शेरबहादुर र रामचन्दको जुंगाको लडाई : नेताको गोटी बन्दा नेविसंघ विघटनको सँघारमा



 

पार्टी सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेलको जुंगाको लडाईका कारण नेपाली कांग्रेसको भातृंगठन सुसुप्त अवस्थामा रहन पुगेका छन् । यस अघि महिला संघमा पनि दुई नेताका कारण संघमा हात हालाहालको स्थििति सिर्जना भएको थियो । अहिले आएर नेपाल विद्यार्थी संघमा समेत त्यहि अवस्था देखिने भएको छ ।

दुई वर्षको कार्यावधि रहेको नेपाली विद्यार्थी संघ (नेविसंघ) को १२औं महाधिवेसन समयमा हुन नसकेपछि विघटनको सँघारमा पुगेको छ। विधानअनुरुप साउनको २३ मा वर्तमान कार्यसमितीको अवधि सकिँदैछ।

नेविसंघको १२औं महाधिवेसनका लागि अध्यक्षले तत्परता नदेखाएको भन्दै असन्तुष्ट पक्षले साउन २३ मा महाधिवेसनको समय तोकेको थियो। समानान्तर रुपमा चलेको संगठनमा अध्यक्षको सहमति बेगर असन्तुष्ट पक्षले महाधिवेसन डाकेको थियो। दुई पक्षको टकरावका कारण साउन २३ मा महाधिवेसन नहुने निश्चित भएको छ।

नेविसंघको विधानअनुसार बढीमा ३ महिना कार्यावधि थप्न सकिने व्यवस्था छ। ३ महिना समय थप्नका लागि पार्टी केन्द्रीय कार्यसमितीले निर्णय गर्नुुपर्ने हुन्छ। वा, नेविसंघ केन्द्रीय समितीले पार्टी केन्द्रलाई म्याद थप्न माग गर्दै पत्र लेख्नुपर्ने हुन्छ।

 

एक साता मात्रै कार्यकाल बाँकी रहँदासम्म पार्टी केन्द्रीय कार्यसमितीले नेविसंघको म्याद थप्नेबारे निर्णय गरेको छैन। अर्कोतर्फ समयावधि बढाउन नेविसंघले पार्टीलाई आग्रह पनि गरिसकेको छैन।

 

११औं महाधिवेसनपछि विद्यार्थी नेताहरुमा एकले अर्कोलाई स्वीकार नगर्ने परिस्थिति बढ्दै गएर केन्द्रीय समितीको बैठक बस्न नसक्ने अवस्था छ। नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलापक्षका ३ गुट छन्। संस्थापन पक्षको गुटको अगुवाई नेविसंघका अध्यक्ष नैनसिंह महरले गरेका छन्। उपाध्यक्ष प्रकाश राना वरिष्ठ नेता पौडेल नजिक छन् भने महामन्त्री कुन्दनराज काफ्ले नेता सिटौला पक्षधर हुन्।

 

११औं महाधिवेसनमा भागवण्डा मार्फत नेतृत्व चयन भएको थिए। संस्थापन पक्षबाट महर ल्याइएको थियो भने महामन्त्री सिटौला पक्षका काफ्लेले पाएकाथिए । ११औं महाधिवेसनमा संस्थापन समूह र सिटौला समूह एक पक्षमा थिए। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि भने पौडेल र सिटौला पक्षका विद्यार्थी नेता एउटै स्थानमा उभिएका छन्।

 

दुई पक्षको गठबन्धन बनेपछि नेविसंघको केन्द्रीय समितीमा असन्तुष्ट पक्षका ८७ जना पुगेका छन्। केन्द्रीय समितीमा अल्पमतमा रहेका महरले महाधिवेसनको मिती तोक्नका लागि केन्द्रीय समितीको बैठक बोलाउन सकेका छैनन्।

 

साउन २३ सम्म यही कार्यसमितीलाई समय दिएर विघटन गर्ने मनशायमा संस्थापन पक्ष रहेको पार्टीका एक केन्द्रीय सदस्यले बताए। उनले भने, ‘तदर्थ समितीबाट नेविसंघलाई चलाउने रणनीति छ।’ संस्थापनइतर समूह बलियो भएकाले पार्टी सभापति देउवा अधिवेसन नगरी तदर्थमा संगठन परिचालन गर्ने मनस्थितिमा रहेको उनी बताउँछन्।

 

नेविसंघमा पकड गुम्ने भएपछि आफू निकटका विद्यार्थी नेतालाई राखेर तदर्थ समिती गठन गर्ने सोचाइमा पार्टी सभापति रहेको असन्तुष्ट पक्षको आरोप छ। संस्थापन पक्षले संघका अध्यक्ष महरलाई राजीनामा गर्न लगाएर सहज बाटोबाट तदर्थ समिती बनाउन लागेको असन्तुष्ट पक्षको बुझाइ छ।

 

नेविसंघको विवाद मिलाउन भन्दै पार्टी शीर्ष नेताहरुको गत साता बसेको बैठकले कुनै उपलब्धि हासिल गरेन। तदर्थ समिती बनेको अवस्थामा समानान्तर संगठन बनाउने पार्टी नेताहरुले सभापतिलाई चेतावनी दिएका थिए। गत महाधिवेसनका लागि गठन भएको ५ सदस्यीय निर्देशक समितीलाई देउवाले ५ जनाथपेर १० पु¥याएका छन्। दलका केही नेताले ११औं महाधिवेसनको प्रयोजनका लागि गठित निर्देशक समिती परिचालित गर्न नहुने अडान राखेका थिए।

 

डा प्रकाशशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, प्रदीप पौडेल, किशोरसिंह राठोर र गुरु घिमिरे रहेको टोलीमा गगन थापा,नवीन्द्रराज जोशी, एनपी साउद, रञ्जित कर्ण र ऋषिकेशजंग शाहलाई थपिएको छ। ११औं महाधिवेसनको समयमा ११ जिल्लामा विवादका कारण अधिवेसन हुन सकेको थिएन। नेविसंघको संगठन भएका २ हजार क्याम्पसमध्ये करिब ५ सयमा अधिवेसन हुन सकेको थिएन।

 

अधिवेसन हुन नसकेका क्याम्पस इकाइका लागि अधिकांशमा महरले र केहीमा असन्तुष्ट पक्षले पत्र थमाएर कार्यसमिती बनाएका छन्। जसकाकारण समानान्तर संगठन तल्लो तहदेखि नै सञ्चालित छ।

 

महरले केन्द्रीय कार्यसमितीमा आमन्त्रित सदस्य चयन गरेका छन्। संघको विधानमा आमन्त्रित केन्द्रीय सदस्यको व्यवस्था छैन। नेविसंघमा अभ्यास नै नभएको सल्लाहकार समिती पनि महरले बनाएका छन्। केन्द्रीय कार्यसमितीमा २२ जना मनोनित गर्न पाउने अधिकार कुल्चेर २८ जना मनोनित गरेको असन्तुष्ट पक्षको आरोप छ।

 

कांग्रेसका अधिकांश नेता नेविसंघको राजनीतिबाट पार्टीमा प्रवेश गरेकाले धेरै नेताको नेविसंघमा पकड जमाउन खोज्ने प्रवृत्तिले गर्दा नेविसंघभित्र किचलो हुने गरेको विद्यार्थी नेताहरु नै स्वीकार्छन्।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति