पहिलो चरणको आन्दोलन सकियो, अब काङ्ग्रेस सरकार विरुद्ध कसरी आउँछ ?, सडकबाट भाग्दै



 

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले सरकारका काम कारवाहीको विरोधमा देशका ७७ वटै जिल्लामा प्रदर्शन गरेर पहिलो चरणको आन्दोलन सम्पन्न गरेको छ ।

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै काङ्ग्रेसले सडक र सदन दुवैतर्फबाट आन्दोलन चर्काउने पूर्वघोषणा गरेअनुरुप मंगलबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो ।

 

गत साउन १ गते पदाधिकारी बैठक बसेर काङ्ग्रेसले साउन १५ सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । साउन ३, ५ र ८ गते काङ्ग्रेसका भातृ संगठनको अगुवाईमा माइतीघर र बानेश्वरमा भएका विरोध प्रदर्शनमा डा.गोविन्द केसीका माग प्राथमिकतामा थियो ।

 

डा.गोविन्द केसी र सरकारबीच सहमतिपछि काङ्ग्रेसले आफ्नो आन्दोलन अन्य विषयमा केन्द्रीत गरेको थियो । पहिलो चरण अन्र्तगत साउन १५ मा देशभरका जिल्ला सदरमुकाममा गरेको विरोध प्रदर्शनमा उल्लेख्य सहभागिता रहेको भन्दै आन्देलनमा जनसमर्थन प्राप्त भएको काङ्ग्रेसको दावी छ ।

 

तत्काल सडकका कार्यक्रम नआउने

पहिलो चरण अन्र्तगत साउन १५ सम्मको कार्यक्रम सकेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा चाँडै पदाधिकारी बैठक बसेर निर्णय गर्ने काङ्ग्रेसले जनाएको छ ।  यद्यपी तत्काल सडक संघर्षका कार्यक्रम घोषणा नगर्ने काङ्ग्रेसले जनाएको छ ।

 

काङ्ग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पहिलो चरणको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणका कार्यक्रम घोषणा गर्ने या नगर्ने भन्ने चाँडै निर्णय गरिने बताए । ‘तत्काल सडकका कार्यक्रम घोषणा हुँदैनन्, बैठकपछि निर्णय हुन्छ ’ शर्माले रातोपाटीलाई बताए ।

 

अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी कार्यक्रमबारे छलफल गरेर निर्णयमा पुग्ने पनि प्रवक्ता शर्माले बताए । आजको विरोध प्रदर्शनमा सालाखाला देशभर ५ लाख मानिस सडकमा उत्रिएको दावी गर्दै उनले काङ्ग्रेसप्रति जनताको साथ रहेको पुष्टि भएको बताए ।

संसदमा ‘पर्ख र हेर’को नीति 

तत्काल सडक आन्दोलन नगर्ने मनस्थिति बनाएको काङ्ग्रेसले यसअघि डा.गोविन्द केसीसँग सरकारले गरेको सहमति कार्यन्वयनमा सरकारको व्यवहारिक पक्ष हेर्ने र त्यसै अनुसार संसदमा प्रस्तुत हुने रणनीति बनाएको छ ।

‘डा. केसीसँग गरेको सहमति अनुसार सरकार अघि बढ्छ या बढ्दैन ? केही दिन संसदमा पनि हेर्छौँ । यदि सहमतिको पालना भएन भने संसद अवरोध गर्ने विकल्प हामीसँग रहन्छ’ प्रवक्ता शर्माले भने, ‘संविधानको पालना गर्ने विषयमा पनि काङ्ग्रेस उतिकै सचेत भएकाले सभामुख र उपसभामुखको विषयमा पनि काङ्ग्रेसले केही दिन पर्ख र हेर को नीति लिने छ ।’

 

काङ्ग्रेसले सत्तापक्षलाई सभामुख र उपसभामुख मध्ये एक छाड्न दवाव दिदै आएको छ । उसले संविधानको पालना गर्न पनि सत्तापक्षले सभामुख र उपसभामुखमा एक पद छाड्नुपर्ने दावी गर्दै आएको छ ।

 

सभामुख–उपसभामुख र डा.गोविन्द केसीसँगको सम्झौताबारे एक सातासम्म अध्ययन गर्ने तयारीमा रहेको काङ्ग्रेस त्यसपछि भने आन्दोलनमा जान सक्छ ।

काँग्रेसले ‘सरकार नसच्चिए बर्षा, भेल नभनि सडक र सदन दुवैको माध्यमबाट आन्देलनमा होमिने’ दावी गरेको छ ।

 

‘मध्य बर्षा साउन १५ मा त जनताले यति साथ दिएका छन् भने अव त विस्तारै वर्षायाम पनि सकिन्छ । त्यसपछि हामी दुवै मोर्चाको प्रयोग गर्न पछि पर्दैनौँ । तर, त्यो स्थिति नआओस् भन्ने हाम्रो कामना छ  प्रवक्ता शर्माले भने ‘सरकार सच्चिनुपर्यो, संविधानको पालना हुनुपर्यो, जनताका आधारभुत आवाश्यक्ताप्रति सरकार सम्बेदनशील होस् भन्ने हाम्रो माग हो ।’

 

गत साउन १ गते काङ्ग्रेसले ओली नेतृत्वको सरकार अधिनायकबादतर्फ उन्मुख भएको तथा जनबिरोधी काम गरेको भन्दै सरकारलाई खबरदारी गर्न सांकेतिक रुपमा देशब्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति