प्रहरीले अपहरणकारीलाई एसएमएस पठाउँदा बालकलाई जोगाउन सकिएन



 

आइतबार साँझ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित परिसरका प्रमुख एसएसपी पोखरेल र महाशाखा प्रमुख सिंह वीर अस्पतालमा थिए । गोरखाको फुजेल काण्डका उजुरीकर्ता नूरप्रसाद अधिकारीलाई उनकी आमा गंगामायाको जिम्मा लगाउन उनीहरू सबै अस्पताल पुगेका थिए ।

उद्धारमा लाग्न महाशाखा प्रमुखलाई आइजिपीको निर्देशन

 

वीर अस्पतालमै भएको वेला करिब ९ः१५ मा खबर आयो, ‘काँडाघारीका ११ वर्षीय बालक अपहरणमा परे ।’ महानिरीक्षक खनालले तत्कालै उद्धार अप्रेसन सुरु गर्न महाशाखाका प्रमुख धीरजप्रताप सिंहलाई र आवश्यक सहयोग गर्न परिसरका प्रमुख विश्वराज पोखरेललाई निर्देशन दिए ।

उद्धारमा महाशाखाको टोली खटिएको थियो, तर बीचैमा परिसरका प्रमुख पोखरेलले अपहरणकारीलाई एसएमएस गरे

 

आमा चमेलीलाई अपहरणकारीको फोन
आइतबार साँझ ९ः०१ मा निशानकी आमा चमेलीलाई अपहरणकारीको फोन– ‘तिम्रो बच्चा हाम्रो कब्जामा छ । सकुशल चाहिन्छ भने दुई करोड रुपैयाँ देऊ ।’

 

रुँदै चमेलीको जवाफ– ‘तपाईं को  बोल्नुभएको ? मेरो बाबु खोइ ? मैले त्यत्रो पैसा कसरी दिन सक्छु?’
अपहरणकारी– ‘बाबु चाहिन्छ भने पैसा ल्याउनू’ फोन काटियो ।

 

११ वर्षीय बालक निशान खड्का अपहरणमा परेको खबर पाएपछि संवेदनशील भएर उद्धार गर्नुको सट्टा प्रहरी अधिकारीहरूले जस लिने होडबाजी गरेको खुलेको छ । अपहरणको खबर आउनासाथ महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहको नेतृत्वमा अप्रेसन सुरु भएको थियो । तर, त्यहीबीचमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले अपहणकारीलाई एसएमएस गरेका थिए । उनको यो कदम बालकको उद्धारमा सहयोगी बनेन, बरु उनको हठात् हत्या भयो ।

 

आइतबार साँझ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित परिसरका प्रमुख एसएसपी पोखरेल र महाशाखा प्रमुख सिंह वीर अस्पतालमा थिए । गोरखाको फुजेल काण्डका उजुरीकर्ता नूरप्रसाद अधिकारीलाई उनकी आमा गंगामायाको जिम्मा लगाउन उनीहरू सबै अस्पताल पुगेका थिए । करिब ९ः१५ मा खबर आयो, ‘काँडाघारीका ११ वर्षीय बालक अपहरणमा परे ।’ महानिरीक्षक खनालले तत्कालै उद्धार अप्रेसन सुरु गर्न महाशाखाका प्रमुख सिंहलाई र आवश्यक सहयोग गर्न पोखरेललाई निर्देशन दिए ।

 

खनाल वीर अस्पतालबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लागे किनकि गृहमन्त्री रामबहादुर थापा बादल इन्डोनेसिया भ्रमणमा जाँदै थिए । महाशाखाका प्रमुख सिंह अप्रेसनमा खटिए । उनले डिएसपीहरूको कमान्डमा चार टोली बनाएर ९ः३० मा नै परिचालन गरिसकेका थिए । एसएसपी सिंहकै निर्देशनमा उपत्यकाका सबै नाका बन्द पनि गरिसकिएको थियो ।

 

उता परिसरका प्रमुख पोखरेलले रेडियो सेटबाटै बानेश्वर वृत्तका प्रमुख गोविन्द काफ्लेलाई घटनास्थल पुग्न निर्देशन दिए । काफ्लेको नेतृत्वमा प्रहरी टोली १० मिनेटमै बालककी आमा चमेली खड्काको चिया पसलमा पुग्यो । त्यतिन्जेलसम्म अपहरणकारीले चमेलीलाई फोन गरेर फिरौती मागिसकेका थिए । ‘तिम्रो बच्चा हाम्रो कब्जामा छ । सकुशल चाहिन्छ भने दुई करोड रुपैयाँ देऊ,’ फोनमा भनिएको थियो । । जवाफमा ‘तपाईं को बोल्नुभएको ? मेरो बाबु खोइ ? मैले त्यत्रो पैसा कसरी दिन सक्छु’ भन्दै चमेली रुन थालिन् । अपरिचितले ‘बाबु चाहिन्छ भने पैसा ल्याउनू’ भन्दै फोन काटेका थिए ।

 

फिरौती माग्न प्रयोग भएको मोबाइल नम्बर डिएसपी काफ्लेले एसएसपी पोखरेललाई टिपाए । पोखरेलले कुनै पनि प्रहरी अधिकारीसँग सल्लाह नगरी ९ः४६ मा अपहरणकारीको मोबाइलमा धम्कीपूर्ण एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देशमा भनिएको थियो, ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँसकिन्छस् ।’

 

 

फिरौती माग्न प्रयोग गरिएको मोबाइल लगत्तै स्विचअफ भयो जसले गर्दा अनुसन्धान पनि असहज भयो । बालक मारिएपछि बिहान मात्र प्रहरी अपहरणकारीसम्म पुग्यो र पक्राउ गरेको पाँच घन्टापछि घ्याम्पेडाँडामा लगेर उनीहरूको ‘इन्काउन्टर’ गरियो । यसरी प्रहरीले समन्वयको सट्टा प्रतिस्पर्धा र संवेदनशीलताको सट्टा गैरजिम्मेवारीपूर्ण बाटो अपनाउँदा बालकको ज्यान बचाउन सकिएन, अझ अपहरणकारीलाई समेत इन्काउन्टरका नाममा मारिएपछि बालकलाई के उद्देश्यले अपहरण र हत्या गरिएको थियो भन्ने रहस्यमा समेत पर्दा लागेको छ ।

 

प्रहरी स्रोतका अनुसार एसएमएससम्बन्धी रिपोर्ट गृहसचिव प्रेम राईसमक्ष पुगिसकेको छ । गृहमन्त्री भने इन्डोनेसियाबाट फर्किसकेका छैनन् । काठमाडौं परिसर स्रोतका अनुसार असल नियतका आधारमा पठाइएको हो । स्रोतले भन्यो, ‘एसएमएस पठाइएको साँचो हो । तर, यो गुड फेथमा रहेर पठाइएको हो ।

 

यसमा कुनै गलत नियत छैन । कहिलेकाहीँ यस्तो प्रक्रिया पनि अपनाउन सकिन्छ । कति केस यसरी पनि सफल भएका छन् ।’ प्रहरीले पठाएको एसएमएस पुग्नुअघि नै मोबाइल अफ भइसकेको र अपहरणकारीले हेर्नै नपाएको दाबी परिसर स्रोतको छ ।

 

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले एसएमएसका सम्बन्धमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘एसएमएस कसरी गरियो त्यो रहस्यमय छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ । अर्कोचाहिँ यो गोप्य डकुमेन्ट कसरी बाहिरियो, त्यस सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ ।’

अपहरणकारीलाई एसएसपीको एसएमएस
एसएसपी विश्वराज पोखरेलले ९ः४६ मा अपहरणकारीको मोबाइलमा एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देश थियो– ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँ सकिन्छस् ।’ लगत्तै मोबाइल अफ भयो ।

त्यसपछि न बालकलाई बचाउन सकियो, न अपराधको उद्देश्य के थियो भनेर खुल्ने गरी अपहरणकारीलाई जीवित समाउन सकियो ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न