सांसदका श्रीमानले बुहारीलाई बलात्कार गर्न खोजे पछी प्रहरीले कोर्रा हान्दै यसरी जाक्यो खोरमा



हाम्रो इकोनोमि

सांसद् शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबु जबर्जस्ती करणी गर्न खाेजेकाे आरोपमा पक्राउ परेका छन् ।

कानुन व्यावसायीसमेत रहेका शेष मन्सुरलाई प्रहरीले नातामा बुहारी पर्नेमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको हो । शेष ०७४ पुस २८ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि फरार थिए ।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जिल्ला प्रहरी कार्यालय, पर्सामा दर्ता भएको जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त मन्सुरबाबुलाई बिहीबार पक्राउ गरेको पुष्टि गरे ।

झड्केलो छोराकै बुहारीलाई उनले मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेका थिए । बुहारीले घटना भएको झण्डै २० दिनपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गरेकी थिइन् । त्यसदिनदेखि नै मन्सुरबाबुलाई प्रहरीले खोजी गरिरहेको थियो । उनलाई बिहीबार अदालत चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

पक्राउ परेका मन्सुरबाबुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

मन्सुरबाबुविरुद्धकोे मुद्दा फिर्ता लिन तात्कालीन प्रहरी उपरीक्षक डा. गणेश रेग्मीको पालामा मन्सुरबाबुकी कान्छी श्रीमती सकिलादेवी पटेल (सकिना खातुन) ले सम्धीले जबर्जस्ती करणी गर्न खोजेको भनी झूटो मुद्दा दर्ता गराएकी थिइन् । मुद्दाको रहस्य खुलेपछि प्रहरीले उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरी १७ दिन हिरासतमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...