जिप दुर्घटनामा वडाध्यक्षसहित ४ ठहरै,यसरी भयो दुर्घटना



हाम्रो इकोनोमि

डडेलधुरामा आज बिहान भएको जिप दुर्घटनमा मृत्य हुनेको संख्या ४ पुगेको छ। एक जना घाइतेको डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए।

प्रहरीका अनुसार मृतक चारै जनाकाे सनाखत भएको छ। घटनास्थलमै मृत्यु हुनेमा जिपधनी दिपायल सिलगढी-४ का विनोदकुमार रावल, आर्दश गाउँपालिका–३ का वडाअध्यक्ष प्रेम बोहरा, आदर्श गाउँपालिकाकै लाल बोहरा र जानकी बोहरा रहेका छन्।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप आज डडेलधुराको गन्यापधुरा गाउँपालीका–३ गजरौलामा  दुर्घटना भएको थियो। दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको डोटी र ५ जनाको डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनाको कारणबारे हाल प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...