एक मन्त्रीका लागि आधा दर्जन नेताको दौडधुप, ओलीको खल्तीमा छन यस्ता नाम



हाम्रो इकोनोमि

 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि नेपाल कम्युनिष्ट पार्टीभित्र (ने क पा)भित्र नयाँ मन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ। यसका लागि नेकपाका आधा दर्जन सांसदहरू शिर्ष नेताकोमा धाउने क्रम जारी रहेको छ। उता नयाँ मन्त्री छनोटमा नेतृत्व पनि तयारी गरिरहेको छ।

 

कानुनमन्त्रीका लागि झन्डै आधा दर्जन सांसदहरूको नाम चर्चामा रहेको छ र को मन्त्री होला भन्नेबारे अड्कल काट्न थालिएको छ। नयाँ कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू कृष्णभक्त पोखरेल, भानुभक्त ढकाल र नारदमुनी रानाको नाम चर्चामा छ। यी हुन् चर्चामा रहेका अनुहार मोरङ ३ बाट निर्वाचित नेकपा सांसद ढकाललाई अबको कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका रुपमा हेरिएको छ।

 

विसं २०१८ सालमा तेह्रथुमको ओख्रेमा जन्मिएका ढकाल दोस्रो संविधानसभा निर्वाचन २०७० मा समानुपातिक तर्फबाट सभासद भएका थिए। संसदमा एमालेका प्रमुख सचेतक समेत भएका नेता ढकाल एमालेमा पोलिटब्युरो सदस्य समेत भइसकेका नेता हुन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि कृष्णभक्त पोखरेलको नाम पनि अगाडि आएको छ।

 

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित पोखरेल एमाले चितवनका पार्टी अध्यक्ष समेत हुन। २०७० सालको दोस्रो संविधानसभको निर्वाचनमा सदस्य भएका पोखरेललाई संसदीय र कानुनका राम्रो जानकारका रुपमा लिइन्छ। उनको संसदमा पनि त्यहीँ खालको भूमिका रहँदै आएको छ।  यसअघि संसद्को विधायन समितिमा बसेर काम गरिसकेका पोखरेल तत्कालीन एमालेभित्र माधव नेपाल समूहका नेता मानिन्छन्।

 

कैलाली-५ बाट निर्वाचित नारदमुनी राना पनि मन्त्री पदका दाबेदार हुन्। नेपाली कांग्रेस उम्मेदवार तथा तत्कालिन प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेर चर्चामा आएका राना पहिलो संविधान सभा निर्वाचनमा पनि नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद भएका थिए। राना २०५४ सालमा एमालेको तर्फबाट तात्कालिक धनगढी नगरपालिकाको उप-मेयर समेत भएका थिए।

 

धनगढी उप-महानगरपालिका ८ मा २०२९ सालमा जन्मेका राना विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका हुन्। राना प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली निकटका नेता हुन्। प्रचण्ड ‘फ्याक्टर’ हाबी त्यसैगरी, सांसदहरू यज्ञराज सुनुवार, पार्वत गुरुङ, लालबहादुर थापा, खगराज अधिकारी, गणेशसिंह ठगुन्ना र प्रेम आले पनि आफूलाई मन्त्री बनाउनुपर्ने भन्दै शिर्ष नेतासँग माग गरिरहेका छन्।

 

उनीहरू विभिन्न च्यानलमार्फत शिर्षा नेताकोमा आफ्नो नाममा निर्णय गराउन लबिङ गरिरहेका छन्र।  नेकपाभित्र भने नयाँ  कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका लागि मूल रुपमा दुई नाममा चर्चा भइरहेको छ, कृष्णभक्त पोखरेल र भानुभक्त ढकाल। अन्ततः नेतृत्वले यी दुई मध्ये एकलाई मन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको एक सचिवालय सदस्यले बताए।  ढकाल माधवकुमार नेपाल पक्षका भएपनि पछिल्लो समय प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पनि नजिक पुगिसकेको बताइन्छ।

 

सोही कारण ढकाल मन्त्री बन्ने सम्भावना रहेको पनि अड्कल काट्न थालिएको छ।  त्यस्तै विगतमा नेपाल समूहमा रहेका नेता पोखरेलले पनि पार्टी एकता भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि राम्रो सम्बन्ध बनाएको नेकपाका नेताहरू बताउँछन्। उनीहरूका अनुसार मन्त्री पदका लागि यसै आधारमा प्रचण्ड ‘फ्याक्टर’ हाबी हुने चर्चा छ।

 

अध्यक्ष प्रचण्डको गृहजिल्लाका भएकाले पनि यो ‘फ्याक्टर’ हाबी भएमा पोखरेलको सम्भावना धेरै छ। तर नेकपाले मन्त्री छान्ने जिम्मा नेकपा सचिवालयलाई दिइएको हुनाले यीमध्ये कसको नाम टुंगो लाग्छ त्यो भने सचिवालयले टुंग्याउने नेकपा नेता विष्णु रिजालले जानकारी दिए। ‘मन्त्री कसलाई बनाउने भन्ने कुरा पार्टी सचिवालयले टुंग्याउने कुरा हो। अहिले बाहिर हल्ला मात्रै आएको छ’, नेकपा नेता रिजालले भने ‘सचिवालयले जसको नाम टुंगो लगाउछ ऊ नै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री हुनेछन्।

 

‘ अर्याललाई क्याबिनेटमन्त्री स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेकी पद्मा अर्याललाई मन्त्री बनाउने सहमति नेकपाले गरेको छ। राज्यमन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएकी अर्याल स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव आएपछि भूमिका बिहीन भएकी थिइन्।

 

राज्यमन्त्री अर्याललाई नेकपाले मन्त्री बनाउने सहमति भएको नेकपाका एक नेताले बताए। गएको साउन १० गते बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ हेरफेर गर्दै कृषि तथा पशुपंक्षी मन्त्रालय र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय रहने व्यवस्था गरेपछि यीमध्ये कुनै एक मन्त्रालयको जिम्मेवारी पद्मा अर्याललाई दिने नेकपाको तयारी छ। नेकपाकी केन्द्रीय सदस्य स्याङ्जा २ बाट प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएकी हुन्। ०६४ को संविधानसमा समानुपातिक तर्फबाट सभासद् बनेकी अर्याल तत्कालिन नेकपा एमालेको पहिलो महिला जिल्ला अध्यक्ष बन्ने नेता हुन्।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...