प्रस्तावित प्रधानन्यायाधीश जोशीको पक्षमा किन लागे सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे ?



 

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएका र अनेक विवादित फैसला गरेका प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन नगर्न चौतर्फी दबाब परिरहेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली प्रमाणपत्र नैै नक्कली भएको कुरा आएपछि जोशीको अनुमोदन नगर्ने पक्षमा पुगेको समाचार बाहिर आएको छ ।

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि जोशीको नियुक्ति गर्ने पक्षमा नभएको बताइन्छ । तर जोशीलाई अनुमोदन गराउन नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ र सदस्य सुरेन्द्र पाण्डेले चर्को लबिङ गर्न थालेका छन् । जोशीले गरेको फैसलाका कारण विगत १ बर्षमा राष्ट्रको ५ अर्ब राजस्व असुली हुन नसकेको, ४ बर्षदेखि अन्तरिम आदेशका आधारमा नियामवली अनुसार क्यासिनो संचालन हुन नसक्दा देशले २ अर्ब राजस्व नोक्सानी बेहोर्नुपरेको थिया ।नयाँपेजबाट

 

बालुवाटारको प्रधानमन्त्री निवाससँगै मुआब्जा दिएर अधिग्रहण गरेको १४२ रोपनी ललिता निवासको जग्गालाई मालपोत कार्यालय डिल्लीबजारले गैरकानुनी रुपमा गुठी कायम गरेको कुरालाई दीपक जोशीले फैसलामार्फत् सही ठहर गरेका थिए ।

 

काठमाडौं हाँडीगाउँको ३६ रोपनी जग्गामा कीर्ते मोही खडा गर्नेको पक्षमा फैसला गरेको, तनहुँ भीमादको १४ सय रोपनी सरकारी जग्गा मेलमिलापमा पठाई ब्यक्तिका नाममा कायम गर्न प्रयास गरिरहेका जस्ता धेरै गम्भीर प्रकृतिका मुद्दा आर्थिक लेनदेनका आधारमा फैसला गर्ने दीपक जोशीको पक्षमा सुवास नेम्वाङ किन लागेका हुन् ? यो प्रश्न नेकपामै उठेको छ ।

 

पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिता लागू भइसकेपछि र चुनावमा पराजीत भइसकेपछि गरेका नियुक्ति वर्तमान सरकारले खारेज गरे पनि दीपक जोशीले सबैलाई अन्तरिम आदेश दिएको कुरा समेत भुलेर नेम्वाङ र पाण्डे जोशीको नियुक्ति हुनैपर्ने पक्षमा लागेको स्रोतले बताएको छ । पाण्डे सुनुवाई समितिमा पनि छन् ।

 

दीपकराज जोशीलाई सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्ति गर्ने निर्णय गर्दा तत्कालीन न्यायपरिषद सदस्य रामकुमारप्रसाद साहले उनमा कार्यक्षमता अभाव रहेको भनी नोट अफ डिसेन्ट लेखेका थिए । साह त्यतिबेला सर्वोच्चका बरिष्ठतम न्यायाधीशका हैसियतले न्यायपरिषद सदस्य थिए । साहले कार्यक्षमता नभएको भनिएका दीपक जोशी, गोपाल पराजुली, चोलेन्द्रशमशेर राणाहरुको नियुक्ति धेरै विवादमा परेर सुनुवाई समितिबाट ७५ दिनपछि पास भएको थियो ।

 

सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे किन जोशीको पक्षमा लागे ? यो कुरा भने नेकपाका कार्यकर्ताले बुझ्न सकेका छैनन् । नेम्वाङ र जोशी ल क्याम्पसमा सँगै अध्ययन गरेको कारण बताउने गर्दछन् । पाण्डेलाई सुनुवाइकै पेरिफेरीमा जोशीले धुम्बाराहीमै भेटेपछि उनी जोशीको नियुक्ति अनुमोदन गर्न सकारात्मक भएको चर्चा छ । जोशीले प्रधानन्यायाधीश निवास बालुवाटारमा भेट गर्दा मिडियामा जाने भएपछि धुम्वाराहीस्थित घरबाटै सुुनुवाई समितिका सांसदहरुलाई भेट्नेदेखि प्रभावमा पार्ने काम गर्दैआएका छन् ।

 

पक्षमा नियमावली अनुसार दर्ता नगरी अन्तरिम आदेशका भरमा क्यासिनो संचालन गर्ने किशोर सिलवाल, सुरेन्द्रबहादुर सिंह, तप्तबहादुर बिष्ट, मेरीगोल्ड दरबारमार्गका सुरेश श्रेष्ठ, दीपक मल्होत्राहरु करोडौं रुपैयाँ खर्च गर्न पनि तयार भएर बसेको स्रोतले बताएको छ । क्म्यासिनोको २ अर्ब राजस्व तिर्नुपर्ने मिनाहा गराउने सर्तमा २० औं करोडको थैली भेटी बुझाएर भएर जोशीको नियुक्ति अनुमोदन गराउने चलखेल भइरहेको स्रोतको दाबी छ । संसदीय सुनुवाइ समितिको बैठक सोमबार २ बजेका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति