गोरेको बयानपछि समातिए तत्कालीन एमालेका स्थानीय नेता, ३३ किलो सुन काण्डमा नेता तानिने क्रम सुरु



हाम्रो इकोनोमि

तस्करीको ३३ किलो सुन सनम शाक्य हत्या  प्रकरणमा नेपाल कम्युनिष्ट पार्टीका मोरङका स्थानीय नेतालाई पक्राउ  परेका छन्। मोरङको उर्लाबारीका  तत्कालीन  एमालेका नेता रेवत आचार्यलाई बिहीबार राति  पक्राउ गरिएको  प्रहरीले जनाएको छ।

यो प्रकरणका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई पक्राउ गरिएको हो।

पक्राउ परेका आचार्यलाई थप अनुसन्धान गरेर प्रहरीले अदालतमा पेश गर्नेछ।

आचार्य सुन व्यवसायी पनि हुन्। उनको उर्लावारी ६ मा सिद्धदेवी सुन पसल छ।

जिल्ला अदालत मोरङमा गोरको बयान बुधबारदेखि जारी छ। सुन प्रकरण अदालतले एसएसपीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...