दीपक मल्होत्राले नेपाल प्रहरीलाई यसरी डुबाए, प्रहरीको ३५ हजार जोर जुत्ता गुणस्तरहीन



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीले ३५ हजार जोर गुणस्तरहीन जुत्ताको भुक्तानी दिएको छ । भारतको एसजीएसबाट गुणस्तर परीक्षणमा फेल भएका डीएसएम जुत्ताको भुक्तानी दिएको छ । गत आर्थिक बर्षमा दीपक मल्होत्राको आइएमएस इन्टरप्राइजेजले ३५ हजार डीएमएस जुत्ताको ठेक्का पाएको थियो ।

 

मल्होत्राले भारतीय उत्पादक कम्पनी लिबर्टीबाट जुत्ता आयात गरी प्रहरीलाई बुझाए । प्रहरीले गुणस्तर परीक्षणका लागि भारतको एसजीएसमा पठायो । एसजीएसबाट गुणस्तर फेल भएको रिपोर्ट आयो । गुणस्तर फेल भएपछि उक्त जुत्ता कानुनी प्रक्रिया पूरा गरी गुणस्तर हेर्ने अधिकारी आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी प्रकाश अधिकारीले पत्र लेखेरै सामान फिर्ता गर्नुपर्ने हुन्छ । तर मल्होत्रको डीएमएस जुत्ता फिर्ता गरिएन ।

 

भण्डारबाट गुणस्तर फेल भएको जुत्ता फिर्ता नगरी मल्होत्रालाई चलखेल गर्ने अवसर प्रदान गरिएको थियो । यसबीचमा नेपाल प्रहरीमा आइजीपी सर्वेन्द्र खनाल नियुक्त भए । उनी नियुक्त भएपछि दीपक मल्होत्राले उक्त जुत्ता प्रहरीलाई खरिद गराउन पुनः सक्रिय भए । प्रकाश अर्यालको समयमा गुणस्तर फेल भएका उक्त जुत्ता खरिद गराउन उनले ठेक्का हेर्ने गरी राखेका नेपाल प्रहरीका पूर्वडीएसपी सुरेन्द्रबहादुर सिंहलाई पनि सक्रिय बनाउनतिर लागे ।

 

आइजीपी खनाललाई मल्होत्रा स्वयंले भेटेर जुृत्ताका बिषयमा कुरा गरेको स्रोत बताउँछ । स्रोतका अनुसार आइजीपी खनालले प्रक्रिया मिलाएर जुत्ता खरिद गर्न प्रबन्धका तत्कालीन डीआइजी पवन खरेल र आर्थिक प्रशासन महाशाखाका प्रमुख प्रकाश अधिकारीलाई निर्देशन दिए ।

 

आइजीपीको संकेत पाएपछि प्रबन्ध, आर्थिक प्रशासन महाशाखाका हाकिमले ५ जोर गुणस्तरीय जुत्ता ल्याएर परीक्षणका लागि भारत पठाए । र, उताबाट गुणस्तर पास भएको रिपोर्ट आएपछि मल्होत्राको आईएमएस इन्टरप्राइजेजले प्रतिजोर १ हजार ८ सय ४५ रुपैयाँका दरले ६ करोड ४५ लाख ७५ हजार रुपैयाँ भुक्तानी लिएको छ ।

 

प्रबन्धका हाकिमले मल्होत्राको जुत्तासँगै राजु थापाको झोला समेत गुणस्तर चेक गर्न पठाएका थिए । राजु थापाको झोला गुणस्तर फेल भएर भण्डारमा थन्किएको थियो । भण्डारको झोला नलगी छुट्टै ल्याएर गुणस्तर चेक गर्न पठाइएको थियो । थापाले १० हजार थान झोलाको ठेक्का पाएकोमा २५ सय थान मात्र बुझाएका थिए । त्यो पनि गुणस्तर फेल भएर थन्किएको थियो । त्यो झोला कुनै नराखी राम्रो झोला गुणस्तरमा पठाई गुणस्तर पास गराएर भुक्तानी दिइएको थियो ।

 

जागिरबाट अवकाश हुन लागेका प्रबन्धका हाकिमहरुले पनि घुुस आउने भएपछि अर्कै जुत्ता गुणस्तरमा पठाएर पास भएको रिपोर्टको आधारमा भण्डारको गुणस्तरहीन जुत्ताको भुक्तानी दिए । यसरी अर्कै जुत्ता चेक गर्न पठाएर भण्डारको गुणस्तरहीन जुत्ताको भुक्तानी दिइएकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय लगायतका सरोकारवाला निकायले छानबिन गर्दा अनियमितता छताछुल्ल हुनेछ ।

 

प्रहरी स्रोतका अनुसार अख्तियारले प्रहरी प्रधान कार्यालयको भण्डारमा छापा मार्ने हो भने १ जोर जुत्ता पनि भनेअनुसारको तौलको फेलापर्ने छैन । एक जोर जुत्ता पनि तोकिएको गुणस्तरको छैन । सोझै भ्रष्टाचार छ । आइजीपी खनालकै मिलेमतोमा नै भण्डारमा भएको जुत्ताको ठाउँमा अर्कै जुत्ता गुणस्तरमा पठाएका हुन् कि उनलाई गुमराहमा पारिएको हो ? त्यो एकीन हुन सकेको छैन । यस बिषयमा अख्तियारबाटै छानबिन हुनुपर्ने स्रोतको दाबी छ ।

 

अघिल्लो आर्थिक बर्षमा पिताम्बर मुन्का अग्रवालको ऊलन पाइन्ट एकपटक गुणस्तर फेल भएपछि दोस्रो पटक पठाइएन । तर मल्होत्राले एकपटकमा गुणस्तर फेल भएपछि दोस्रोपटक पठाइएको छ । गुणस्तर फेल भएपछि मुन्काको बैंक ग्यारेन्टी जफत गरी कालोसूचीमा पठाउन सिफारिस गरिएको थियो । तर मल्होत्राको हकमा गुणस्तर फेल भएको रिपोर्ट आए पनि दोस्रो पटक गुाण्स्तर चेक गर्न पठाउनुले ठूलो आर्थिक चलखेल भएको कुरालाई पुष्टी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...