प्रधानन्यायाधीशको खोजी : दीपकराज पछिका मिश्र र मिश्रपछिका चोलेन्द्र पनि ‘डेन्जर जाेन’मा !



 

दीपकराज जोशीको नाम संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि सर्वोच्चको नेतृत्व चयनबारे अन्योल थप बढेको छ ।

 

यहाँ सम्म कि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नाम सिफारिस भएका तीन जना मध्ये तीनै जना विवादित छवि भएको भनिएको छ ।

 

न्यायपरिषदले सिफारिस गरेर पठाएका तीन जना मध्ये जोशीलाई समितिले अस्वीकृत गरिसकेको छ । जोशीको नाम अस्वीकृत भएपछि रोलक्रम अर्थात् बरियताका हिसाबले अब पालो ओम प्रकाश मिश्रको आउने छ । तर, उनी उमेरहदका कारण धेरै समय पदमा रहन भने पाउने छैनन् ।

 

सर्वोच्चको नेतृत्व छान्दा छान्दै उनको सेवा अवधि समेत सकिन सक्छ । कारण दीपकराज जोशीमाथि घटेको घटना आफुमाथि पनि घट्नेमा मिश्रमा द्विविधा छैन। उनी मात्रै होईन रोलक्रम अनुसार मिश्र पछि पालो आउने चोलेन्द्रशमशेरको पनि त्यही हालत हुने अड्कल धेरैले काटिसकेका छन् ।

 

दीपकराज जोशीलाई राजीनामा गर्नुको विकल्प छैन । उनको राजीनामापछि सर्वोच्चका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्र हुन् । बरियताका आधारमा उनको बाटो खुल्ने छ । तर, प्रधानन्यायाधीश भएमा उनको कार्यकाल जम्मा पाँच महिनाको हुनेछ । १८ पुसमा अवकाश पाउने मिश्रपछि चोलेन्द्रशमशेरको बाटो खुल्नेछ ।

 

तर, जोशी आउट भएपछि अर्को व्यक्तिसहितको नाम संवैधानिक परिषदले सिफारिस गर्ने छ । चोलेन्द्रपछि दीपककुमार कार्कीको नाम आउनेछ । संसदीय सुनुवाई समितिले जोशीको नाम अस्वीकृत गरेपनि संवैधानिक परिषदमा सिफारिस बाँकी दुई जना उम्मेदवार पनि विवादित छविकै निस्किएका छन् ।

 

जोशीपछि पालो कुरिरहेका ओमप्रकाश मिश्र तिनै न्यायाधीश हुन जसले जोशीसंग एउटै इजलासमा बसेर हाँडीगाउँको २ अरब मूल्य पर्ने ३६ रोपनी ६ आना सार्वजनिक जग्गा व्यक्तिको नाममा हुने आदेश दिएका थिए।

 

दीपकराज जोशी र जोशीपछिको वरियतामा रहेका सर्वोच्चकै वरिष्ठतम न्यायाधीश मिश्रको संयुक्त इजलासले काठमाडौंको हाँडीगाउँमा रहेको करीब अर्ब पर्ने ३६ रोपनी ६ आना सार्वजनिक जग्गा नक्कली मोहीका नाममा दर्ता गर्न आदेश दिएको खबर यसअघि नै सार्वजनिक भएको थियो ।

 

उनीबारे अन्य विषयहरु पनि विवादित छन् । स्राेतले भनेकाे छ,  ‘उनीपछि आउने चोलेन्द्र शमशेर पनि चोखो छैनन् ।’ एक अपहेलना मुद्दाको सुनुवाईको बेञ्च अवरुद्ध गरेपछि चोलेन्द्रशमशेर जवरालाई संसदीय सुनुवाईमा अनुमोदन नगर्ने सम्मका चर्चा यसअघि नै भएका थिए ।

 

तर, अहिले सरकारको नेतृत्व नेकपाको हातमा छ। तर, समस्या प्रधानन्यायाधीश हुने व्यक्तिको छविमा मात्र नभई सत्ताको नेतृत्व गरिरहेको नेकपा भित्रै पनि छ। पुष्पकमल दाहालको लबिङ मिश्रलाई बनाउनु पर्दछ भन्ने छ । त्यसैकारण पनि चोलेन्द्रको भविष्य ठिक नभएको बताउँछन्, उनका निकटस्थहरु ।

 

प्रधानमन्त्री ओलीको रणनीति मुताबिक दाहालले कतिपय व्यक्तिलाई सर्वोच्चमा प्रधानन्यायाधीशमा रोलक्रम मिचिन सक्ने सङ्केत गरेका छन् । यस्तै, वाणिज्यमन्त्री मातृका यादवले मिश्रलाई प्रधानन्यायाधीश बनाउनु पर्ने माग प्रचण्डासामु राखिसकेको छन् ।

 

मधेसबाट प्रतिनिधित्व गर्ने विपक्षी दलका नेतासमेत मिश्रलाई प्रधानन्यायाधीश बनाउने लविङमा लागेका छन् । त्यति मात्रै होईन पूर्व प्रधानन्यायाधीश रामकुमार प्रसाद साह समेत मिश्रलाई प्रधानन्यायाधीश बनाउनुपर्छ भन्ने पक्षमा छन् ।

 

रामकुमार प्रसाद साह न्याय परिषद् सदस्य हुँदा दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायलाई सर्वोच्चमा ल्याउने परिषद्को निर्णयमा नोट अफ डिसेन्ट लेख्ने व्यक्ति हुन् । मिश्रकाे कार्यकाल पाँच महिनामा मात्रै भएपनि त्याे समयसम्म परिस्थिति अर्कै भईसक्न अाँकलन गरिएकाे छ । मिश्र प्रधानन्यायाधीश भए त्यसपछिकाे राेलक्रम मिचिने सम्भावना बढी रहेकाे स्राेतले बताएकाे छ ।

 

मिश्र गजबकाे गाेटी बन्ने छन् । उनकाे घनिष्टता थानीय तहको निर्वाचनबाट नेकपाका शीर्ष नेता दाहालसँग अझ बढ्याे । चर्चित भरतपुर प्रकरणमा उनले लगाएको गुन पनि तिर्नु छ, दाहाललाई । मिश्रले नै दोस्रो चरणको निर्वाचनबाट प्रचण्डपुत्री रेणुलाई भरतपुरको मेयर बन्ने बाटो खोलिदिएका थिए ।

 

अर्थात् भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदानको आदेश गर्ने बेञ्चको नेतृत्व उनैले गरेका थिए । मिश्र प्रधानन्यायाधीश भए चोलेन्द्रलाई सोझै पाखा लगाउने वा आफु अनुकुल ढाल्ने रणनीति सत्ताधारी नेकपाले नै तय गर्ने बुझिँदै छ । कारण चोलेन्द्रले ३ वर्ष भन्दा बढी नेतृत्व गर्न पाउनेछन्, सर्वोच्चको ।

 

उनी पाखा नलागे, तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सर्वोच्च प्रवेश गराएका तत्कालीन एमाले सांसदको पालो आउन ढिलाई हुनेछ । स्रोत भन्छ, ‘जोशी पछिका दुई जनाको भविष्य पनि जाेखिमै छ । त्यसैले अबको नेतृत्व छनोटमा अझ नयाँ दृष्य देख्न पाईने छ ।’

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न