झुटको खेती गरेर सोझा सादाका लागी यी चाटुकार यसरी बन्छन भूत,मन्त्री संगको तस्बिर देखाएरै बनाउछन राजदूत



उच्च पदाधिकारी , चर्चित व्यक्तित्व, मन्त्री तथा नेताहरुसँग फोटो खिचाएर मेरो उनीसँग राम्रो सम्वन्ध छ जे चाह्यो त्यही गर्न सक्छु भन्ने संस्कार नयाँ होइन तर यति हुँदाहुँदै पनि उनीहरुले अझै चेतेका छैनन् ।
मलेशिया बस्दै आएका हरि भट्टराई अहिले आफूसँग परराष्ट्रमन्त्री र नेताको राम्रो सम्वन्ध भएको भन्दै मलेशियाका लागि कसलाई राजदुत बनाउने भनेर ‘डिलिङ’ गर्न थालेका छन् । उनले यसअघि पनि आफ्नो पावर प्रयोग गरेका थिए । सबैजसो मन्त्री र नेतालाई आफ्नो पकडमा पारेर स्वार्थ लिन जानेका भट्टराईले अहिले धेरैलाई मलेशियाको राजदुत बाँडिसकेका छन् । उनले उतैबाट ‘म तपाइलाई मलेशियाको राजदुत बनाइदिन्छु, कन्फर्म भयो’ भन्ने गरेका छन् । उनले यसअघिका सरकारसँग पनि सहकार्य गरी धेरैलाई आश्वासन दिई प्रलोभनमा पारेका थिए । उनी ठूला मान्छेको नाम लिएर हिँड्ने गरेको जनाइएको छ ।
अहिले मलेशिया बस्ने उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि राम्रो सम्वन्ध भएकाले आफूले चाहे जे पनि हुने भन्दै आएका छन् । सरकारले नीति, नियम र आचारसंहितामा आफू रहेको कहीँकतै भ्रष्टाचार र अनियमितता नगर्ने र गर्न नदिने दावी गर्दै आएको छ तर यसरी बीचै बाटाबाट पदमा ‘वार्गेनिङ’ हुन थालेपछि सरकारको भाषण केवल नारामा मात्र सीमित भएको छ । सरकारले विचौलियाहरुलाई नियन्त्रण गर्न सकेको छैन । यही सूचीमा भट्टराई अग्र स्थानमा नै पर्छन् । पोताला ओभरसिजका प्रबन्ध निर्देशक समेत रहेका भट्टराई कुनै समय लोकमानसिंह कार्कीदेखि पूर्वमन्त्री टेक बहादुर गुरुङसम्मलाई मलेशियाबाट सिधै फोन सम्पर्क गरेर आफ्नो काम गराउन सफल भएका थिए, तिनै भट्टराई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको घरसम्म पनि आफनो पहुँच भएको दावी गर्दै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली पनि आफनो नजिकको सम्बन्ध भएको व्यक्ति भन्दै केही मानिसहरुलाई राजदुत बनाउने भनेर शक्ति केन्द्रको दैलो चहार्न थालेको श्रोतको दावी छ ।
विदेशमा बसेर राजदुत बनाउनेदेखि अन्य नियुक्तिसम्मको डिल गर्ने विचौलियाको विगविगी नयाँ सरकार गठन भएपछि पनि झन् बढ्दै गएको छ । कुनै समय नेपालमा म्यानवपावरको धन्दामा सक्रिय रहेका हरि भट्टराई यतिबेला मलेशियामा बसेर राजदुत कसलाई बनाउने भनेर कसरतमा व्यस्त रहेको श्रोतको दावी छ ।
अहिले हरि भट्टराई मलेशियाका रेष्टुरेन्टहरुमा बसेर राजदुतका लागि छलफलमा व्यस्त रहेको सूचना क्वालालाम्पुरबाट प्रात भएको छ । श्रोतका अनुसार केही मन्त्री, प्रहरीका उच्च अधिकारी र केही उच्च सरकारी कर्मचारीलाई समेत उनले उतैबाट फोन लगाउने काम पनि गरेका छन् । म्यानपावरका धन्दा गर्ने भट्टराई प्रहरीका उच्च अधिकारीसँग पनि आफ्नो सम्बन्ध रहेको दावी गर्दै सामाजिक सञ्जालमा पनि फोटो पोष्ट गर्ने गर्दछन् ।

विगतमा सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि उनले प्रधानमन्त्री कार्यालयलाई समेत प्रयोग गरेर विभिन्न धन्दा गरेको श्रोतको दावी छ । उनले तत्कालीन श्रम मन्त्री टेक बहादुर गुरुङलाई समेत आफ्नो पक्षमा पारेर सबै खाले काम गराएकोे पनि श्रोतको दावी छ । उनले शक्ति केन्द्रकै प्रयोग गरेर मलेशियन दुतावासमा त्यतिबेला कार्यरत अधिकृत चक्र सुवेदीलाई नेपाल फर्कनसमेत बाध्य बनाएका थिए, उनले त्यसका लागि नेपालबाट लोकमान सिंह कार्कीको फोन तत्कालीन राजदुत डा. निरन्जनमान सिंह बस्नेतलाई गराएको बुझिएको छ । ती सुवेदी अहिले अमेरिकास्थित राजदुतावासमा कार्यरत छन् । धेरैजसो समय मलेशियामा बस्ने भट्टराईले वर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र परराष्ट्रमन्त्री ज्ञवालीसँग विशेष सम्बन्ध भएकाले आफ्नो अनुकुल राजदुत त्यहाँ लैजानका लागि ‘लविङ’ गरिरहेको जानकारी आएको छ । विदेशमा राजदुत बनाउनका लागि अहिले म्यानपावर सञ्चालक र विचौलियाहरुको भूमिका व्यापक देखिएको छ । अघिल्लो सरकारका पालामा पनि म्यानपावर सञ्चालन गर्ने ढकाल थरकी एक महिला ओमनको राजदुत बन्न सफल भएकी थिइन् । उनले त्यतिबेला विजय गच्छदारलाई मोटो रकम बुझाएर राजदुत भएको चर्चा अहिलेसम्म सेलाएको छैन ।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट