‘सरकारले मार्न खाेज्याे, म मर्न तयार छु’ : डा गोविन्द केसी



हाम्रो इकोनोमि

 

डा गोविन्द केसीले अाफूलार्इ सरकारले मार्न खाेजेकाे अाराेप लगाएका छन्। उनले भने,’सरकारल मार्न खाेज्याे, म मर्न तयार छु।’

३ करोड नेपाली जनताको हितका लागि लड्दै गर्दा मृत्युवरण गर्नुपरे पनि आफू तयार रहेको उनको भनार्इ थियो।

सरकारले कुनै चासाे नदेखाएकाेले डा गोविन्द केसीले अाज स्वास्थ्य परीक्षण गर्न अस्वीकार गरेका छन्।

सरकारले वार्ता गर्न नचाहेको  डा केसीले बताएका उनले भने, ‘डा केसी काठमाडौं आएपछि मात्रै वार्ता हुने बताउनु सरकारको मलार्इ झुक्याउने चाल हो। वार्ता गर्ने चाहेको भए काठमाडौंमै मेरो वार्ता टोली छ।’

 

सत्याग्रहको १४ दिन र आफूले वार्ताका लागि पहल गरेको ३ दिन बितिसक्दा पनि सरकारले कुनै चासो नदिएकाले सरकारले आफ्नो मृत्यु चाहेको उनले बताए।

 

बिहीबार दिउँसो दुर्इपटक अर्ध बेहोसीजस्तो अवस्था देखिएको चिकित्कस बताउँछन्। उपचाररत चिकित्सकहरुका अनुसार ब्रेनसम्म जाने रगतमा अक्सिजन र ग्लुकोजको मात्रा दिनानुदिन कम भएका कारण यस्तो भएको हो। उनीहरुका अनुसार केही दिनसम्म अझै यस्तै रगतको सञ्चार भइरहे डा केसी बेहोस हुने र स्वास्थ्यमा गम्भीर असर पर्ने हुनसक्छ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...