सप्तकोशी नदीमा पानीको बहावले खतराको घण्टी बजायो, पश्चिममा ठूलो पानी पर्ने



हाम्रो इकोनोमि

 

 

पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ ।

 

शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।

 

उक्त ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि पानीको बहाव भएपछि खतराको बत्ती बालिने गरेपनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।

 

कोशी ब्यारेज भएर पानी बग्ने क्षमता पाँच लाख क्युसेक प्रतिसेकेण्ड भएकाले दुई लाख क्युसेक पानीको बहाव हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको ब्यारेजको ढोका खोल्नका लागि कोशी ब्यारेज कन्ट्रोल रुमलाई निर्देशन दिइएको निरीक्षण पछि उनले जानकारी दिए ।

 

पश्चिममा ठूलो पानी पर्ने सम्भावना, देशभर बदली

देशभरको मौसम आइतबार पनि दिनभर सामान्यतया बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

पूर्वदेखि पश्चिमका प्राय सबै क्षेत्रमा मौसम बदली भइ हल्कादेखि मध्यम स्तरको पानी पर्ने सम्भावना रहेको मौसमविद वरुण पौडेलले जानकारी दिए । मनसुनी गतिविधि सामान्य अवस्थामा रहेकाले मौसम केही समय खुलेको जस्तो भए पनि फेरि बदली भइ पानी पर्ने सम्भावना छ ।

 

विशेष गरी पश्चिमतिर बेलुकापख ठूलो पानी पर्ने मौसमविद पौडेलले बताए । काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा पनि बदली तथा केही समय मौसम खुल्ने क्रम चल्ने र पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । मौसम अझै केही दिन यस्तै रहने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

    महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित...

बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...