मन्त्रिपरिषद् ब्यापक हेरफेर गर्ने तयारी, क कस्को हुने भो जागीर चट् , कानुनमन्त्रीमा ढकाल, पोखरेल र नेम्वाङको चर्चा



 

सत्तारुढ दलबीच चित्त बुझाउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले यसै साताभित्र मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए ।

 

कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको नियुक्ति, भूमि व्यवस्था तथा गरिबी निवारकमन्त्रीको बढुवा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ एकैपटक हुने महासचिव पौडेलले बताए । विवादास्पद अभिव्यक्तिका कारण शेरबहादुर तामाङले कानुनमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालय खाली छ ।

 

‘मन्त्रालयको जिम्मेवारी कसलाई के दिने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘तर टुंगो लाग्ने गरी पार्टीभित्र छलफल हुनसकेको छैन ।’ प्रधानमन्त्री एवं नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छिट्टै टुंगो लगाउने पौडेलले बताए ।

 

कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालय गरी चार मन्त्रालयलाई गाभेर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाइएको थियो । प्रधानमन्त्री ओलीले १० साउनमा साबिकको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर दुई मन्त्रालय बनाएका थिए ।

 

अब चक्रपाणि खनाल कृषि तथा पशुपक्षी मन्त्री मात्र हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई नयाँ गठन गरिएको भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बनाउने तयारी गरिएको छ । अर्याललाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गर्न लागिएको हो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बनेपछि अर्याललाई नयाँ मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।

 

फोरमबाट एक राज्यमन्त्री थपिने
संघीय समाजवादी फोरमबाट एक राज्यमन्त्री बन्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्याललाई अर्कै मन्त्रालयको जिम्मेवारी दिन लागिएपछि अब फोरमबाट राज्यमन्त्री थपिने भएको छ । फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको थियो ।

 

फोरमबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सहकारी विकास मन्त्रीमा मोहमद इस्तियाक राई छन् । एक राज्यमन्त्रीका लागि तीनजना नेता दौडधुपमा लागेको फोरमका एक नेताले बताए । राज्यमन्त्रीका लागि प्रमिला यादव, डा। सुरेन्द्र यादव र प्रदीप यादव लबिङमा लागेका छन् । फोरममा मधेसी समुदायबाट मन्त्री भइसकेकाले जनजाति समुदायबाट राज्यमन्त्री बनाइनुपर्ने दबाब छ ।

 

कानुनमन्त्रीमा ढकाल, पोखरेल र नेम्वाङको चर्चा
नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । उनीहरूमध्येबाटै एकजना मन्त्री हुने सम्भावना देखिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

 

ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ ३, पोखरेल चितवन २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका थिए । प्रधानमन्त्री ओलीसमक्ष जनजाति समुदायबाटै कानुनमन्त्रीमा बनाइनुपर्ने दबाब धेरै छ । तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्न गएका नेपाली महिला विद्यार्थीका विषयमा विवादित अभिव्यक्ति दिएपछि पार्टी नेतृत्वले उनलाई पदबाट राजीनामा दिन दबाब दिएपछि तामाङले ८ साउनमा राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति