डोल्पाको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थी पाँच शिक्षक



हाम्रो इकोनोमि

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् ।

उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि पाँचै शिक्षकको दरबन्दी छ ।

स्थापनाकालदेखि उक्त विद्यालयमा कक्षा कोठा, खानेपानी र शौचालय नहुँदा दैनिक समस्य पर्दै आएको छ । आधारभूत आवश्यकता नहुँदा बर्सेनि विद्यार्थीको संख्या घट्दै गएको छ ।

विद्यालयको समस्या समाधान नभएको भन्दै विद्यालय छोडेर एक घण्टा बाटो हिँडेर त्रिपुराकोट बगरमा रहेको फोक्सुन्डो मदरल्यान्ड बोर्डिङ स्कुलमा अधिकांश विद्यार्थी जाने गरेको अविभावक भीमबहादुर उखेडाले बताउनुभयो ।

विद्यालयमा पढाउने केही शिक्षकले पनि छिमेकी गाउँको विद्यालयमा पढाइरहेको शिक्षिका रामकुमारी शाहीले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक पुष्पराज महत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्नबहादुर नेवारले विद्यालयको अवस्था सुधारका लागि खासै चासो नदिएको उहाँको आरोप थियो ।

विद्यार्थी र शिक्षकले खुला ठाउँमा दिसा र पिसाब गर्ने गरेको स्थानीयवासीले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...