धानबालीमा ब्लाष्ट र गबारोको संक्रमण



हाम्रो इकोनोमि

यहाँका किसानले लगाएका धानबालीमा ब्लाष्ट ९मरुवा० रोग र गबारोको संक्रमण देखापरेकोे छ ।

रोपेको एक महिना नबित्दै धानबालीमा यस्तो रोग देखा परेपछि उत्पादन घट्ने चिन्तामा किसान छन् ।

कहिले पानी अभाव त कहिले रोगको चिन्ताले वर्षेनी सताउने गरेकामा यस वर्ष पनि समयमै खेती पनि भएन ।

अहिले आएर गबारो र ब्लाष्टको संक्रमणले धानबाली सखाप पार्न थाल्यो भन्दै उपचारका लागि धानको बोट लिएर कृषि सेवा केन्द्रमा आउनुभएकी तुलसीपुर–६ की किसान कल्पना चौधरीले यहाँका धेरै किसानका धानमा यस्तो देखिएको छ भन्नुभयो ।

धानमा रोग देखा परेपछि दिनहुँ किसान बजारका एग्रोभेट, कृषि सेवा केन्द्रमा आउने गरेका छन् ।

पश्चिम दाङका बाघमारे, शान्तिनगर, पवननगर, फूलबारी गोलटाकुरी, हलवार, मानपुर, टरिगाउँ, डुरुवाका विभिन्न वडाबाट किसान कृषि सेवा केन्द्र र तुलसीपुरका एग्रोभेटमा उपचारको उपाय खोज्दै आउने गरेका छन् ।

धेरैजसो किसानका धानबालीमा गबारो र ब्लाष्ट रोग देखा परेको तुलसीपुर उपमहानगरपालिका कृषि सेवा केन्द्रका प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँले कतैकतै भने जिंकको समस्याका कारण खैरो रोग लागेको भन्ने गुनासो आएकाले रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिइएको बताउनुभयो
धेरैजसो हाइब्रेड जातको युएस ३१२ धानमा यो रोग देखा परेको छ ।

“दैनिक आठ÷दश किसान कार्यालयमा आउँछन्, समस्या लिएर रोगको नियन्त्रणको उपाय सिकाएर पठाउने गरेका छौँ”,उहाँले भन्नुभयो ।

धुलेब्याड राखेका स्थानका धानमा बढी रोग देखिएकाले किसानलाई आगामी वर्ष हिलेब्याड राख्न सल्लाह दिएको प्रमुख केसीले बताउनुभयो ।

तुलसीपुरस्थित एग्रीनेपाल प्रालिमा पनि दैनिक ३०जनासम्मले धानको बोट बोकेर आउने गरेको कृषि प्राविधिक माधव केसीले जानकारी दिनुभयो ।

ब्लाट रोगका लागि ‘हेक्जाकोनाजोल’ तथा नेटिभो वाण र गबारोका लागि ‘कोलेरो पाइरीफष्ट’ वा साइपरमेथ्रीन साँझ वा बिहान प्रयोग गर्न सल्लाह दिइएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...