१५ सय कर्मचारीमाथि प्रधानमन्त्रीले थाले छानबिन, जोशीलाई प्रधानन्यायाधीश पद निल्नु न ओकल्नु



 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक वर्षको अवधिमा विदेश भ्रमण गएका एक हजार पाँचसय भन्दा बढी कर्मचारीको भ्रमण औचित्यमाथि छानबिन थालेको छ । गत आर्थिक वर्ष २०७४ साल १ साउनदेखि २०७५ असार मसान्तसम्म विदेश भ्रमणमा गएका कर्मचारीबारे छानबिन थालिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

 

कार्यालयका अनुसार एक वर्षको अवधिमा विदेश गएकामध्ये अधिकांशको विवरण प्राप्त भइसकेको छ भने केहीले विवरण दिन अटेर गरिरहेका छन् । यो संख्या अझै बढ्न सक्ने कार्यालयले जनाएको छ ।

 

प्रधानमन्त्री कार्यालयका अनुसार सो अवधिमा निजामतीतर्फ झण्डै एक हजार र सुरक्षाकर्मी (प्रहरी र सेना) तर्फ ५ सय गरी १५ सय कर्मचारीहरू विदेश भ्रमणमा गएका छन् । विदेश भ्रमणमा जानेमा आधाभन्दा बढी सरकारका सचिव, सहसचिव र उपसचिवहरू छन् भने सेना तथा प्रहरीमा पनि उच्च पदस्थ नै बढी छन् ।

 

केही सचिव र सहसचिवहरू भने एक वर्षमा चार–पाँच पटकसम्म पनि दोहो¥याएर विदेश गएको पाइएको कार्यालय स्रोतले जानकारी दिएको छ ।

 

प्रधानन्यायाधीशको नाम अनुमोदनमा भएको ढिलाई र संसदीय सुनुवाइ समितिले निर्णय लिन नसकेको विषयलाई आजका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् । निर्णयमा ढिलाइ हुँदा विभिन्न अड्कलबाजी पनि हुन थालेको छ । यसैक्रममा समितिका सदस्यमाथि आक्रमण पनि भएको छ ।

 

नेपाल समाचारपत्रका अनुसार दुई तिहाई लिएर सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टीसामु गरेको बाचा पूरा नगर्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई अहिले कायममुकायम प्रधानन्यायाधीश पद पनि निल्नु न ओकल्नु भएको छ ।

 

एक उच्च स्रोतका अनुसार वर्तमान सरकारले केही दिनअघि पूर्ववर्ती देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्नुअघि जोशीसँग सोका विरुद्ध अदालतमा रिट परेमा ती सबै रिटउपर कुनै निर्णय नलिने सहमति भएको थियो तर सरकारले गरेका ती निर्णयविरुद्ध पूर्व सरकारका राजनीतिक नियुक्तिधारीहरू सर्वोच्च अदालत जानेवित्तिकै त्यसउपर देउवा सरकारकै निर्णयलाई नैतिक बल पुग्ने गरी अन्तरिम आदेश जारी भयो ।

 

‘त्यहीबेलादेखि सरकारसामु जोशीले विश्वास गुमायो र उहाँ अहिले आफ्नै कारण पनि विवादमा मुछिनुभयो’ समाचार स्रोतले भन्यो–खासगरी यसको ‘इनिसियसन’ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम सरकारका प्रवक्ता गोकुल वास्कोटाले लिनुभएको थियो ।’

 

नेपाल समाचारपमा प्रकाशित समाचारमा लेखिएको छ, नेकपाका एक नेताले पनि समाचार स्रोतको उच्च दावीलाई पुष्टि गर्ने गरी आफ्नो अभिव्यक्ति दियो । उक्त स्रोतले जोशी धेर बिबादमा तानिसकेकाले अब नयाँ प्रकृयाबाट प्रधानन्यायाधीश नियुक्त गरिने दावी गरे । ‘जोशीको नाम अनुमोदन गर्नुपर्ने अवस्था आएमा महाभियोग लगाएर हटाउने हाम्रो पार्टीको तयारी छ’, उक्त स्रोतले दावी गर्यो ।
 

सुन तस्करीको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस

सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।

 

सुन तस्करी र संगठित अपराधका विभिन्न पाटालाई केलाएर तयार पारिएको सो प्रतिवेदन ७५२ पृष्ठको छ । समितिले सुझाव, घटना विवरण, तथ्य र सम्भावनासहितका विषय समेटेर चार महिनासम्म गरेको अनुसन्धानलाई समेटेको छ ।

 

गत माघमा दुबईबाट नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको र फागुनमा सनम शाक्यको हत्या भएपछि विसं २०७४ चैत २० गते मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि समिति गठन गरेको थियो । सुन तस्करी र सनम हत्यापछि ७५ जनाविरुद्ध अभियोजन मुद्दा दायर भएको छ भने ४५ जना पक्राउ परिसकेका छन् ।

 

सांसद पालमाथि आक्रमणको निन्दा, सुरक्षा व्यवस्था गर्न निर्देशन
संसदीय सुुनुवाइ समितिलेको बैठकले मंगलबार  बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरूको सुरक्षाको व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएको छ ।
समितिका संयोजक लक्ष्मणलाल कर्णले सांसद पालमाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना गरेको र सांसदहरूको सुरक्षाका लागि संसद् सचिवालयलाई पहल गर्न निर्देशन दिएको बताए । समितिका सदस्यमा सुरक्षा खतरा देखिएपछि सात जना सदस्यलाई सुरक्षाको व्यवस्थासमेत गरिएको छ ।

सांसद निरुदेवी पालमाथि मंगलबार साँझ ८ः१५ बजे दूध लिनका लागि मध्यबानेश्वरस्थित निवासबाट घर बाहिर निस्कएका बेलामा आक्रमण भएको थियो ।

 

 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि २२ वटा संशोधन दर्ता 
सरकार र प्रा डा केसीका बीचमा यही साउन १० गते भएको नौबुँदे सहमतिका बुँदानुसार नै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि एकल तथा संयुक्तगरी २२ वटा संशोधन दर्ता भएको छ । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो ।

 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको सो विधेयकमाथि बुधबार दिउँसो २ः०० बजेसम्म सांसदलाई संशोधनको समयसीमा रहेको थियो ।

 

प्रदेश नं १ : दुई विधेयक पारित
प्रदेश नं १ को प्रदेश सभाको बुधबार बसेको बैठकले  दुई वटा विधेयक पारित गरेको छ । बैठकले जिल्ला सभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको हो ।

जिल्ला सभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकबारे सभासद्बीच विमति भएपछि न्याय प्रशासन तथा विधायन समितिमा छलफल गरी प्रतिवेदन तयार पारेर विधेयकमा समावेश गरिएको थियो ।

 

कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने 
रष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बिहीबार सार्वजनिक गर्ने जनाएको छ । बुधबार सार्वजनिक गर्ने तयारी भएको भएपनि केही प्राविधिक कारणले गर्दा कक्षा १२ को परीक्षाफल बिहीबारमात्रै प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

बोर्डले यस वर्ष पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ ( अक्षराङ्कन) सिस्टममा प्रकाशित गर्न लागेको हो । गत वैशाख १४ गतेदेखि भएको कक्षा १२ को परीक्षामा नियमित तर्फ ३ लाख र आंशिक तर्फ १ लाख गरी कूल ४ लाख विद्यार्थीहरु सहभागी थिए ।

 

सिंहदरबारमा व्यापार गर्दै खानेपानी संस्थान
काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ । संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार सुरु गरेको हो । उसले हाल गृह मन्त्रालयलगायत अन्य केही कार्यालयमा जारको पानी बेचिरहेको छ ।

 

खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले आफूहरूले उत्पादन गरेको पानीको माग बढेको बताए । तर, जनशक्ति अभावका कारण दैनिक १ सय ५० जार मात्रै उत्पादन गर्दै आएको बताए । ‘माग त धेरै छ, तर मागअनुसार उत्पादन गर्न सकिएको छैन,’ उनले भने, ‘कम्तीमा सिंहदरबारलाई पुग्ने गरी उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।’, नयाँ पत्रिकामा खबर छ ।

 

फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन महासंघको माग
नेपाल पत्रकार महासंघले फौजदारीसंहिताको कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्न सक्ने भन्दै सञ्चार माध्यम र संचारकर्मीका लागि उक्त फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

 

महासंघ केन्द्रीय समितिको बुधबार बसेको बैठकले पछिल्ला दिनमा प्रकाशित÷प्रसारित समाचारलाई लिएर विद्युतीय कारोबार ऐनअन्तर्गत सञ्चारकर्मी र सञ्चारमाध्यममाथि कानूनी कारबाही बढेकाले त्यस्तो कामकारबाही रोक्न माग गरेको हो । बैठकले महासंघको गण्डकी प्रदेश समितिले एक संस्थासँग सहयोग माग गरी दिएको निवेदनमाथि आफूखुशी तोक लगाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्यले महासंघको प्रतिष्ठामाथि गम्भीर क्षति पुर्याएको भन्दै आगामी दिनमा त्यस्ता गैरजिम्मेवार कार्य नदोहो¥याउन सचेत गराएको छ ।

 

म्यानपावर व्यवसायीबीच विवाद
सरकारले कम्पनी इजाजतको धरौटी रकम रु ६ करोड पुर्याउने प्रस्ताव ल्याएपछि म्यानपावर व्यवसायीबीच नै विवाद उत्पन्न भएको छ । बुधबार भएकोे म्यानपावर व्यवसायीको वृहत भेलामा वैदेशिक रोजगार व्यवसायी संघ नै सरकारको रु ६ करोड धरौटी र्पुयाउने पक्षमा रहेको आरोप लगाउँदै व्यवसायीले विरोध गरेका छन् ।

 

भेलामा अध्यक्ष रोहन गुरुङले बोल्दै गर्दा कांग्रेस पक्षधर व्यवसायीले कार्यक्रममा विरोध जनाएका थिए । उनीहरुले अध्यक्ष नै मन्त्रीको निर्णयको पक्षमा रहेको आरेप लगाउँदै आफू बसेको स्थानबाट उठेर बिरोध जनाए । गुरूङ नेकपा निकट व्यवसायी हुन् । व्यवसायीको पक्षबाट वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी सदस्य रहेकी सीता देवकोटाले संघको भूमका शंकास्पद रहेको भन्दै अध्यक्षको राजीनामा माग गरिन् ।

 

कांग्रेसद्वार रिट दायर
प्रदेशसभाका सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै ५ नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रिट दायर गरेको छ । उच्चअदालत तुलसीपुर बुटवल इजालसमा कांग्रेसबाट उपसभामुख पदकी उम्मेदवार बनेकी रिना नेपाल विश्वकर्माले रिट दायर गरेकी हुन् ।

प्रदेशसभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत हुनेहुँदा पुनः निर्वाचन गरेर फरक–फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै आफूले रिट दायर गरेको उनले जानकारी दिइन् ।

 

विश्वविद्यालयले दिएको आठ सम्बन्धन खारेज
कृषि तथा वनविज्ञान विश्वविद्यालयले दिएको आठ कलेजको सम्बन्धन खारेज भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले फेसवुकमा स्टाटस् लेखेर यो जानकारी दिएका हुन् ।

चितवनको भरतपुरमा रहेको कृषि तथा वन अध्ययन विश्वविद्यालयको कार्यकारी समितिले ८ वटा निजी क्याम्पसहरुलाई बिना छलफल सम्बन्धन दिएको थियो । त्यसपछि यसको विरोध शुरु भएको थियो ।

 

संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालाबारे छानबिन समिति गठन
सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले स्वीकृति नलिई विदेश जान लागेको र उनीमाथि परेका विभिन्न आर्थिक अनियमितताका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न चार सदस्यीय समिति गठन गरेको छ ।

 

उपकुलपति प्रा.डा कोइरालाको विश्व संस्कृत सम्मेलनमा सहभागी जनाउने प्रक्रियामा भए गरेका विषय र विश्वविद्यालयसम्बन्धी परेका विभिन्न उजुरी तथा गुनासाको सम्बन्धमा आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न प्रा.डा राममान श्रेष्ठको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेको हो ।

 

गत असार २३ गते १७औँ विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्रालयबाट बिदा स्वीकृत नगराइएको पाइएपछि उपकुलपति कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो ।

 

ब्याटिङ नचल्दा नेपालको हार, सोमपाल र ज्ञानेन्द्रले बनाए नयाँ रेकर्ड
पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

 

जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा समेटियो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको महत्वपूर्ण साझदोरी गरेपनि त्यसपछिका ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा नेपालले हार बेहोर्नु परेको हो ।

 

सोमपाल र ज्ञानेन्द्रले बनाए नयाँ रेकर्ड
नेपालका बलर सोमपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । सोमपालले तेस्रो ओभरको तेस्रो बलमा नेदरल्याण्डका ओपनर ब्याट्सम्यान ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गर्दै अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेटमा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका हुन् ।

यसैगरी ज्ञानेन्द्र मल्लले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा नेपालका तर्फबाट पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् । ओपनिङ ब्याट्म्यानका रूपमा मैदान आएका मल्लले आठ चौकाको मद्दतले ५६ बल खेल्दै अर्धशतक पूरा गरेका हुन् । उनी ५१ रनमा आउन भए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति