पानीजहाज चढेर हिन्द महासागर गएको सपना देख्न थालेको छु भन्दै यसरी हँसाए सुवास नेम्वाङले



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवास नेम्वाङले जेठ ७ पछि आफूले पानीजहाज चढेर हिन्द महासागर गएको सपना देख्न थालेको बताएका छन्।

‘सपना देख्नु राम्रो कुरा हो। आजकाल रेलको सपना देख्न थालेका छौं। नीति तथा कार्यक्रममा ल्यायौं। अब बजेटमा बोक्नुपर्छ।’, प्रतिनिधि सभा बैठकमा बोल्दै नेम्वाङले भने, ‘पानी जहाजको सपना देख्न थालेका छौं। हत्तपत्त नाउ चढ्न नपाउने त्यो पहाडबाट आएको म, आजकाल यो जेठ ७ गतेपश्चात् कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु।’

नेम्वाङले यस्तो सपना देख्नु अचम्म हो र? भन्दै प्रश्न समेत गरे। ‘राम्रो कुरा हो, बरु राम्रो सपनालाई व्यवहारमा उतार्न सबै मिलेर लागौं भन्ने आग्रह गर्न चाहन्छु’, नेम्वाङले भने,‘त्यसो भएमा हामी सबै मिलेर कोशीबाट महासागरसम्म पानीजहाज चढेर जाउँ भन्ने आग्रह म अहिले नै गर्छु। संशोधन राख्ने मित्रहरुलाई म अहिले नै निम्ता गर्छु।’

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...