देउवाले गिजोलेर पत्रु बनाएको पुलिसलाई ओली सरकारको यस्तो भर,आँखा चिम्लेर ओलीले गर्ने भए सर्वेन्द्रको निर्णय सदर



हाम्रो इकोनोमि

सरकारले सातवटै प्रदेशमा प्रदेश प्रहरी प्रमुखका रुपमा डिआइजी खटाउने तयारी गरेको छ । निर्माणाधीन संघीय प्रहरी ऐनको मस्यौदामा सातवटै प्रदेशमा प्रदेश प्रहरी प्रमुखका रुपमा डिआइजी प्रमुख रहने प्रस्ताव गरिएको छ । प्रदेशका अतिरिक्त उपत्यका हेर्ने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पनि डिआइजीकै कमान्ड रहने प्रस्ताव गरिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले सातवटै प्रदेश कार्यालयहरुमा एआइजीको दरबन्दी फाजिलमा राखेको थियो । तर, प्रदेश प्रहरी प्रमुखका रूपमा खटिएका एआइजीलाई गृह फिर्ता गर्न सकेको थिएन ।

प्रदेशमा डिआईजी खटाउने भएपछि एआईजीको दरवन्दि घट्ने भएको छ । प्रस्तावित ऐनमा कम्तिमा चार र बढीमा ७ एआईजीको दरवन्दि राख्ने गृहकार्य शुरु गरिएको छ ।  नेपाल प्रहरीमा अहिले एआईजीको दरवन्दि १६ छ । जस मध्ये  नेपाल प्रहरी अस्पत्ताल वाहेक अन्य रिक्त छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले संघीय प्रहरी ऐनको मस्यौदा भई रहेको र एआईजी र डिआईजीको दरवन्दि कति राख्ने प्रष्ट भई नसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...