डल्लु आवास क्षेत्रबाट ३१ लाखको सामान चोरेर भाग्ने २ जना पक्राउ



काठमाडौंको डल्लु स्थित आवास क्षेत्रमा रहेको सोनी श्रेष्ठको घरमा कोहि नभएको मौकामा ढोका फोडेर करिब ३१ लाख ३३ हजार मूल्य बराबरका धनमाल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् ।

चोरीमा संलग्न भारतको बिहार राज्य मोतिहारी जिल्ला स्थायी घर भएका करण पोदार र सुरज पोदारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

नेपालमा चोरी गर्नका लागि बिहारबाट समुह नै बनाएर ल्याएका पोदार द्वयले उपत्यकाका विभिन्न स्थानमा कवाडका सामान संकलन गर्ने बहाना बनाएर कोही नभएको मौकामा घरको झ्याल – ढोका फोडेर चोर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत शुक्रवार डल्लु स्थित सोनी श्रेष्ठको घरमा कोही नभएको मौकामा ताला फोडेर उनिहरुले नगद तथा सुनका गहना समेत गरि अन्दाजी ३१ लख ३३ हजार बराबरको धनमाल चोरी गरेको अपराध महाशाखाले जनाएको छ । शनिवार पक्राउ परेका करण र सुरजलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रहरीले उनिहरुको साथबाट ७२ हजार नेपाली रुपैयाँ, चोरी गर्दा प्रयोग हुने फलामको रड, हिराको औंठी, ६ तोला सुनका गहना, सोनी श्रेष्ठको स्थायी लेखा नम्बर कार्ड लगायतका अन्य गरगहना र केही परिमाणमा लागु औषध समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक