प्रधानमन्त्री ओलीले झोला भरी पैसा दिनुहुन्छ भन्दै नेकपाका यी सांसदले कांग्रेसीलाई हाने यस्तो झटारो



हाम्रो इकोनोमि

बाग्लुङ १ बाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद सूर्यप्रसाद पाठकले नीति तथा कार्यक्रमको आलोचन गर्ने सांसदलाई जेठ १५ गते झोला बोकेर आउन सुझाव दिएका छन्।

‘यहाँ केही साथीहरु नगदमा हिसाब खोजिरहनुभएको छ’, बिहीबार संसदमा बोल्दै पाठकले भने, ‘म स्पष्ट पार्न चाहन्छु– जेठ १५ गते दह्रै झोला बोकेर आउनुहोला, अर्थमन्त्रीले केही नगद हालेर पठाइदिनुहुन्छ। त्यही नगद लिएर जनताको बीचमा जानुहोला। तपाईंको पनि शिर उच्च हुनेछ।’

पाठकले २०४८ सालमा विश्वेश्वरप्रसाद कोइरालाको समाजवादी नीतिलाई डस्टबिनमा फाल्नेहरुले आज समाजवादको कुरा गरिरहेएको भन्दै आलोचना गरे। ‘मैले होइन बिपीका अनुयायीहरुले प्रश्न सोधिरहेका छन्’, उनले भने, ‘बिपीको समाजवादी नीतिलाई डस्टबिनमा किन फालियो? जवाफ कसले दिने हो?’

पाठकले बिपीको समाजवादी सपनालाई डस्टबिनबाट उठाएर समाजवादी नीतिलाई प्राथमिकता दिएकोमा सरकारलाई धन्यवाद दिन आग्रह गरे। ‘प्रतिपक्षी साथीहरुले बिपीलाई सम्मान गर्नुहुन्छ भने यो नीति तथा कार्यक्रमलाई सम्मान गर्न अप्ठ्यारो मान्नुपर्दैन’, उनले भने।

‘यो नीति तथा कार्यक्रम जनताको हातमा थमाइएको बाउन्स चेक होइन। आजका प्रतिपक्षी साथीहरुले दर्जनौं पटक सरकार चलाउनुभयो तर बाउन्स चेकमात्रै थमाउनुभयो। साट्न जाँदा पैसै छैन’, पाठकले भने।

उनले जनताको बीचमा गरेका कबुलहरु पूरा गर्ने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...