यी हुन् काठमाडौँका तेल चोर पेट्रोल पम्प,कम तेल बिक्री गर्दै ठगी गर्ने पम्पमा शिलबन्दी



हाम्रो इकोनोमि

काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्पहरुले कम तेल बिक्री गर्दै उपभोक्तालाई ठगी गरेको पाइएको छ। आज बिहानदेखि उद्योग मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल गुणस्तर तथा नापतौल विभागको संयुक्त टोलीले गरेको अनुगमनका सिलसिलामा कम तेल बिक्री गरेको पाइएको हो।

नेपाल आयल निगम तथा पेट्रेलियम पदार्थको बिक्रीमा गुनासो बढेपछि अनुगमन गरिएको हो। अनुगमन आज दिनभर जारी रहने निगमले जनाएको छ।
अनुगमनका दौरानमा तोकिएको मापदण्डभन्दा कम तेल बिक्री गर्ने ३ वटा पेट्रोल पम्पलाई शिलबन्दी गरिएको छ। प्रशान्ती आयल डिस्ट्रिब्युटर्स, महालक्ष्मी पेट्रोल पम्पलगायत ३ पम्पका विरुद्ध ठगी मुद्दा दायर गरिने नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ।

त्यसबाहेक सामान्य मात्रामा मात्रै कम तेल बेचिएको पाइएका पम्पहरुलाई भने एकपटकका लागि चेतावनी दिएर छोडिएको उद्योग वाण्ज्यि तथा आपूर्ती मन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...