ओली सरकारले सर्वसाधारणको ढाड सेक्ने गरी यी क्षेत्रमा बढाउँने भयो कर,कर्मचारीको तलब बढाउने हुदैछ तरखर



हाम्रो इकोनोमि

बजेट आएपछि जहिलेपनि सर्वसाधारणलाई मूल्य बढ्ने चिन्ता हुने गर्छ ।
बजेटले करका दरमा परिवर्तन गर्ने भएको हुँदा यसको असर मूल्यमा पर्नु स्वभाविक नै हो ।

हरेक वर्ष रक्सी चुरोट जस्ता स्वाथ्यलाई असर पुर्याउने महंगा सामाग्रीको उत्पादनमा कर बढ्नु स्वभाविक नै हो । नेगेटिभ लिस्टमा पर्ने यस्ता वस्तुमा कर विश्वभर नै बजेट मार्फत बढाइएको हुन्छ ।

दुईतिहाई मत पाएर सरकार बनाएको कम्युनिस्ट पार्टीको सरकारले कस्तो बजेट ल्याउदै छ ? त्यो अत्याधिक चासोको विषय बनेको छ ।
चालु आर्थिक वर्षको बजेट संचालनमा स्रोत व्यवस्थापनको लागि लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको सरकारले आगामी वर्षको लागि करको दरहरुमा ठूलो मात्रामा परिवर्तन गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री बनेपछि राजस्व चुहावट मुल स्रोतबाटै रोक्ने भन्दै भन्सारमा सन्दर्भ मुल्य लागु गरेका अर्थमन्त्री डा. युवराज खतिवडाको नीतिले लक्ष्य अनुसारको भन्सार राजस्व संकलन भएको छैन ।

अर्थमन्त्री खतिवडाले यो वर्षनै राजस्वको लक्ष्य पुरा गर्नको लागि यसका दरमा परिवर्तन गर्ने तयारी गरेका छन् ।

खासगरी अटोमोबाइल्स लगायत बिलासी सामानमा अन्तशुल्कको दरमा परिवर्तन हुने तयारी छ ।

भन्सार बिन्दुमा बजेट आएको अर्को दिनदेखि नै राजस्वका दरहरु लागु हुन्छन् । जसले गर्दा चालु आर्थिक वर्षमा नै राजस्व संकलनको लक्ष्य भेट्टाउनको लागि सजिलो हुन्छ ।

चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । सरकारले बैशाख महिनालाई तोकेको मात्र राजस्वको लक्ष्य भेट्टाउन सकेको छ । बिहीवारसम्ममा ५ खर्ब ८६ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

बजेटमा करका दर परिवर्तन हुँदा यो वर्षको लक्ष्य भेटाउन सकिने अनुमान अर्थमन्त्रालयका अधिकारीको छ । भन्सारका दरहरु जेठ १६ देखि लागु हुने हुँदा यो वर्षको लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अर्थमन्त्रालयका एक अधिकारीले बताए ।

बजेट मार्फत यो पटक गैरकर राजस्वका दरहरुमा ठूलो परिवर्तन गर्ने तयारी सरकारको छ । अघिल्लो महिनासम्म करको लक्ष्यलाई गैरकर राजस्व बढ्दा सहज भएको थियो । राजस्व सचिव शिशिर ढुंगानले केही समय अगाडि अर्थमन्त्रालयमा पत्रकारहरुसँग गैरकरका दरहरु निकै पुरानो भएको र यसमा परिवर्तन आवश्यक भएको बताएका थिए ।

खासगरी जग्गाको रजिष्ट्रेशन,गाडी तथा मोटरसाइकलमा नविकरणमा लाग्ने शुल्कमा बृद्धि गर्ने तयारी अर्थमन्त्रालयको छ । यसले उपभोक्तालाई भने थप आर्थिक भार पार्नेछ ।र कर्मचारीको तलब पनि बढ्ने भएको छ।कार्यालय सहयोगीको २५ हजार पुर्याउने श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...