नेबिसंघका दुई थरी गुण्डा बीच त्रिचन्द्र कलेजमा खुकुरी हानाहान,एकको हात च्वाट्टै छिन्यो



हाम्रो इकोनोमि

त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघका दुई पक्षबीच ग्याङ फाइट हुँदा एक विद्यार्थी गम्भिर घाइते भएका छन्।
विद्यार्थीहरुबीच भएको खुकुरी हानाहानमा परी म्यागी गुरुङ गम्भिर घाइते भएका हुन्। उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेका छ। पक्राउ पर्नेहरुमा अनिल तामाङ, सौरभ श्रेष्ठ र सहदेव नेपाल रहेका दरबारमार्ग प्रहरी वृतका डीएसपी दानबहादुर मल्लले जानकारी दिए।

विद्यार्थीहरुको समुहले घाइते गुरुङलाई लखेट्दै कमलादी क्षेत्र पुर्याएको थियो। उनलाई पुनः खुकुरी प्रहार गर्न लखेट्दै गरेको अवस्थामा सादा पोसाकमा रहेका प्रहरीले अभियुक्तहरुलाई नियन्त्रण लिएका थिए।

दुई पक्षीय झडप भएकोले घटनामा अन्य धेरै विद्यार्थीहरुसमेत सहभागी रहेको डीएसपी मल्लले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...