रुपेश र जिके नाम बाट चिनिने सुन तस्कर गोरे गाँजाको तालमा यसरी नाच्थ्यो,हेर्नुहोस् लट्ठ गोरेको चर्तिकला



हाम्रो इकोनोमि

तीन हजार ८ सय केजी सुन तस्करी र सनम शाक्य हत्यामा जोडिएको एउटा कुख्यात नाम हो– चुडामणि उप्रेती उर्फ गोरे।
सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जालमा परिचित रुपेश र जिके नाम पनि गोरेकै हाे।

संयुक्त अरब इमिरेटसको दुबईमा भाइ रमेश उप्रेतीको समूहमार्फत सुन तस्करीमा सक्रिय गोरे गाँजाका पारखी हुन्। गायब पारिएको साढे ३३ केजी सुन खोज्ने क्रममा यातना दिन उनी जति क्रुर देखिन्छन्। गाँजामा लठ्ठ हुँदा उनमा त्यसको छनक पनि देखिँदैन। गाँजाको नशामा उनी ‘बिन्दास’, ‘मस्त’ लाग्छन्।

पक्राउ परेका गोरे निकट युवा मोहनराज काफ्ले र टेकराज मल्ल ठकुरीको बयानमा समेत गोरेले सुन खोज्न दिनभर यातना दिए पनि राती नगद दिएर पठाउने गरेको खुलेको थियो। उनले गायब भएको साढे ३३ किलो सुन खोज्न मोरङ उर्लाबारीको जंगललाई अखडा बनाएका थिए। जहाँ पार्टीसँगै यातनाको श्रृंखला चलाइएकाे थियाे। साढे ३३ केजी सुन खाेज्ने क्रममा धरानको निर्भाना क्लबमा समेत गोरेको पार्टी निरन्तर चलेको थियो।

माेरंग जिल्ला अदालतकाे अादेशमा हाल थुनामा रहेका गोरेले यसअघि एउटा अखडामा मस्त हुँदै ‘क्या हुआ तेरा वादा…’ बाेलकाे हिन्दी गीतमा नाचिरहेको भिडियो छ। सन् १९९७ मा रिलिज भएकाे ‘हम किसी से कम नही’काे साे गीतमा उनी मस्त देखिन्छन्।

भिडियोमा गोरेको हातमा पेपर मेड गाँजा छ। सेतो ज्याकेट र ट्राउजरमा रहेका उनको हाउभाउले उनी त्यो समूहको नाइके भएको बुझ्न कठिन हुँदैन।

नेपालखबर बाट

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...