बालीका बलात्कारीलाई यसरी छाडेका थिए जोशीले ,गाँजा काण्डमा पनि लिम्बूलाई सफाइ



 

संसदीय सुनुवाई विशेष समितिमा अहिले केही बेरमा प्रस्तावित प्रधानन्यायाधिश दीपकराज जोशीका विषयमा सुनुवाईको निर्णय सार्वजनिक हुदैछ । उनको नाम पारित हुने सम्भावना कम रहेको बताइदै आएको छ । समितिले उनको नाम सुनुवाईबाट अनुमोदन गर्न नसक्नुको कारण खोजिरहेको छ भने धेरै नै विवाद भए उपसमिति बनाउनेसम्मको निर्णय गर्न सक्ने बताइएको छ । यद्यपी यस विषयमा उनका केही पुराना फैसला आएका छन् । जसमा उनले गरेको कतिपय निर्णय सर्वोच्च अदालतले उल्टाईदिएको पनि छ ।

 

यस्तै एउटा मुद्धा दिपायलको मुख्य न्यायाधीश हुँदाको रहेको छ । अहिले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने अवाज संसदमा समेत उठिरहेका बेला जोशीको एउटा विवादस्पद निर्णय सार्वजनिक भएको छ । पुनरावेदन अदालत दिपायलको मुख्य न्यायाधीश हुँदा जोशीले बालिका बलात्कार सम्बन्धी मुद्दाका अभियुक्तलाई पहिलो दृष्टिमै थुनामुक्त गर्न आदेश दिएका थिए । उनले २०६८ माघ २९ गते कैलाली कारागार निरीक्षणका क्रममा बालिका बलात्कारका अभियुक्तलाई थुनामुक्त गरेका थिए ।

 

धनगढी बसपार्कमा सुस्तमनस्थितिकी १३ वर्षीया बालिकामाथि २०६८ जेठ २ गते सामूहिक बलात्कार भएको थियो । जिल्ला अदालतको आदेशमा बलात्कारका अभियुक्त कैलाली कारागारको थुनुवामा रहेका थिए । कैलालीको मसुरियाबाट बालिका उठाएर बसमा राखी धनगढी पुर्याएर बलात्कार गरिएको थियो । बालिकाकी आमाले प्रहरीमा काले साउद, हरि चौधरी र अन्यविरुद्ध जाहेरी दिएकी थिइन् ।

 

कानूनीमा भएको व्यवस्था अनुसार कारागार भ्रमणमा आएका मुख्य न्यायाधीश जोशीलाई अभियुक्तले निर्दोष भएको जिकिर गर्दै निवेदन दिएपछि तुरुन्तै निर्णय गरेर धरौटीमा थुनामुक्त गरिएको थियो । अभियुक्त किरण चौधरी र विवेक शाहीलाई २०–२० हजार रुपैयाँ धरौटी लिएर छाडिएको थियो । जोशीले कारागारमा पुगेर आफ्नो अधिकार त उपयोग गरे । तर, न्यायको संवेदनशीलतालाई ख्याल गरेनन् ।

 

मुख्य न्यायाधीश जोशीको आदेशविरुद्ध सरकारले सर्वोच्च अदालत गुहार्यो । सर्वोच्चले २०६९ भदौ २९ गते जोशीको आदेश कानून विपरीत भएको ठहर गर्दै उल्ट्याइदियो । न्यायाधीश सुशीला कार्की र भरतराज उप्रेतीको संयुक्त इजलासले जोशीको आदेश बदर गरिदिएको थियो ।

 

इजलासको आदेशमा लेखिएको छ, ‘प्रतिवादीहरू विवेक शाही र किरण चौधरीले करणी गर्ने इच्छा राखेको तर करणी गर्न नपाएको भन्दै अदालतसमक्ष साविती बयान गरेको पाइन्छ । यसरी पालैपालो करणी गर्न पालो कुरेर बसेको साविती बयान रहेको अवस्थामा यी प्रतिवादीहरू निर्दोष रहेछन् भनेर अहिल्यै भन्न मिलेन । प्रमाण बुझ्दै जाँदा पछि ठहरेबमोजिम हुने हुँदा हाल प्रतिवादीहरू काले भन्ने किरण चौधरी र विवेक शाहीलाई अ।व ११८ को देहाय २ बमोजिम थुनामा राखी पुर्पक्ष गर्नू ।’

 

सर्वोच्चको आदेश हुँदासम्म अभियुक्तहरू फरार भइसकेका थिए । कैलाली जिल्ला अदालतबाट २०७० जेठ १३ गते मुद्दाको फैसला भयो । ४ अभियुक्तमध्ये फरार चौधरीसहित ३ जनालाई १० वर्ष र १ जनालाई ७ वर्ष कैद सजाय सुनाएको थियो । अभियुक्तहरू फरार भएका कारण प्रहरीले पक्रन सकेन । जोशीको त्रुटिले जघन्य अपराधका अपराधी फरार भइरहने अवस्था आयो ।

 

जोशीले कारागार निरीक्षणका गरेको आदेशलाई तत्कालीन न्यायपरिषद् सदस्य रामकुमार प्रसाद शाहले २०७१ बैशाख ९ गतेको बैठक राखेको लिखित छुट्टै मत राख्दै लेखेका छन्, ‘सिफारिस गरिएका मुख्य न्यायाधीश दीपकराज जोशी कार्य सम्पादनको स्तर, कार्यक्षमता, विषयवस्तुको ज्ञान न्यून स्तरको रहेको, कारागार निरीक्षणको क्रममा मुद्दाको मिसिल नै नहेरी थुनुवालाई छाड्ने गरेको र माथिल्लो अदालतबाट सचेत गराउँदा समेत सो कार्य दोहोर्याएको समेत कारणबाट निजलाई सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता नदेखिएको ।’

 

गाँजा काण्ड

पुनरावेदन अदालत इलाममा न्यायाधीश हुँदा जोशीले गाँजा लुकाएको अभियोगमा जिल्ला अदालत झापाले दोषी ठहर गरेका हर्कबहादुर लिम्बूलाई सफाइ दिए । पुनरावेदनको फैसलाले असन्तुष्ट सरकारले सर्वोच्चमा मुद्दा पुर्यायो । सर्वोच्चका तत्कालीन न्यायाधीश भैरवप्रसाद लम्साल र बलराम केसीले जोशीको फैसला त्रुटिपूर्ण रहेको ठहर गर्यो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति