जिप दुर्घटनामा वडाध्यक्षसहित ४ ठहरै,यसरी भयो दुर्घटना



डडेलधुरामा आज बिहान भएको जिप दुर्घटनमा मृत्य हुनेको संख्या ४ पुगेको छ। एक जना घाइतेको डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए।

प्रहरीका अनुसार मृतक चारै जनाकाे सनाखत भएको छ। घटनास्थलमै मृत्यु हुनेमा जिपधनी दिपायल सिलगढी-४ का विनोदकुमार रावल, आर्दश गाउँपालिका–३ का वडाअध्यक्ष प्रेम बोहरा, आदर्श गाउँपालिकाकै लाल बोहरा र जानकी बोहरा रहेका छन्।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप आज डडेलधुराको गन्यापधुरा गाउँपालीका–३ गजरौलामा  दुर्घटना भएको थियो। दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको डोटी र ५ जनाको डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनाको कारणबारे हाल प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट