अब जग्गाको भाउ ओली सरकारले नै तोक्ने,एउटै जग्गा १ वर्षमा २ पटकभन्दा बढी किनबेच गर्न नपाइने



हाम्रो इकोनोमि

राष्ट्र बैंकको गभर्नर हुँदै घरजग्गा व्यवसायी माथि कठोर नीति लिएका डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि झन् कठोर भएका छन् ।
जग्गा प्लटिङ रोक्न खतिवडाले घरजग्गामाथि बजेटमार्फत् कठोर नीति अबलम्बन गर्न लागेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

घरजग्गा व्यवसायीहरुबाट हुने प्लटिङ रोक्ने खतिवडाको योजना छ । सामुहिक सहभागीता होस् भनेर अर्थमन्त्री खतिवडाले निश्चित मापदण्ड बनाएर बरु सहकारीलाई जग्गा प्लटिङ गर्न खुल्ला गर्नुपर्ने मनसा भएपनि निर्णय भने भइनसकेको बजेट निर्माणमा संलग्न अधिकारीहरुको भनाइ छ ।

अर्थमन्त्रीले सरकारले नै जग्गा प्लटिङ गरी बस्ती बसाउन सक्ने नीति अबलम्बन गर्नसक्ने अर्थका अधिकारीहरुको बताउँछन् ।
बजेटमार्फत नै सरकारले जग्गाको वर्गिकरण गर्ने तयारी गरिरहेको छ । यसरी सरकारले खेतीयोग्य वा औद्योगिक भनेर बर्गिकरण गरिएको जग्गा घडेरीका रुपमा बिक्री गर्न पाइने छैन । बजेटमार्फत सरकारले कुनै पनि जग्गा बर्षको १ वा २ पटकभन्दा बढि किनबेच गर्न नपाइने नीति लिँदैछ ।

त्यस्तै, घरजग्गाको कारोबार निरुत्साहित गर्नका लागि अर्थमन्त्रीले घरजग्गाको दर्ता शुल्क बढाउँदै छन् । अहिले जग्गा किनबेच गर्दा गर्दा रजिष्ट्रेशन शुल्क बढाउने भएको छ ।

त्यसैगरी, महानगरभित्रका जग्गाको सरकारी भ्यालुएसन पुनर्मूल्यांकन गर्ने र नगरपालिकाभित्र जग्गाको सरकारी भ्यालुएसन निर्धारण गर्ने भएको छ । नगरपालिकाभित्र पर्ने जग्गाको सरकारी मूल्य प्रतिरोपनी १ लाख रुपैयाँ बनाऊन लागिएको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...