले ठूलो आर्थिक चलखेल भएको कुरालाई पुष्टी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...