पानीजहाज चढेर हिन्द महासागर गएको सपना देख्न थालेको छु भन्दै यसरी हँसाए सुवास नेम्वाङले



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवास नेम्वाङले जेठ ७ पछि आफूले पानीजहाज चढेर हिन्द महासागर गएको सपना देख्न थालेको बताएका छन्।

‘सपना देख्नु राम्रो कुरा हो। आजकाल रेलको सपना देख्न थालेका छौं। नीति तथा कार्यक्रममा ल्यायौं। अब बजेटमा बोक्नुपर्छ।’, प्रतिनिधि सभा बैठकमा बोल्दै नेम्वाङले भने, ‘पानी जहाजको सपना देख्न थालेका छौं। हत्तपत्त नाउ चढ्न नपाउने त्यो पहाडबाट आएको म, आजकाल यो जेठ ७ गतेपश्चात् कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु।’

नेम्वाङले यस्तो सपना देख्नु अचम्म हो र? भन्दै प्रश्न समेत गरे। ‘राम्रो कुरा हो, बरु राम्रो सपनालाई व्यवहारमा उतार्न सबै मिलेर लागौं भन्ने आग्रह गर्न चाहन्छु’, नेम्वाङले भने,‘त्यसो भएमा हामी सबै मिलेर कोशीबाट महासागरसम्म पानीजहाज चढेर जाउँ भन्ने आग्रह म अहिले नै गर्छु। संशोधन राख्ने मित्रहरुलाई म अहिले नै निम्ता गर्छु।’

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...